22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्जुन सुवेदी

अर्जुन सुवेदी

अर्जुन सुवेदी नागरिक दैनिकको स्थापनाकालदेखि नै आवद्ध पत्रकार हुन्। २०६२ सालदेखि पत्रकारितामा संलग्न उनी प्रशासन, सरकारलगायतका विषयमा दक्षता राख्छन्।

ट्विटर: @arjundristi

फेसबुकः http://facebook.com/arjunparimal

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

चार सचिव पदस्थापन, १८ सरुवा

काठमाडौं- सरकारले भर्खरै बढुवा भएका चार सचिवको पदस्थापन र १८ सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र मातहतका निकायमा सचिवको पदस्थापन र सरुवा गरेको हो।

उपनिर्वाचन असार ८ गते

मन्त्रिपरिषद बैठकले संविधानसभाको उपनिर्वाचन २०७१ साल असार ८ गते गर्ने निर्णय गरेको छ। संविधानसभामा रिक्त भएका चार निर्वाचन क्षेत्र काठमाडौं २, कैलाली ६, बर्दिया १ र चितवन ४ का लागि उपनिर्वाचन गर्न लागिएको हो। 
संविधानसभा निर्वाचनमा दुई–दुई क्षेत्र जितेका चार सभासदले एक–एक ठाउँबाट राजीनामा दिएका थिए। काठमाडौं २ बाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कैलाली ६ बाट कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, बर्दिया १ बाट एमाले उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम र चितवन ४ बाट कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले राजीनामा दिएका थिए। निर्वाचन आयोगले उपनिर्वाचनका लागि तयारी अवस्थामा रहेको जनाएको छ। 
त्यसैगरी, सरकारले हालै प्रशासन सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी आवश्यक कार्यान्वयनका लागि सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय गरेको छ। आयोगले अघिल्लो साता सरकारलाई प्रतिवेदन बुझाएको थियो। बैठकले केही समयअघि अपांगतासम्बन्धी संघसंस्थाले संविधानसभामा मनोनयनका लागि गरेको अनशनपछि भएको सहमति कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। 
यादवलाई अवकाश 
मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वरप्रसाद यादवलाई अवकाश दिने निर्णय गरेको मन्त्री रिजालले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ महिनाअघि ट्रान्सफर्मर खरिद प्रकरणमा घोटाला भएको निश्कर्षसहित उनीमाथि मुद्दा चलाएको थियो। 
मन्त्रिपरिषदले सुनसरीको चतरामा सञ्चालित पूर्णकुम्भमेलाका लागि ५० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय पनि गरेको छ। बैठकले युनेस्कोको कार्यालयमा गौतम बुद्धको मूर्ति राख्न आवश्यक रकम विनियोजन गर्ने निर्णयसमेत गरेको छ। क्यासिनो नवीकरणका लागि अन्तिम पटक १५ दिनको म्याद थप्ने निर्णय भएको पनि मन्त्री रिजालले बताए।

विदा स्वीकृत गर्नेलाई पनि कारवाही हुन्छः मन्त्री पण्डित

काठमाडौं— सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी पिआर (स्थायी बसोबास), ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारीहरुले गैरकानुनी रुपमा ८ वर्षदेखि विदा स्वीकृत गराउँदै आएको भेटिएको बताएका छन्। नागरिकन्युजसँग कुरा गर्दै सोमबार उनले भने- 'त्यस्तो विदा स्वीकृत गर्नेलाई पनि कारवाही हुन्छ।'

पहिलोपटक 'नो भोट' को व्यवस्था

काठमाडौं– निर्वाचन आयोगले पहिलोपटक स्थानीय निर्वाचनमा ‘नो भोट' को व्यवस्था गर्ने भएको छ। आयोगले आइतबार सरकारलाई बुझाएको स्थानीय निकाय निर्वाचन कार्यविधि ऐन २०४८ को संशोधन मस्यौदामा यस्तो व्यवस्था राखिएको हो।

ग्रिनकार्ड लिएका कर्मचारी खोज्न अमेरिकाले सघाउने

काठमाडौं—नेपालका लागि अमेरिकी राजदुत पिटर डव्लु बोडेले आफ्नो देशको ग्रीनकार्ड र नागरिकता लिने नेपाल सरकारका कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका छन्। गैह्रकानूनी हिसावले विभिन्न देशको नागरिकता,ग्रिनकार्ड र पिआर लिएका सरकारी सेवामा रहेका कर्मचारीहरुलाई कारवाही गर्ने बताउँदै आएका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई शुक्रबार भेट्दै रादुत बोडेले त्यस्ता कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका हुन्।

छ सचिवमा बढुवा

काठमाडौं-सरकारले छ सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले रिक्त सचिव पदमा प्रभाकरकुमार पाठक, अनुपकुमार उपाध्याय, हरिकुमार श्रेष्ठ, नारायणप्रसाद रेग्मी, मधुप्रसाद रेग्मी र भोलाप्रसाद सिवाकोटीलाई बढुवा गरेको हो।

स्थानीय निकायको चुनाव : मिति तोक्नै आलटाल

काठमाडौं- प्रमुख दलहरूले आफ्नो चुनावी घोषणापत्रमा 'संविधानसभा निर्वाचन सकिएको छ महिनाभित्र स्थानीय निकायको चुनाव गर्ने' संकल्प गरे पनि झन्डै साढे तीन महिना बितिसक्दासम्म मिति तोक्नै आलटाल गरिरहेका छन्। निर्वाचन आयोगले वैशाख/जेठभित्रै सम्पन्न हुनेगरी मिति घोषणा गर्न पटक–पटक ताकेता गरिरहेको छ। सरकार र दलहरूले भने मिति तोक्ने र स्थानीय चुनावको निम्ति ऐन–कानुन संशोधनको प्रक्रिया अहिलेसम्म अघि बढाएका छैनन्।

मतदाता नामावली संकलन सुरु हुँदै

काठमाडौं- निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन र केही महिनामै हुने संविधानसभाको उपनिर्वाचनलाई लक्षित गरेर देशभर फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्न निर्वाचन कार्यालयहरूलाई निर्देशन दिएको छ।

उधारोमै राजकीय सम्मान, खर्च बेरुजु

काठमाडौं- पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको निधन भएको वर्षौ बितिसक्दा पनि सरकारले अन्त्येष्टि र किरियामा लागेको खर्च निकासा गरेको छैन। दुवै प्रधानमन्त्रीको गरी सरकारले २९ लाख ३२ हजार २ सय ३१ रुपैयाँ किरिया खर्च पशुपति क्षेत्र विकास कोषलाई तिर्न बाँकी छ।

सँगै सरुवा माग्दैनन् दम्पती

काठमाडौं- पति सुदूरपश्चिम, पत्नी पूर्वतिर। पत्नी राजधानी, पति मध्यतिर। निजामती सेवामा कार्यरत दम्पतीलाई सँगै बस्ने, बालबच्चा स्याहार्ने अवसरै नहुने! निजामती सेवा ऐन, २०४९ दोस्रो संशोधनले आम दम्पतीको यो समस्या बुझेर नयाँ व्यवस्था ल्याइदियो– सकम्भर पतिपत्नी दुवैलाई एउटै कार्यालय, नभए पनि नजिकैको कार्यालयमा सरुवा दिने।

सभासदहरुको सपथ माघ ७ मा

काठमाडौं– संविधानसभा सदस्यहरुको सपथ माघ ७ गते हुने भएको छ। व्यवस्थापिका संसद सचिवालयले पुस ६ गते संविधानसभाका जेष्ठ सदस्यको र ७ गते अन्य सभासदको सपथ ग्रहण गराउने तयारी थालेको हो। मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पुस ८ गतेका लागि संविधानसभाको पहिलो बैठक आह्वान गरेको भोलिपल्टै सचिवालयले सपथग्रहणको मिति तय गरेको हो।
Subscribe to this RSS feed