Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

खेल

विकास र निराजन उपचार गर्न कतार जाने

काठमाडौं, वैशाख ६ (नागरिक)- त्रिभुवन आर्मी क्लबका कप्तान एवम् गोलकिपर विकास मल्ल र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीका निराजन मल्ल उपचारलाई कतार जाने भएका छन्।
विस्तृतमा

फेमीसहित ६ खेलाडी थ्री स्टारमा निरन्तर

काठमाडौं, वैशाख ६ (नागरिक)- एक विदेशीसहित पुराना ६ खेलाडीलाई थ्री स्टार क्लबले नयाँ सिजनका लागि निरन्तरता दिएको छ।
विस्तृतमा

आर्मीको क्रिकेट टोली बन्दै

आर्मीको क्रिकेट टोली बन्दै विनोद पाण्डे, काठमाडौं, वैशाख ६ - क्रिकेट टोली बनाउने प्रक्रिया नेपाली सेना पनि अगाडि बढेको छ। महिना दिनभित्र सेनाले क्रिकेट टोली बनाउने तयारी गर्दैछ। यसै वर्षदेखि राष्ट्रिय प्रतियोगिता खेल्ने उद्देश्य आर्मीको छ। 'एक महिनाभित्र सेनाको क्रिकेट टोली तयार हुन्छ, अहिले हामी ब्यारेकभित्रबाटै खेलाडी लिन्छौं,' सेनाका प्रमुख सेनानी रवीन्द्र खत्रीले भने, 'हाम्रो क्रिकेट टोली निर्माण प्रारम्भिक चरणमै छ। सँगै अन्य प्रक्रिया अगाडि बढ्ने छ।'
विस्तृतमा

एसीसी यु-१९ एलिट कप क्रिकेट, २० खेलाडी छनोट

काठमाडौं, वैशाख ६- एसियाली क्रिकेट परिषद् (एसीसी) को कार्यक्रमअनुसार यही वैशाख २० गतेदेखि मलेसियामा सञ्चालन हुने एसीसी यु-१९ क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ।
विस्तृतमा

अन्तर्राष्ट्रिय बुद्धिचालमा भाग लिन खेलाडी भारत प्रस्थान

काठमाडौं वैशाख ४ - भारतको आसाम, गुवाहटीमा यही वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने पाँचौ जुगल किशोर मेमोरियल अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन्।
विस्तृतमा

स्वरुपाले पूरा गरिन् बोस्टन म्याराथन

अजय फुयाल/प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ४ - विश्वभरका हजारौं धावकले सहभागिता जनाएको बोस्टन म्याराथन दौडिएर एक नेपाली धाविका स्वरुपा खडकाले इतिहास बनाएकी छिन्।
विस्तृतमा

थ्री स्टारमा पाँच नयाँ अनुहार

काठमाडौं, वैशाख ४ (नागरिक)- राष्ट्रिय टोलीका दुईसहित पाँच खेलाडी भित्र्याउँदै लिग च्याम्पियन लक्ष्मी बैंक थ्री स्टार क्लबले एएफसी प्रेसिडेन्ट्स कपको तयारीलाई तीब्रता दिएको छ। राष्ट्रिय खेलाडीद्वय निराजन खड्का, जगजित श्रेष्ठसँगै सविन्द्र श्रेष्ठ, सरोज दाहाल र प्रकाश बुढाथोकी नयाँ सिजनलाई थ्री स्टारमा आबद्ध भएका छन्।
विस्तृतमा

नेपाली टोलीले आइपिएल हेर्ने

काठमाडौं, वैशाख ४ (नागरिक)- बुर्मुडामा ११ दिनपछि हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीमा भारतको जयपुरमा रहेको नेपाली राष्ट्रिय टोलीले लगातार दोस्रो अभ्यास खेल जितेको छ। नेपालले मंगलबार निर्जा मोदी-११ लाई ६९ रनले पराजित गर्‍यो। सोमबार जयपुरको स्टार एकेडेमीमाथि ३ विकेटको विजय पाएको थियो।
विस्तृतमा

नेपालको पहिलो खेल अमेरिकासँग

काठमाडौं, वैशाख ३ (नागरिक)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) विश्व क्रिकेट लिग डिभिजन ३ का लागि सबै टोलीको नामावली प्रकासित गरेको छ। अप्रिल २८ देखि बर्मुडामा हुने प्रतियोगितामा नेपालसहित अमेरिका, युगान्डा, ओमान र इटाली छन्। नेपालले अप्रिल २८ मा समरसेटमा अमेरिकासँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्नेछ।

विस्तृतमा
Page 3 of 26
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता