Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

जिम्बावेको विशाल जित

E-mail Print
हरारे, वैशाख ८ (एएफपी)- जिम्बावेले चार दिनभित्रै बंगलादेशलाई पहिलो टेस्टमा ३ सय ३५ रनले पराजित गरेको छ। ४ सय ८३ रनको लक्ष्य लिएर आएको बंगलादेशको दोस्रो इनिङ्स १ सय ४७ रनमै खुम्चियो। भ्रमणकारी टोलीले पहिलो इनिङ्समा पनि १ सय ३४ रनमात्र बनाउन सकेको थियो।
त्यसविपरीत जिम्बावेका कप्तान ब्रेन्डन टेलर दुवै इनिङ्समा सतक बनाउने खेलाडी बने। यसअघि जिम्बावेबाट यो सफलता फ्लावर दाजुभाइ एन्डी ग्रान्टले मात्र बटुलेका थिए। एन्डीको सतक टेलरको जस्तो सजिलो थिएन। हरारेको यही मैदानमा एन्डीले २००१ मा दक्षिण अफ्रिकाविरुद्ध १४२ र अविजित १९९ रन बनाउँदा पनि जिम्बावे पराजित भएको थियो।
टेलरले पहिलो इनिङ्समा १ सय ७२ रन बनाएका थिए, जुन एन्डीले १२ वर्षअघि बनाएको सतकपछि जिम्बावेका खेलाडीको उच्च व्यक्तिगत स्कोर हो। टेलरले अविजित १ सय २ रन बनाएपछि जिम्बावेले २२७-७ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्योग।
बंगलादेशबाट मोहम्मद असरफुलले ४० रन बनाए। उनी रनआउट भए। जाहुरुल इस्लामले २२, महमुदुल्लाहले २१ र नासिर होसेनले २१ रन बनाए। जिम्बावेका ग्रिम किमरले ४, केयल जार्भिसले ३ विकेट लिए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता