Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

भिसा समस्या सुल्झियो, नेपाली क्रिकेट टोली आजै बर्मुडा लाग्ने

E-mail Print

विनोद पाण्डे, काठमाडौं, वैशाख १० - विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागी हुन नेपाली क्रिकेट टोली तोकिएकै समयमा बर्मुडा उड्ने लगभग पक्का भएको छ। नेपालस्थित बेलायती राजदूत एन्डी स्पार्कसको पहलमा नेपाली टोली आज साँझ दिल्लीबाट लन्डन हुँदै बर्मुडा लाग्ने भएको हो।

'काठमाडौँस्थित बेलायती राजदुतले दिल्लीमा रहेको  हाइकमिसनलाई नेपाली क्रिकेट टोलीको भिसा समस्याबारे मौखिक रुपमै जानकारी गराउनु भएको छ र उनीहरुले मंगलबार नै दिल्लीमा बेलायतको ट्रान्जिट भिसा दिने लगभग पक्का भइसकेको छ,' नेपाली टोलीका व्यवस्थापक एवं नेपाल क्रिकेट संघका वरिष्ठ उपाध्यक्ष तारिणीविक्रम शाहले नागरिकलाई बताए।

भिसा किन जारी नभएको बारे बुझ्न आज बिहानै क्यानले सदस्य वसन्तराज सत्याल (अरुण) लाई नयाँ दिल्ली पठाएको थियो। उनले नै दिल्लीस्थित बेलायती उच्चायोगबाट भिसा संकलन गरेर नेपाली टोलीलाई विमानस्थलमै बुझाउने छ।

नेपाली टोली अहिले दिउँसो इन्डियन एयरलाइन्सबाट दिल्ली पुग्नेछ भने ब्रिटिस एयरवेजबाट लन्डन हुँदै बर्मूडा जानेछ। लन्डनको ट्रान्जिट भिसा नआएका कारण नेपाली टोली तोकिएकै समयमा बर्मुडा पुग्ने अनिश्चित भएको थियो।

सूत्रका अनुसार क्यानले व्यक्तिगत पहलमा आवेदन दिएकाले भिसा प्रक्रिया ढिला भएको हो। 'परराष्ट्र र युवा तथा खेलकूद मन्त्रालयमार्फत् नभई क्यानले व्यक्तिगत पहल गरेको र यस बीचमा धेरै विदा परेकोले भिसा प्रक्रिया लम्बिएको हो', स्रोतले बतायो।

नेपालले अप्रिल २५ मा बर्मुडा-११ सँग अभ्यास खेल खेल्ने कार्यक्रम छ। सोमबार साँझसम्म भिसा नआएकाले उक्त अभ्यास खेल्नबाट नेपाली टोली वञ्चित हुने सम्भावना छ। नेपालले अप्रिल २८ मा अमेरिकासँग खेलेर डिभिजन ३ को यात्रा सुरु गर्ने तालिका छ। डिभिजन ३ एकदिवसीय विश्वकप छनोटको आधार पनि हो।

बर्मुडा जाने नेपाली टोलीमा पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल मण्डल, सुवास खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, वसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल बिक छन्। त्यस्तै अफिसियलमा तारिणी विक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमन्यम (फिजियो) छन्। नेपाली टोलीसँगै क्यान अध्यक्ष टंक आङबुहाङ पनि जाँदैछन्।

श्रीलंकन मूलका दासानायके क्यानाडेली र फिजियो मलेसियाली भएकाले उनीहरूले भिसा आवेदन दिएका छैनन्। उनीहरूले बेलायत र बर्मुडामा आगमन भिसा सोझै पाउने छन्।

सम्बन्धित समाचार

दिल्लीस्थित वेलायती दूतावासद्वारा क्रिकेट टोलीको भिसामा ढिलाइ

प्रतिक्रियाहरू (8)add comment
0
Ram Prasad: ...
I don't understand why they need a transit visa of UK. So far as I am concerned, there is no need of Transit Visa, if you are traveling to Bermuda and using Heathrow Airport as transit until and unless you intend to go out of the Heathrow Airport and spend some (some days in London).

1

April 23, 2013
भोट: +3
0
vipin: ...
they are insulting Nepal and Nepali by not giving visa to their holy country. F**k you britisher smilies/angry.gif
2

April 23, 2013
भोट: +1
0
INDRA SHARMA: ...
YASTO DURNAGYA HO NEPAL KO IT IS VERY MUCH CARELESS ACTIVITY OF UK EMBASSY ,I HOPE THAT THEY MUST REALIZE THEIR MISTAKE AND GIVE VISAS TO OUR NEPALI CRIKET TEAM
3

April 23, 2013
भोट: +2
0
Sameer Tamrakar: ...
१८ जना खेलाडी ले धानेको नेपाली क्रीकेट , खेल जिते क्यान र बेवस्थापन ले वाहावाही पाउछ्, देश को नाम राख्न र विश्व कप खेल्ने सपना लिएर बर्मुडा जान लागेको टोली भिसा नपाएर रुमल्लिराछ, भिसाले अड्काएर अभ्यास खेल खेल्न नपाउने भैसक्यो । खै देश को कुटनिटिक पहल खै क्यान को पूर्व-बेवस्थापन । भगवानले नेपाली लाई सत्बुद्धी दिओस ।
4

April 23, 2013
भोट: +6
0
Anup: ...
This is bulshit!! how come they need uk visa just for the transit at uk if they are going to Bermuda. I think the seniors apply for the uk visa for a couple of days as a transit point so that they can visit uk too. This is why it is delayed. These journalist is a crap, u better find out wht is the truth.
5

April 23, 2013
भोट: +1
0
Rajan: ...
They donot need to get UK visa if they are going to Bermunda. No need to apply for only for any transit visa the intension of player and others person that they want to enter uk for some days..........u crap journalist trying to find correct thing and post truth one...!
6

April 23, 2013
भोट: +0
0
Rajan: ...
They do not need UK visa if they are going to Bermunda the intension of player and management is to enter UK for some days. u crap journalist trying to write and post correct thing ...!
7

April 23, 2013
भोट: +0
0
dipak bhandari: ...
it,s really shame to hear even visa process they can,t process 0n time for national cricket player, disagree with CAN or shamless nepali goverment whynot they can manage shit
8

April 23, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता