Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

ब्लग

राजेन्द्र ज्ञवाली

राजेन्द्र ज्ञवाली

राजेन्द्र ज्ञवाली नागरिक दैनिकका सह-सम्पादक हुन्।  Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वैद्य माओवादीको क्रुरता

  • विचार
माओवादी विद्रोहका बेला एक विदेशी मित्रले संकोच मान्दै सोधेका थिए– तिम्रो देशमा त मान्छेको मासु खान्छन् रे हो? उनको प्रश्नले मलाई लज्जा, अपमान र क्रोधको अनुभूति एकैसाथ भएको थियो। देशमा चलिरहेको माओवादी विद्रोहका क्रममा दिनहुँ हुने व्यक्ति हत्यालाई नेपाली जनताले बाध्यतापूर्वक सहँदै आएका थिए। आकासमा कुनै दिन हेलिकोप्टर उडेको देख्नासाथ कतै माओवादीले प्रहरी चौकी अथवा कुनै जिल्लाको सदरमुकाममा हमला गरेको अनुमान लगभग सही सावित हुने गर्थ्यो।

क्रिकेट र नेपाल

  • विचार
हालै सिंगापुरमा सम्पन्न एसिसी इमर्जिङ टिम्स कपमा सहभागी भएर फर्केको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो टिमको पराजयका लागि एक रूप प्रदर्शन नहुनुलाई एउटा कारणका रूपमा बताएका छन्। हुन त उनले यो नै नेपाली टोलीको पराजयको प्रमुख कारण भने नभएको पनि स्पष्ट पारेका छन्। उक्त प्रतियोगितामा नेपाल जहाँ आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग झिनो अन्तरको पराजय बेहोर्न बाध्य भएको थियो। त्यही भारत र पाकिस्तानसँग भने स्पष्ट अन्तरले पराजित भएको थियो। नेपालमा क्रिकेट प्रतिभाको कमी नरहेको कुरा अब उल्लेख गरिरहनुपर्दैन। सन् १९९६ मा मलेसियामा सम्पन्न पहिलो एसिसी ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी नेपाली खेलाडीको प्रदर्शनलाई हेरेर पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावसरकले नेपाली खेलाडीहरूको प्रशंसा गरेका थिए।

मरीचमानसामु चाउरिएको राजनीति

  • विचार
दरबार हत्याकाण्डपछि सैनिक अस्पताल पुगेका प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालालाई सेनाले बाहिरै रोकेको थियो । उनको मोबाइल फोन पनि लिएको थियो । मुलुकको कार्यकारी अधिकार प्रममा थियो । राजा संवैधानिक मात्र थिए । प्रसङ्ग पूर्वप्रधान मन्त्री मरीचमान सिंह श्रेष्ठको अस्वस्थता र उनको मृत्युपछि भनिँदै आएका कुराको हो । त्यसैले कुरा मरीचमानबाट सुरु गरौँ । उनीसँग प्रत्यक्ष भेटको अवसर मिलेन । उनीबारे समाचार र उनलाई चिनेका मानिसबाट थाहा भएको हो । त्यस्तै मरीचमानलाई राम्ररी चिनेका एक व्यक्ति थिए– डा. रामलोचन सिंह । सिंहले संसार छाडेको धेरै भइसकेको छ । उनी भारतीय थिए । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अर्थशास्त्र पढाउँथे । अझ उनको विषय नेपाली अर्थशास्त्र थियो । उनी नेपालगन्जसँग जोडिएको भारतीय सीमावर्ती रुपैडियामा बस्थे र त्यहीँबाट पढाउन आउँथे ।

वनर्जीको सौतेनी ममता

  • विचार
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश मानिने भारतको पश्चिम बंगाल राज्यको मुख्य मन्त्री ममता बनर्जीले राज्यको पर्यटकीय क्षेत्र दार्जिलिङमा अलग गोर्खाल्यान्ड राज्यको मागसहित त्यहाँ जारी अनिश्चितकालीन आन्दोलन दबाउन कडा कदम उठाउन सुरु गरेकी छन्। यसका लागि उनले त्यहाँका नेपाली भाषाका टेलिभिजन प्रसारणमा रोक लगाएकी छिन् भने आन्दोलन रोक्न ७२ घण्टाको अल्टिमेटम शनिबार दिइसकेकी छिन्। उता आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले भने बनर्जीको धम्की वास्ता नगरी आन्दोलन झनै कडा बनाएर लैजाने बताएको छ। यसबाट वर्षौंदेखि आफ्नो बेग्लै पहिचानका लागि अलग राज्यको सपना हेरिरहेका त्यहाँका स्थानीयले चलाएको आन्दोलन हिंसक हुने शंका बढेको छ। दार्जिलिङलाई भारतको बेग्लै राज्य बनाउने मागसहित जारी आन्दोलन यो पहिलो भने होइन।

उनको जिन्दगानी

  • विचार
पोर्टल्यान्डस्थित एउटा हाइस्कुलको खेलमैदानमा उनी भेटिए। पोर्टल्यान्डमा बस्ने नेपालीमध्ये केही हरेक आइतबार यस स्कुलको मैदानमा फुटबल खेल्न आउने गर्छन्। पछिल्लो केही समयदेखि म पनि दर्शकका रूपमा भए पनि प्रत्येक आइतबार यहाँ आइरहेको थिएँ तर उनीसँग भने आजमात्र भेट भएको थियो। सुरुमा ठट्यौलो पारामा आफ्नो नाम शिव श्रेष्ठ बताएका २७ वर्षीय युवाको वास्तविक नाम भने सोनाम रहेछ।

हिंसा मोह

  • विचार
'तपाईँहरू यसरी सपरिवार बस्नुभएको छ। फेरि यस्तो अवसर नमिल्न सक्ला, त्यसैले विवेक पुर्‍याएर मत दिनुहोला।' गत संविधान सभा निर्वाचनका बेला माओवादी कार्यकर्ताले पाल्पा जिल्लाको कुनै एक गाउँमा घुमाउरो पारामा दिएको धम्की हो यो। उनीहरूले घुमाउरो पारामा आफ्नो दललाई मत नदिए कस्तो परिणाम हुन सक्ला भन्ने सन्देश दिएका थिए। त्यतिबेला माओवादीको यस्तो व्यवहारलाई पनि खासै गम्भीर मानिएन। किनभने दस वर्षसम्म जंगलमा बसेर हिंसात्मक विद्रोह गरेको दल भरखरै शान्तिपूर्ण राजनीतिमा आएको छ सबैलाई थाहा थियो। त्यसैले प्रजातान्त्रिक अथवा लोकतान्त्रिक मर्म बुझ्न पुष्पकमल दाहाल र उनका साथीलाई केही समय लाग्छ भन्ने लगभग सबैले ठाने।

खस्कँदो आत्मसम्मान

  • विचार
भारतीय विदेश मन्त्री सलमान खुर्सिदको एक दिने नेपाल भ्रमण गएको साताभर चर्चिात भयो। विदेशमा रहेका नेपाली नेतासमेत खुर्सिदलाई भेट्न आत्तिँदै आए। यहीँ रहेकाको त कुरै भएन। भारतमा आगामी वर्ष लोकसभाको निर्वाचन हुँदै छ। अहिलेसम्म त्यहाँ कुनै खास दलको विजयको सम्भावना देखिएको छैन। अझ सत्तारुढ कांग्रेसले पुनः सत्ता पाउने सम्भावना पनि कमै देखिएको छ। लगभग साढे एक वर्षअघि भारतको ठूलो राज्य उत्तर प्रदेशमा भएको विधान सभा निर्वाचनमा केन्द्रमा सत्तारुढ कांग्रेस नराम्रोसँग हारेको थियो। यसैले हाल सत्तामा रहेका नेताको स्थिति निर्वाचनपछि के हुने हो कसैलाई थाहा पनि छैन। तर नेपाली नेता भने भारतबाट कोही आउनेबित्तिकै लम्पसार हुन पुगिहाल्छन्। विदेश मन्त्री सलमान खुर्सिदलाई भेट्न नेपालका पूर्व प्रधानमन्त्रीहरू लामबद्ध भएको घटनाले पनि निकै चर्चा पाएको थियो। कुनै स्वतन्त्र देशका पूर्व सरकार प्रमुखहरू यसरी राष्ट्रको अस्मितालाई नै धितो राखेर विदेशीको पाउ मुसार्न गएको घट्ना सम्भवतः विश्वमै नौलो थियो। नेपालका नेताहरू विशेषगरी भारतीय साना नेता सामु पनि लम्पसार पर्ने गरेको समाचार नया होइन। अहिले विशेषगरी २०४६ सालको आन्दोलनपछि मात्र यस किसिमको प्रवृत्ति बढेको कथन भने सत्य होइन। यस किसिमको चर्चा पञ्चायत कालमा समेत हुने गर्थ्यो।

देशको 'नसिब'

  • विचार
जसरी प्रमुख चार दलका नेताहरू मंसिर ४ मा हुने भनिएको निर्वाचनको पक्षमा लागेका छन्, त्यसले संविधान सभाको दोस्रो निर्वाचन निर्धारित मितिमा हुनेे सम्भावना बढेर गएको छ। अब निर्वाचनको अन्योल वैद्य नेतृत्वको नेकपा–माओवादीलगायत् दलको विरोधको शैली र क्षमतामा निर्भर देखिएको छ। तर जनतामा पनि द्विविधा भने अझै कायम छ। हिजोसम्म निर्वाचन हुने/नहुने सम्भावनालाई लिएर द्विविधा थियो भने आज निर्वाचनले निर्माण गर्ने संविधान सभाले पनि हिजोकै नियति भोग्नुपर्ने त होइन भन्ने शंका छ। जनताले सबै राजनीतिक दललाई अवसर दिइसके पनि त्यस्तो मौकालाई कुनै पनि दलले सदुपयोग गर्न नसकेका कारण यो द्विविधा रहेको हो। जनताको कसीमा सबै दल असफल भएका छन्। सबै अनुत्तीर्ण भएका छन्। जनताको नजरमा कुनै राजनीतिक दलमाथि यसले संविधान बनाउनमा सकारात्मक भूमिका निर्वाह गर्ला भन्ने विश्वास छैन। अझ सोझो भन्ने हो भने बहुदलीय व्यवस्थामा परीक्षण गर्नका लागि जनतासँग कुनै विकल्प बाँकी रहेन। सबै दल असफल भएको अवस्थामा अब हुने निर्वाचनमा कुन दलले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ला भन्ने द्विविधा जनतामा हुनु स्वाभाविक पनि हो।

उधारो राजनीति

  • विचार
मंसिरमा निर्वाचन हुने सरकारी घोषणापछि मुलुक द्विविधायुक्तरूपमा भए पनि चुनावी माहोलमा होमिएको छ। केही दलले यसलाई बहिष्कार गर्ने निर्णय गरेका छन् भने निर्वाचनको माग गर्दै आएका दल भने असमञ्जस्यको स्थितिमा देखिएका छन्। सम्भवतः त्यही स्थितिलाई ध्यानमा राख्दै सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वतावरण तयार पार्न दल, सञ्चार जगतलगायत्लाई अनुरोध गरेका हुन्। वास्तवमा, तोकिएको मितिमा निर्वाचन हुने/नहुनेमा जनमानस मात्र नभई स्वयं दलहरू नै सन्देहमा छन्। त्यसैले निर्वाचन तोकिएको मितिमै हुन जरुरी नभएको भन्ने तर्क प्रमुख दलभित्रैबाट आउन थालेको छ।

भारतसामु हामी

  • विचार
भारतको उत्तराखण्ड राज्यलगायत् पश्चिम नेपालको दार्चुलास्थित खलंगा क्षेत्रमा आएको बाढीले दुवै देशको आन्तरिक राजनीतिलाई तताइरहेको अवस्थामा अब त्यसको राप भारत नेपाल सम्बन्धमा पनि पुग्न थालेको छ। विशेषगरी नेपालमा भारतको उत्तराखण्ड राज्यस्थित नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पाेेेरेसनअन्तर्गतको धौलीगंगा विद्युत् आयोजनाको बाँध खोलिएका कारण नेपाली भूभागमा ठूलो क्षति पुगेको दाबी गरिएको छ भने भारतले यसको खण्डन गरेको छ। भारत नेपाल सम्बन्धका प्रसंगमा चर्चा हुँदा यसमा दुई स्पष्ट धार पाउन सकिन्छ – भारतको विरोध र अन्ध समर्थन।
Subscribe to this RSS feed