Friday 19 Ashad, 2077 | July 02, 2020
Menu

ब्लग

ऋषिकेश दाहाल

ऋषिकेश दाहाल

२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहाल नागरिक दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। हाल उनी www.nagariknews.com मा कार्यरत छन्। उनलाई Twitter मा www.twitter.com/rishikeshdahal र Facebook मा www.facebook.com/rishug भेट्न सकिन्छ।

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

नक्कली समाचार सक्कली समाचार

सन् १९३८ अक्टोबर ३० मा अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टमले आफ्नो रेडियो स्टेसनबाट एउटा नाटक 'अन एअर' गर्‍यो। एच.जी. वेल्सले लेखेको उपन्यास 'दी वार अफ दी वर्ल्डस्' आधारित रहेर ओरसन वेल्सले निर्देशन गरेको नाटकले त्यहाँ अर्को 'नाटकीय मोड' पैदा गर्‍यो।

कमल थापाको राप्रपा नेपाल फुट्यो, टंक ढकालको नेतृत्त्वमा नेपाली राप्रपा

काठमाडौं - सविधान सभा निर्वाचनमा समानुपातिकतर्फ अप्रत्यासितरुपमा २४ सिट ल्याएर चौथो ठूलो दल बनेको राप्रपा नेपाल संविधान सभा  नबोलाइँदै फुटेको छ। कमल थापा नेतृत्त्वको राप्रपा नेपालमा समानुपातिक सभासदको सूची सार्वजनिक भएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।

दसैं : नो न्युज प्लिज

'नो न्युज इज गुड न्युज। नो जर्नालिस्ट इज इभन बेटर,' निकोलस वेन्टलीका यी शब्दले यतिखेर समाचार कक्षमा काम गर्नेलाई होच्याइरहन्छ। राष्ट्रिय पर्व छ। अखबारहरु सबै बन्द छन्। समुन्द्री तुफानको लहर दक्षिणतिर आउँदा यहाँको आकाशमा पर्दा लागेको छ। सूर्य निस्तेज। समाचार कक्ष रित्ता।

वैद्य'बाको बर्चश्व

पुष्पकमल दाहाल र बाबुराम जस्ता दिग्गज नेताले आह्वान गरेको बन्द दरको तरमा तैरियो। बन्द शीर्षबाट मुन्तिर झर्न पनि सकेन। एकीकृत माओवादीले गरेको बन्द हेर्दा हेर्दै असफल यात्रातिर ओरालियो। हत्त न पत्त नेतृत्वले लाजगाल जोगाउन मध्यान्नमै घोषणा गर्यो- 'बन्द फिर्ता।' सशस्त्र युद्ध लडेर १० वर्षपछि बालुवाटारमा प्रकट भएको माओवादीको कान्ति क्षय यो भन्दा बढी कसोरी होला?

'झुर' फिल्मको 'सुपरहिट' कमाई

बलिउड फिल्म चेन्नई एक्सप्रेस रिलिज लगत्तै समीक्षाहरु पढ्न लायक थिए। सीमित मिडियाबाहेक धेरैले यसलाई 'झुर' फिल्मको दर्जामा राखे। ठूला ब्यानरमा फिल्म बनेलगत्तै पाँचमा चार तारा दिने समीक्षकहरुबाहेक सबैलाई यसलाई एउटै टोकरीमा फ्याँके। समीक्षकको आलोचना जति कडा थियो यो फिल्मको व्यापारिक 'रिपोर्ट' उत्तिकै कडारुपमा आउनेक्रम सुरु भयो।

उमा हेरेपछि छिरिङप्रति बढेको सम्मान

फिल्म धेरै हेर्ने बानी भएपनि नेपाली फिल्म कमै हेर्नेमा पर्छु। अघिल्लो शुक्रबार रिलिज भएको दुई फिल्म उमा र हलिउडको फास्ट एन्ड फ्युरिअसमा मेरो च्वाइस दोस्रोमा थियो। फास्ट एन्ड फ्युरिअस फस्ट डे फस्ट सो भ्याएको चार दिनपछि उमा हेरेँ।


ब्रेकिङमा ब्रेक नलाग्दा..

पत्रकारिता हतारको साहित्य हो - ‍म्याथ्यु आर्नोल्डको यो परिभाषा कालजयी रहेछ। न्यू मिडियाको प्रवेशपछि यसलाई 'अति हतारको साहित्य' माने पनि हुने भयो अब। सामाजिक सञ्जालको विकास र विस्तारपछि सबैलाई ब्रेकिङ गर्ने अवसर मिलेको छ। मिडिया सञ्चालकहरुको एकहोरो म्यासेज फ्लो गर्ने परिधि खुम्चिएर गएको छ। पछिल्लो उदाहरण बन्यो नाम चलेका गुण्डाहरुमाथि सम्पत्ति शुद्धिकरणबारे परेको मुद्दा। विशेष अदालतमा दायर भएको यो मुद्दा नेपाली अनलाइन पत्रकारका लागि धेरै हतारको साहित्य बन्यो। केही रमाइलो र केही तनाव दुबै दियो यो घटनाले।


अनलाइनको कखरा फेरि...

नागरिकन्युजको पछिल्लो डिजाइन तयार भएर अन एअर भएपछिमात्रै गल्तीहरुको चाङ थुप्रिएको थाहा भयो। करेक्सनका लागि उमेशले डिजाइनरलाई लघारिरहेको थियो। यसो भयो, उसो भएन, फोटो मिलेन, ठाउँ खाली गयो, नाम देखिएन, पोस्ट गर्नासाथ आएन आदि। उमेशसँग यो भिडन्तमा अनलाइन टिम लागिरहेको थियो। फोटो कसरी राख्‍ने, टेक्स्ट कसरी मिलाउने, विचारको अपडेट र समाचर कसरी बर्गीकरण गर्ने आदि इत्यादिले सबैलाई सक्रिय बनाइरह्यो। डिजाइनरहरु पनि भिडिरहे। यता गरे उता मिल्दैन, उता गरे यता मिल्दैन। अन एयर भयो। अन एयर भएकैमा खुशी हुनु स्वभाविक थियो, सँगै दु:खी पनि गरायो।
Subscribe to this RSS feed