Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

विकास र निराजन उपचार गर्न कतार जाने

E-mail Print
काठमाडौं, वैशाख ६ (नागरिक)- त्रिभुवन आर्मी क्लबका कप्तान एवम् गोलकिपर विकास मल्ल र लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीका निराजन मल्ल उपचारलाई कतार जाने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विकास र निराजनलाई उपचारका लागि कतार पठाउन लागेको हो। दुबैको खुट्टाको लिगामेन्टमा समस्या छ। उनीहरू वैशाख १० मा त्यसतर्फ जाने छन्।
यसअघि यस्तै समस्याबाट पीडित मिडफिल्डका सुपर स्टार प्रदीप महर्जन र पुलिसका चेतन घिमिरेको पनि गत बर्ष कतारमा उपचार गरिएको थियो। सफल उपचारपछि चेतन घरेलु फुटबल हुँदै राष्ट्रिय टोलीमा समेत फर्किसकेका छन्। प्रदीपले पनि गत सिजन घरेलु लिग खेलेका थिए।
विकास र निराजनको पनि प्रदीप र चेतनकै जस्तो कतारको दोहास्थित अस्पेटर अर्थोपेडिक एन्ड स्पोर्टस मेडिसन अस्पतालका उचार हुनेछ। त्यति बेला एन्फाको पहलमा सबै खर्च कतार फुटबल संघले गरेको थियो। तर यसपटक भने सबै खर्च एन्फाले गर्ने एन्फा उपाध्यक्ष प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिए। ' प्रदीप र चेतनको कतारमा राम्रो उपचार भएकोले अहिले विकास र निराजनलाई पनि पठाएका हौं,' उनले भने, 'यसपटक सबै खर्च एन्फाले नै गर्नेछ।'
बायाँ घुँडाको लिगामेन्टमा समस्या आएपछि राष्ट्रिय टोलीका गोलकिपर विकास करिब १० महिना मैदान बाहिर छन्। उनले गत वर्षको एनसेल कप खेलेको पछिल्लो प्रतियोगिता हो। त्यसलगत्तै आर्मीको अभ्यासक्रम विकासले चोट बोकेका थिए। खेल्न सक्ने अवस्था नभएपछि एन्फासँग उपचारका लागि अनुरोध गरेको विकासले बताए। उनले भने, 'गणेश सर (एन्फा अध्यक्ष गणेश थापा) लाई हामीले अनुरोध गरेका थियौं, यसअघि पनि अन्य खेलाडीको उपचार कतारमा भएकाले राम्रो उपचार हुने विश्वास छ।'
सेनाका क्याप्टेन विकास एन्फा एकेडेमीको पहिलो ब्याचका गोलकिपर हुन्। फ्रेन्ड्स क्लबबाट २०६० सालमा व्यावसायिक करियर सुरु गरेका उनले २०६१ मा जावलाखेल युथबाट खेल्दै लिगमा उत्कृष्ट गोलकिपर भएका थिए। २०६२ मा मनाङ मर्स्याङ्दी क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेलगत्तै सेनाको सेकेन्ड लेफ्िटनेन्ट परीक्षा पास गरेपछि विकासले एएफसी प्रेसिडेन्ट्स कप भने खेल्न पाएका थिएनन्।
२००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न चौथो साफ च्याम्पियनसिपमार्फत राष्ट्रिय टोलीमा डेब्यु जनाएका विकास त्यसयता सेनाको तालिममा बाहेक गत वर्ष घाइते नभएसम्म राष्ट्रिय टोलीका नियमित सदस्य हुन्।
एन्फा एकेडेमीका अर्का उत्पादन यु-१९ का पूर्वकप्तान निराजन गत वर्ष राष्ट्रिय लिगका क्रम हिमालयन शेर्पाबाट पुलिसविरुद्ध खेल्दा घाइते भएका थिए। उनको दायाँ खुट्टाको लिगामेन्टमा समस्या उत्पन्न देखिएको छ। सानै उमेरमा धेरै प्रतियोगितामा व्यस्त हुँदा निराजन लगातार चोटको सिकार बन्दै आएका छन्।
राष्ट्रिय लिगमा घाइते भएपछि करिब ६ महिना मैदानमा नदेखिएका निराजनले राम्ररी निको नहुँदै कन्दङ्वा गोल्डकप खेल्दा समस्या बोकेका थिए।
हिमालयन शेर्पाका तत्कालीन प्रशिक्षक एवम् फिजियो नवल गुरुङले उपचारमा मेहनत गरेपछि खेल्ने अवस्थामा आएको निराजनले बताए। नयाँ सिजनलाई मनाङ पुगेका निराजन भर्खरै सम्पन्न लिगमा जमेर खेल्न सकेनन्। फिटनेस राम्रो नभए पनि आराम गर्दै लिगमा खेल्दै गरेको उनले बताए। उनले भने, 'पूरा समय खेल्न गाह्रो पर्ने भएकाले अधिकांश खेलमा वैकिल्पक खेलाडी भएर मैदानमा छिर्ने गरेको थिएँ। लिगका बेला समस्या हुँदाहुँदै पनि निकै सचेत भएर खेलेँ।'
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता