Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्जुन सुवेदी

अर्जुन सुवेदी

अर्जुन सुवेदी नागरिक दैनिकको स्थापनाकालदेखि नै आवद्ध पत्रकार हुन्। २०६२ सालदेखि पत्रकारितामा संलग्न उनी प्रशासन, सरकारलगायतका विषयमा दक्षता राख्छन्।

ट्विटर: @arjundristi

फेसबुकः http://facebook.com/arjunparimal

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

समानुपातिक नाम दिन एक साता

काठमाडौं-निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको सिट संख्याको जानकारी गराउँदै समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलसँग सभासदको नाम सिफारिस गर्न आग्रह गरेको छ।

चुनावी खर्च विवरण बुझाउन ३५ दिने म्याद

काठमाडौं-निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारलाई चुनावी दौरानमा भएको खर्च विवरण बुझाउन ३५ दिने म्याद तोकेको छ। आइतबार बसेको आयोग पदाधिकारी बैठकले प्रत्यक्ष उम्मेदवारलाई जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फक उम्मेदवारले निर्वाचन आयोगमा खर्च विवरण बुझाउन निर्देशन दिएको हो।

पहिले जित्नेकै जमानत जफत

काठमाडौं-अघिल्लो संविधानसभा निर्वाचनमा बाँके ३ मा कांग्रेस सभापति सुशील कोइरालालाई हराएका सर्वदेव ओझाको यसपालि जमानत जफत भयो। त्यतिबेला मधेसी जनअधिकार फोरमबाट १४ हजार ९ सय मत ल्याएर संविधानसभा सदस्य निर्वाचित ओझाले यो चुनावमा त्यही क्षेत्रबाट स्वतन्त्र उठ्दा जम्मा ७७ मत पाए।

एमाओवादीलाई प्रमुख आयुक्तको चेतावनी

काठमाडौं— प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संविधानसभा निर्वाचनको स्वच्छता निष्पक्षता र विश्वसनीयतामा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्। निर्वाचनमा एक ठाउँमा पनि धाँदली नभएको बताउँदै उनले चुनवाको बारेमा औंला नउठाउन एकीकृत माओवादी लगायतका दललाई चेतावनी दिएका छन्।

कमिसन चक्करले परिचयपत्र असफल, औचित्यहीन परिचयपत्रमा करोडौं स्वाहा

काठमाडौं— औचित्य नै नभएको अस्थायी मतदाता परिचयपत्र छपाई र ढुवानीमा निर्वाचन आयोगले करोडौं खर्चेको छ। देशभरका सबै मतदाताको हात–हातमा मतदाता परिचयपत्र पुर्‍याएर त्यसकै आधारमा मतदान गराउने लक्ष्यलाई आयोग पदाधिकारी र केही दलको स्वार्थले तुहाइिदएको छ। परिचय पत्र छपाई र ढुवानीका लागि आयोगले खर्च गरेको पाँच करोड भन्दा बढी रकम बालुवामा पानी सावित भएको छ।

स्वच्छ मतदानलाई 'नागरिकता नै बेस'

काठमाडौं - निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र पुर्‍याउन नसक्ने भएपछि 'अन्य सरकारी फोटोयुक्त कागजातबाट पनि मतदान गर्न सकिने' भनी गरेको निर्णयले चुनावको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

मतदाता कार्ड सबैतिर नपुग्ने

काठमाडौं - निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा मतदानका लागि फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य नगर्ने भएको छ।
सबै मतदान केन्द्रमा मतदाता परिचयपत्र पुर्‍याउन असम्भव भएपछि आयोगले सोमबार नागरिकता, लाइसेन्स वा अन्य सरकारी फोटोयुक्त कागजातबाट पनि मतदान गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको हो।

आचारसंहिता पालना गराउन आयोग अक्षम

काठमाडौं - प्रमुख दलहरूबाटै निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको भन्दै देशभर उजुरी परे पनि निर्वाचन आयोग आचारसंहिता कार्यान्वयनमा अक्षम देखिएको छ।

दाहालसामु आयोग निरीह

काठमाडौं— निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै हेलिकप्टर चढेर चुनाव प्रचारका लागि बुधबार काभ्रे र दोलखा पुगेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसामु निर्वाचन आयोग निरीह बनेको छ।

अनुमतिबिनै हेलिकप्टर

काठमाडौं - निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रयोजनमा हेलिकप्टर प्रयोग गर्न पाइन्न। एकीकृत माओवादी दबाबमा शीर्षनेतासम्मले निर्वाचन आयोगको अनुमति लिएर प्रयोग गर्न पाइने गरी आचारसंहिता संशोधन गरिएको छ। तर एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निर्वाचन आचारसंहिताको कुनै सरोकार छैन। उनी बुधबार हेलिकप्टरमा सररर चुनावी कार्यक्रम लिएर जिल्ला शयरमा निस्किए। त्यसका लागि आयोगसँग अनुमति माग्ने दरकार नै राखेनन्।
Subscribe to this RSS feed