Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्जुन सुवेदी

अर्जुन सुवेदी

अर्जुन सुवेदी नागरिक दैनिकको स्थापनाकालदेखि नै आवद्ध पत्रकार हुन्। २०६२ सालदेखि पत्रकारितामा संलग्न उनी प्रशासन, सरकारलगायतका विषयमा दक्षता राख्छन्।

ट्विटर: @arjundristi

फेसबुकः http://facebook.com/arjunparimal

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

निर्वाचन आचारसंहिता उल्लंघनमा प्रमुख दलहरु नै अगाडि

काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता पालना गर्न सचेत गराउँदै आए पनि दलहरुले त्यसलाई अटेर गर्दै आइरहेका छन्। आचारसंहिता उल्लंघनसम्बन्धी कारबाहीमा आयोगले कडाइ गरेको बताए पनि देशभर यस्ता घटना बढिरहेका छन्।

'आयोग अन्तिम तयारीमा' अत्याधुनिक मिडियासेन्टर सञ्चालन

काठमाडौं - निर्वाचन आयोगले संविधानसभा निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ। प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले कार्यतालिकाअनुसार नै आयोगले आफ्ना काम सम्पन्न गरिरहेकाले निर्धारित मितिमै निर्वाचन हुने कुरामा कुनै शंका नगर्न आग्रह गरे।

चुनावी सूचना भित्तेपाटीको भर

काठमाडौं— निर्वाचन मिति नजिकिँदै जाँदा आम मतदाता यससम्बन्धी नयाँनयाँ जानकारी क्षणक्षणमा हासिल गर्न आतुर छन्। आयोगको सूचना प्रणाली भने १९ औं शताब्दीकै जस्तो छ।

एमाओवादी दबाबमा आचारसंहिता संशोधन

काठमाडौं - निर्वाचन आयोगले एकीकृत माओवादी दबाबमा निर्वाचन आचारसंहिता व्यापक हेरफेर गरेको छ। बुधबार आयोगको बैठकले यसअघि जारी आचारसंहितामा राजनीतिक दलका केन्द्रीय नेताहरुका लागि हेलिकोप्टर प्रयोगमा बन्देज खुकुलो बनाउनेलगायत व्यापक संशोधन गरेको हो।

खरिदारदेखि सहसचिवसम्म नै टिकटको दौडमा

काठमाडौं - निजामति सेवाका झन्डै दुई दर्जन कर्मचारी आसन्न संविधानसभा निर्वाचनमा विभिन्न दलबाट प्रत्यक्ष र समानुपातिकतर्फ टिकट पाउने दौडमा छन्।
निजामति सेवा ऐनले सरकारी कर्मचारीलाई राजनीतिक दलमा लाग्न बन्देज लगाए पनि उनीहरू खुलेआम दौडधुप गरिरहेका छन्। कतिजनाको त नामै सिफारिस भइसक्यो। खरिदारदेखि सहसचिवसम्म विभिन्न दलको उम्मेदवार सूचीमा छन्।

६०१ सभासदको व्यवस्था गर्न राष्ट्रपति समक्ष सिफारिश

काठमाडौं — सरकारले संविधान संशोधन गरी ६०१ सभासदको व्यवस्था कायम गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ। केही समय अघि सकिएको मन्त्रिपरिषद बैठकले नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम बधा अड्काउ फुकाउ आदेशमार्फत् संविधान सभा सदस्य बढाउन राष्ट्रपतिलाई सिफारिश गरिएको हो।

५९ दललाई चुनाव चिह्न

काठमाडौं -निर्वाचन आयोगले आवेदन दिएकामध्ये ५९ दललाई मान्यता दिँदै आगामी संविधानसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ।

राजनीतिक दल निर्वाचन चिन्ह

नेपाल नागरिक पार्टी  मोबाइल
राष्ट्रिय मधेस समाजवादी पार्टी  साइकल
खम्बुवान राष्ट्रिय मोर्चा नेपाल  हथौडा
जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल  कापी कलम
नेपाल राष्ट्रिय विकास पार्टी  रेडियो
नेपाल न्यायिक दल  बलेको मैनबत्ती
संयुक्त राष्ट्रवादी मोर्चा नेपाल  कलश
मंगोल नेसनल अर्गनाइजेसन  कुखुराको भाले
नेपाल गौरवशाली पार्टी  स्याउ
राष्ट्रिय यथार्थवादी पार्टी नेपाल  डाँफे
जनतान्त्रिक तराई मधेस मुक्ति टाइगर्स  गोरुगाडा
शान्ति पार्टी नेपाल  षट्कोण
राष्ट्रिय विकास पार्टी  हात्ती
जनजागरण पार्टी  टर्चलाइट
नेपाल समावेशी पार्टी  सुगा
तामसालिङ–नेपाल राष्ट्रिय दल  डम्फु
सोसल रिपब्लिकन पार्टी  सलाइको बट्टा
राष्ट्रिय जनता दल नेपाल  लालटिन
हरियाली नेपाल पार्टी  आँप
नेपाल गणतान्त्रिक एकता पार्टी  गुलाफको फूल
नेपाल जनता पार्टी  कमलको फूल
राष्ट्रिय जनविकास पार्टी  टेबल
मधेसी जनअधिकार फोरम मधेस  चर्खा
संयुक्त राष्ट्रिय जनपरिषद, नेपाल  आरा
नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)  डुंगा
नेपाल राष्ट्रसेवा दल  टेलिफोन
लिग नेपाल शान्ति एकता पार्टी  घोडा
नेपाल समाजवादी पार्टी (लोहियावादी)  मेच
शिवसेना नेपाल  डमरु
चुरेभावर राष्ट्रिय पार्टी  बिजुलीको चिम
देशभक्त समाज  जरायो

छ सहसचिव सचिवमा बढुवा

काठमाडौं- सरकारले छ जना सह सचिवको बढुवा गरेको छ। आइतबार बसेको मन्त्रपरिषद् बैठकले सो निर्णय गरेको हो। जेष्ठतर्फका राजकुमार मल्ल र पाँच वर्ष सेवा अवधि पूरा गरेका अर्जुनबहादुर थापा, श्रीरञ्जन लाकौल, शंकरप्रसाद अधिकारी, डइन्द्रप्रसाद उपाध्यय र लोकदर्शन रेग्मीको बढुवा भएको सरकारका प्रवक्ता माधव पौडेलले बताए।

निर्वाचन क्षेत्र निर्धारणमा अन्योल

काठमाडौं- संविधानसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भइसके पनि निर्वाचन क्षेत्रको टुंगो लगाउन गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले कामै थालेको छैन। गठनको ११ दिन बितिसके पनि आयोग पदाधिकारीले सपथ नै लिएका छैनन्।

फेरि ६ सचिवको सरुवा

काठमाडौं - निर्वाचन कार्यतालिका सार्वजनिक भएर निर्वाचन आयोगले आचारसंहिताको तयारी गरिरहेका बेला सरकारले शुक्रबार ६ सचिवको सरुवा गरेको छ। सरकारले यसअघि निर्वाचन मिति घोषणा गरेकै दिन सात सचिवको सरुवा गरेको थियो।
Subscribe to this RSS feed