Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

पिएफए वर्ष खेलाडी : स्वारेज, बेल र भान पर्सी दाबेदार

E-mail Print
लन्डन, वैशाख ७ (एजेन्सी)- लिभरपुलका विवादास्पद खेलाडी लुइस स्वारेज र टोटेनह्यामका गारेथ बेल प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) उत्कृष्ट वर्ष खेलाडी अवार्डको मनोनयनमा परेका छन्।

२३ वर्षे बेल तीन वर्षमा दोस्रोपल्ट अवार्ड जित्ने प्रवल दाबेदार हुन्। उनले दुई वर्षअघि उक्त अवार्ड जितेका थिए। अर्कोतर्फ लिभरपुलबाट यो सिजन २९ गोल गरेका स्वारेज पनि बलियो दाबेदार मानिएका छन्। म्यानचेस्टर युनाइटेडका रोबिन भान पर्सीलाई अर्को मुख्य दाबेदारमा हेरिएको छ। उनी अघिल्लो सिजनका विजेता हुन्। गत सिजन आर्सनलबाट युनाइटेड आएयता नेदरल्यान्ड्सका स्ट्राइकर भान पर्सीले २५ गोल गरिसकेका छन्। गत सिजन इङ्लिस प्रिमियर लिग जितेको म्यानचेस्टर सिटीबाट मनोनयनमा कुनै खेलाडी परेका छैनन्। युनाइटेडकै माइकल क्यारिक तथा चेल्सीका हुँवा माटा र इडेन हेजार्ड मनोनयनमा पर्न सफल भएका छन्।
पिएफएका प्रमुख कार्यकारी गोर्डोन टेलरले भने विवादास्पद स्वारेजको मनोयननको बचाउ गरेका थिए। गत सिजन म्यानचेस्टर युनाइटेडका प्याटि्रक एभ्रामाथि रंगभेदी आरोपमा उरुग्वेका स्ट्राइकर स्वारेजले आठ खेलको प्रतिबन्ध खेप्नुपर्दा उनी निकै आलोचित भएका थिए। सन् २०१० को विश्वकपक्रम पनि ह्यान्डबलका कारण उनी विवादमा परेका थिए।
स्वारेज विवादित खेलाडी भएको स्वीकार्दै पिएफएका प्रमुख टेलरले उनको प्रदर्शनलाई भुल्न नहुने प्रस्ट पारेका छन्। 'कहिलेकाहीं खेलाडी विवादमा पर्छन्,' उनले भने, 'त्यो खेलाडीको स्वभावमा पनि भरपर्छ। लिभरपुललाई पुनर्स्थापित गराउनेमा स्वारेजले सहयोग पुर्या इरहेका छन्। उनी त्यहाँ सहज देखिएका छन्। उनी विश्वका एक उच्चस्तरीय खेलाडी हुन् भन्ने कसैले अस्वीकार गर्न सक्दैन।'
टेलरले अवार्ड फुटबलमा गरेको प्रदर्शनका आधारमा दिइने प्रस्ट पारे। 'यो फुटबलमा गरिने प्रदर्शनका लागि दिइने अवार्ड हो। स्वारेजले त्यो क्षमता देखाइरहेका छन्,' उनले थपे, 'त्यसै कारण उनी मनोनयनमा परेका हुन्।'
बेल र हेजार्ड दुवै वर्षका युवा खेलाडी मनोनयनमा समेत परेका छन्। उनीहरूले एस्टन भिल्लाका क्रिस्टियन बेन्टेके, वेस्ट ब्रोमविचका रोमेलु लुकाकु, युनाइटेडका ड्यानी वेलब्लेक र आर्सनलका ज्याक विल्सेयरसँग प्रतिस्पर्धा गर्नेछन्। दुई विधामा मनोनयनमा पर्ने वेलब्लेक, विल्सेयर र क्यारिक इङ्लिस खेलाडी हुन्। अवार्डको घोषणा वैशाख १५ मा हुनेछ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता