Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

चौतारा र धुलिखेलमा प्रधानमन्त्री कार्यालयको छड्के

(0 votes)
काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाको नेतृत्वमा उच्चस्तरीय अनुगमन समितिले आज सिन्धुपाल्चोक सदरमुकाम चौतारामा र काभ्रे सदरमुकाम धुलिखेलका सरकारी कार्यालयहरूको अनुगमन गरेको छ।
अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा सचिव बास्कोटाले सिन्धुपाल्चोक जिल्लाले यस वर्ष अहिलेसम्म २ अर्ब ३१ करोड आम्दानी र खर्च ८८ करोड ४८ लाख खर्च गरेको बताए। २५ गाविसमा सचिव पद रिक्त रहेको र राम्रो संरचनासहितको अस्पताल भए पनि लामो समयदेखि चिकित्सक नहुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।
धुलिखेला सरकारी कार्यालयहरूको अनुगमनपछि सचिव बास्कोटाले मानव अंग बिक्री बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। नापी र मालपोत कार्यालयमा जारी भएको क्षतिपूर्तिसहितको नागरिक बडापत्र कार्यान्वयनको स्थिति सन्तोषजनक रहेको बताए।