Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

जिम्बावेको बलियो अग्रता

E-mail Print
हरारे, वैशाख ७ (एएफपी)- जिम्बावे दोस्रो इनिङ्सको सुरुआतमै ४ विकेट गुमाए पनि बंगलादेशविरुद्धको पहिलो टेस्टमा मजबुत स्कोरमा पुगेको छ। शुक्रबार पहिलो दुई सत्रमा १४ विकेट खसे पनि जिम्बावेले ४ सय ४२ रनको बलियो अग्रता लिइसकेको छ।

तेस्रो दिनको खेलको पछिल्लो स्थितिमा जिम्बावेले ७ विकेट गुमाई १ सय ८७ रन बनाएको छ। टिमिकेन मारुमा १०, भुसी सिबान्दा र म्यालकम वालर ४-४ तथा ह्यामिल्टन मासकाद्जा खाता खोल्नुअघि आउट हुँदा जिम्बावेले २७ रनमा ४ विकेट गुमाइसकेको थियो।
कप्तान ब्रेन्डन टेलरले इल्टन चिगुम्बुरासँग पाँचौं विकेटमा ५७ रन जोडे। चिगुम्बुरा २७ रनमा आउट भएपछि रिचमुन्ड मुताम्बामी खाता नखोली आउट भए। ग्रिम क्रेमर ४३ रन बनाए। टेलर ८१ र किगान मेथ १३ रन बनाई क्रिजमा छन्। बंगलादेशबाट ६ विकेट रोबिउल इस्लामले लिएका हुन्। क्रेमर रनआउट भए।
टेलरले १ सय ७१ रन बनाउँदा जिम्बावेले पहिलो इनिङ्समा ३ सय ८९ रन बनाएको थियो। उनले अघिल्लो दिनको व्यक्तिगत स्कोरमा ६६ रन थपी जिम्बावेका खेलाडीको आठौं उच्च स्कोर बनाए। एन्डी फ्लावरले २००१ मा दक्षिण अफ्रिकाविरुद्ध १ सय ९९ रन बनाएयता जिम्बावेका खेलाडीको यो उच्च स्कोर हो। ५४ टेस्टमा टेलरको तेस्रो सतक पनि हो र उनले आफ्नो इनिङ्स क्रम १ हजार रन पूरा गरेका थिए।
शुक्रबार भोजन समयसम्म बंगलादेश ९५-१ को स्कोरमा थियो। त्यसपछि टोली १ सय ३४ रनमा सीमित हुँदा पहिलो इनिङ्सका आधारमा २ सय ५५ रनले पछाडि पर्यो । बंगलादेशका पहिलो तीन ब्याट्सम्यान जाहुरुल इस्लामले ४३, शाहरिएर नफिजले २९ र मोहम्मद असरफुलले ३४ रन बनाए पनि त्यसपछिका कुनै ब्याट्सम्यानले ७ रनभन्दा माथिको स्कोर बनाउन सकेनन्। पछिल्ला ५ ब्याट्सम्यान कुनै स्कोर नजोडी आउट भए।
यो क्रममा जिम्बावेका तीब्र बलर केयल जार्भिसले ६ अनुशासित ओभरमा केवल १ रन खर्चेर ३ विकेट लिए। उनले कुल ४ विकेट लिए। सिंङगी मासाकद्जाले पनि ४ र किगान मेथले २ विकेट लिए।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता