Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

खेल

वाटसनले राजीनामा दिए

मेलवर्न, वैशाख ८ (एएफपी)- अलराउन्डर शेन वाटसनले अस्ट्रेलियाको उपकप्तानी पदबाट राजीनामा दिएका छन्। अस्ट्रेलियाको भारत भ्रमण क्रम आफूमाथि भएको अनुशासन कारबाहीको एक महिना नबित्दै वाटसनले राजीनामा दिएका हुन्।
विस्तृतमा

जिम्बावेको विशाल जित

हरारे, वैशाख ८ (एएफपी)- जिम्बावेले चार दिनभित्रै बंगलादेशलाई पहिलो टेस्टमा ३ सय ३५ रनले पराजित गरेको छ। ४ सय ८३ रनको लक्ष्य लिएर आएको बंगलादेशको दोस्रो इनिङ्स १ सय ४७ रनमै खुम्चियो। भ्रमणकारी टोलीले पहिलो इनिङ्समा पनि १ सय ३४ रनमात्र बनाउन सकेको थियो।
विस्तृतमा

आरसिटीमा नयाँ नेतृत्व

काठमाडौं, वैशाख ८ (नागरिक)- सर्वाधिक ६ पल्ट ए डिभिजन लिग जितेको रानीपोखरी कर्नर टिम (आरसिटी) को अध्यक्षमा सुरेशकाजी शाक्य निर्वाचित भएका छन्। अघिल्लो कार्यकालका उपाध्यक्ष उनी शनिबार साधारण सभाबाट निविरोध भएका हुन्।
विस्तृतमा

चेन्नईद्वारा कोलकत्ता पराजित

कोलकत्ता, वैशाख ८ (एजेन्सी)- रवीन्द्र जडेजाको सानदार अलराउन्ड प्रदर्शनमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्‍यो। चेन्नई ८ अंकका साथ तेस्रो स्थानमा यथावत छ। सनराइजर्स हैदराबाद १० अंकसहित शीर्ष स्थानमा छ।
विस्तृतमा

सुकृतको ह्याट्रिक

काठमाडौं, वैशाख ८ (नागरिक)- सुकृत मगरको ह्याट्रिकमा समाज कल्याण खेलकुद केन्द्रले शनिबार नेपाल बैंक जुनियर यु-१५ फुटबलमा पाँचधारा टिमलाई ३-२ ले हराएको छ। खेलको ४० र ५५औं मिनेटमा गोल गरेका सुकृतले ७०औं मिनेट ह्याटि्रक पूरा गरे। पाँचधाराका सुरज तामाङ र टेकबहादुर रानाले १-१ गोल फर्काए।
विस्तृतमा

अनिलको शल्यक्रिया

सन्तोष पोखरेल, पोखरा, वैशाख ७ - सहिद स्मारक ए डिभिजन लिग विजेता थ्री स्टार क्लबका खेलाडी अनिल ओझाको नाकको शल्यक्रिया गरिएको छ। उनी अहिले पोखरास्थित घरमा आराम गरिरहेका छन्। प्रशिक्षणका क्रममा विजय गुरुङसँग जुधेर उनको नाकमा गम्भीर चोट लागेको थियो।
विस्तृतमा

पिएफए वर्ष खेलाडी : स्वारेज, बेल र भान पर्सी दाबेदार

लन्डन, वैशाख ७ (एजेन्सी)- लिभरपुलका विवादास्पद खेलाडी लुइस स्वारेज र टोटेनह्यामका गारेथ बेल प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) उत्कृष्ट वर्ष खेलाडी अवार्डको मनोनयनमा परेका छन्।
विस्तृतमा

जिम्बावेको बलियो अग्रता

हरारे, वैशाख ७ (एएफपी)- जिम्बावे दोस्रो इनिङ्सको सुरुआतमै ४ विकेट गुमाए पनि बंगलादेशविरुद्धको पहिलो टेस्टमा मजबुत स्कोरमा पुगेको छ। शुक्रबार पहिलो दुई सत्रमा १४ विकेट खसे पनि जिम्बावेले ४ सय ४२ रनको बलियो अग्रता लिइसकेको छ।
विस्तृतमा

राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु

पाल्पा, वैशाख ६ (नागरिक) - अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा आजदेखि चौथौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ ।

विस्तृतमा
Page 2 of 26
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता