Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु

E-mail Print

पाल्पा, वैशाख ६ (नागरिक) - अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा आजदेखि चौथौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ ।

 जिल्लाका ६० भन्दा बढी विद्यालयको सहभागिता रहेको प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल लगायतका खेलहरु हुने आयोजक जिल्ला खेदकुद विकास समितीका अध्यक्ष हरिप्रसाद भट्टराईले जानाकारी दिए।

प्रतियोगिताको पूर्व मन्त्री एवं एकीकृत नेकपा माओवादी नेता टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए। नेता रायमाझीले खेलकुद मार्फत देशको विकासका लागि योगदान गर्न सकिने भन्दै खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय तहसम्म खेलकुदमा पहुँच पुर्यानउन आग्रह गरे।

खेल सुरु हुनु अघि सयौंको संख्यामा विद्यार्थी, खेल सम्बद्ध संस्थाका प्रतिनिधि, नेपाली सेना, प्रहरी, कर्मचारी लगायत सहभागी रहेको र्या्लीले मार्च पास गर्दै सन्धिर्खक बजार परिक्रमा गरेको थियो। बाजागाजा सहित र्याभली समेत प्रर्दशन गरीएको थियो। कार्यक्रममा राष्ट्रिय खेदकुद परिषद्का सदस्य नारायण पौडेल, प्रमुख जिल्ला अधिकारी गोविन्दमणी भुर्तेल, एमाओवादीका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, स्थानीय शान्ति समितिका संयोजक रामजीप्रसाद घिमिरे लगायतले खेलाडीको हौसला बढाउन राज्य पक्षबाट प्रोत्साहनका कार्यक्रम ल्याइनु पर्ने बताए।

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता