Tuesday 25 Chaitra, 2076 | April 07, 2020
Menu

ब्लग

बालकृष्ण अधिकारी

बालकृष्ण अधिकारी

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

प्रमको सर्वदलीय बैठकमा एमाओवादी अनुपस्थित

काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले डाकेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले बहिस्कार गरेको छ। फुजेल काण्डको विषयमा आपत्ती जनाउँदै माओवादीले वार्ता बहिस्कार गरेका कारण प्रधानमन्त्रीले सहमतिका लागि डाकेको सर्वदलीय बैठक निष्कर्षहीन हुने देखिएको छ।

फुजेल प्रकरण बल्झिँदै: प्रमले डाके सर्वदलीय बैठक

काठमाडौं - एकीकृत नेकपा माओवादीले हिजो तीन दलीय बैठक बहिस्कार गरेपछि कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइरालाले आज सर्वदलीय बैठक बोलाएका छन्।

२६ सभासदबारे तीन दलबीच भोलि बैठक

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि बस्ने तीन दलको बैठक संविधानसभामा मनोनित गर्ने २६ जनाबारे टुंगो लगाउने बताएका छन्।

कांग्रेसका चन्दादाता सार्वजनिक गर्न माग

काठमाडौं-नेपाली कांगेसका नेताहरूले संविधानसभा निर्वाचनमा सहयोग गर्ने उद्योगी–व्यवसायीको नाम सार्वजनिक गर्न पार्टीका शीर्ष नेतासँग आग्रह गरेका छन्।

आयोग बनाउन विशेषज्ञ दल,स्वामित्व ग्रहण प्रस्ताव आज

काठमाडौं-सरकारले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक बनाउन शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सहसचिव सादुराम सापकोटाको नेतृत्वमा ११ सदस्यीय विशेषज्ञ कार्यदल गठन गरेको छ। सरोकारवालालाई समेत सहभागी गराएर बिहीबार विधेयक मस्यौदा कार्यदल गठन गरिएको हो।

नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा चीनकाजी

काठमाडौं - नेपाली काङ्ग्रेसले प्रमुख सचेतकमा चीनकाजी श्रेष्ठलाई मनोनित गरेको छ। त्यस्तै सचेतकमा इश्वरी न्यौपाने मनोनित भएका छन्। काङ्ग्रेस संसदीय दलका नेता सुशील कोइरालाले पार्टीको संसदीय दलको विधानअनुसार प्रमुख सचेतक र सचेतक मनोनित गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए।

प्रमाणीकरणमा अझै कुरा मिलेन

काठमाडौं- नयाँ संविधान प्रमाणित र प्रमाणीकरण कसले गर्ने भन्नेमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच उत्पन्न विवाद टुंगोमा पुग्न सकेको छैन। संविधानसभा नियमावली तयार गर्ने क्रममा विवादित विषय सल्टाउन दुवै पार्टीका नेताबीच आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफल पनि आ–आफ्नो अडानका कारण निष्कर्षमा पुग्न सकेन।

विवादमा नतानौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नयाँ संविधान प्रमाणीकरणको विषयलाई लिएर राष्ट्रपति कार्यालयलाई 'विवादमा नतान्न' प्रधानमन्त्री सुशील कोइरालासँग आग्रह गरेका छन्। पछिल्लो राजनीतिक अवस्था र म्यान्मारको राजधानी न्यापिडमा सम्पन्न बिमस्टेकको तेस्रो शिखर सम्मेलनबारे जानकारी दिन आइतबार शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति यादवले संविधानसभा नियमावली छिटोभन्दा छिटो टुंगो लगाउन सुझाव दिएका छन्।
प्रधानमन्त्री कोइरालाले भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक व्यवस्था र दलीय सहमतिका आधारमा नियमावलीको मस्यौदा टुंगो लगाउने जानकारी गराएका थिए। नियमावलीको विषयमा कांग्रेस/एमालेबीच जारी विवादबारे सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान निर्माण हुनेमा आशंका नगर्न आग्रह गरे। 'विवाद बल्झाउने काम कसैले गर्नु हुँदैन,' प्रधानमन्त्री कोइरालाले भने, 'विवाद बल्झाउँदै जाँदा पत्रकारदेखि सबैले दुःख पाउँछौं।'
प्रधानमन्त्री कोइरालाभन्दा अघि कानुनमन्त्री नरहरि आचार्यले राष्ट्रपति यादवलाई भेटेका थिए। आचार्यले नियमावलीको विषयमा भएको दलीय छलफलबारे जानकारी गराएका थिए। राष्ट्रपति यादवले संवैधानिक व्यवस्थाअनुसार विवाद अन्त्य गर्न मन्त्री आचार्यलाई आग्रह गरेको स्रोतले जानकारी दियो। मन्त्री आचार्यले कांग्रेस–एमाले शीर्ष नेताबीचको छलफलबाट नियमावली मस्यौदाबारे असमझदारी अन्त्यको प्रयास भइरहेको जानकारी गराउँदै आइतबार साँझसम्म दुई दल सहमतिमा पुग्ने बताएका थिए।
प्रधानमन्त्री कोइरालाले आइतबारै एमाले अध्यक्ष झलनाथ खनाललाई भेटेका थिए। खनाललाई भेट्न उनकै निवास डल्लु पुगेका कोइरालाले बिमस्टेक सम्मेलनका साथै संविधानसभा नियमावली विवाद, साझा नीति तथा कार्यक्रम र स्थानीय चुनावबारे परामर्श गरेका थिए।
कोइरालाले नयाँ संविधानको प्रमाणित संविधानसभा अध्यक्षले गर्दै राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था राखेर नियमावली विवाद अन्त्य गर्न खनालसँग आग्रह गरेका थिए। खनालले भने त्यसलाई अस्वीकार गर्दै यसअघि नै समाधान भएको विषयमा विवाद गर्न नहुने भन्दै पुरानै व्यवस्थाअनुसार अघि बढ्नुपर्ने बताए। भेटपछि प्रधानमन्त्री कोइरालाले संविधानसभा नियमावलीमा देखिएको विवाद तत्काल समाधान गरी संविधान लेखनको काम अघि बढाउन छलफल सकारात्मक भएको जानकारी दिए।
एमाले अध्यक्ष खनालले दुई दलबीच सतहमा देखिएका सबै विषयलाई आपसी समझदारीमा टुंग्याउने सहमति भएको भन्दै केही महिनाभित्रै आवधिक रूपमा स्थानीय निर्वाचन गराउनुपर्ने बताए।
प्रधानमन्त्री कोइरालाले आइतबार बिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणासँग सरकार विस्तारका साथै स्थानीय निर्वाचनका विषयमा छलफल गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राणाले सरकारमा सम्मानजनक सहभागी गराउन कोइरालासँग आग्रह गरेका थिए। दुई मन्त्रालयसहित आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउन आग्रह गर्दै राणाले नेकपा (माले) सरह एउटा मात्र मन्त्रालय दिने दुई दलीय सहमतिप्रति असन्तुष्टि जनाएको स्रोतले बतायो।
कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार राप्रपासहितका साना दललाई एक–एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने भन्दै पाँच मन्त्रालय छुट्टयाइएको छ।

नवनियुक्त मन्त्रीले शपथ लिए

काठमाडौं- नवनियुक्त मन्त्रीहरुले अहिले राष्ट्रपति कार्यालयमा शपथ लिएका छन्। राष्ट्रपति रामवरण यादव लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थितीमा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। लामो विवाद पछि आज मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।


कांग्रेसबाट पनि दस मन्त्रीको नाम टुंगो

काठमाडौं- नेपाली कांग्रेसले पनि आफ्नो दस मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले महामन्त्री प्रकाशमान सिंह उपप्रधानसहित स्थानीय विकास, विमलेन्द्र निधि भौतिक योजना, चित्रलेखा यादव शिक्षा, रामशरण महत अर्थ, मीनेन्द्र रिजाल सञ्चार, नारायण खड्का सहरी विकास, महेश आचार्य वन, नरहरि आचार्य कानुन, एनपी साउद सिँचाइ मन्त्री हुने भएका छन्।

एमालेसहितको मन्त्रिपरिषद विस्तार आज हुने

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला संविधानसभाको दोस्रो ठूलो दल नेकपा (एमाले) लाई गृह मन्त्रालयसहित उपप्रधानमन्त्री दिन तयार भएपछि दुई सातादेखि जारी विवाद अन्त्य भएको छ। यो सहमतिपछि कोइरालाले एमाले नेतासहित सोमबार मन्त्रिपरिषद विस्तार गर्ने पक्कापक्की भएको छ।


बामदेवकै नेतृत्वमा एमाले सरकारमा जाने

मणि दाहाल 
काठमाडौं- नेकपा एमालेले नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उपाध्यक्ष वामदेव गौतमको नेतृत्व सहभागी हुने निर्णय गरेको छ। 
नेपाली कांग्रेससँग भएको सातबुँदे सहमति अनुमोदन गर्दै केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले गौतमलाई उपप्रधान र गृहमन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ। यसअघि भएको सहमतिअनुसार उपप्रधान तथा गृहमन्त्री दिन कांग्रेस राजी भएपछि एमालेले सरकारमा सहभागी हुने निर्णय गरेको हो। 
एमाले सचिव शंकर पोखरेलले सहमति लागू गर्न कांग्रेस तयार भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको बताए। नेपाली कांग्रेस सहमतिबाट पछि हटेको स्थितिमा समेत सातबुँदे सहमतिप्रति एमाले प्रतिबद्ध रहेको स्मरण गराउँदै पोखरेलले भने, 'कांग्रेस सहमति पालना गर्न तयार भएपछि एमालेले वामदेव गौतमको नेतृत्वमा सहभागी हुने निर्णयलाई दोहोर्यानएको हो।'
सरकारमा सहभागी हुने अन्य नेताका बारेमा भने टुंगो नलागेको पोखरेलले बताएका छन्। 'कांग्रेससँग पहिले कुन–कुन मन्त्रालय लिने भन्ने छिनोफानो भएपछि मात्रै हाम्रो पार्टीबाट मन्त्री बन्नेको नामको टुंगो लगाउँछौं,' पोखरेलले भने। 
स्रोतअनुसार पार्टीले सरकारमा सहभागी हुने नेताहरूको नाम सार्वजानिक नगरे पनि शीर्ष तहमा भने एक किसिमको सहमति बनेको छ। उनीहरूले मन्त्रीका लागि सचिव विष्णु पौडेलसहित पशुपति चौलागाईं, रवीन्द्र अधिकारी, धर्मनाथप्रसाद साह, श्रीमाया थकाली, राधा ज्ञवाली, दीपक कार्की, शत्रुधन महतो, डम्बर तुम्बाहाम्फेलगायतको नाम छलफलमा ल्याएका छन्। 'संविधानसभा निर्वाचनमा लगातार दोस्रो पटक निर्वाचित भएकालाई मन्त्रिपरिषदमा लैजानुपर्ने माग बढी छ,' एक नेताले भने। पौडेल, अधिकारी, महतो, कार्की, तुम्बाहाम्फे दोस्रो पटक सभासद निर्वाचित भएका हुन्। 
बैठकको प्रारम्भमै अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री कोइरालाले फोन गरी सहमतिअनुसार मन्त्रिपरिषदमा उपप्रधान र गृहमन्त्रालय दिन तयार रहेको भन्दै थप विषयमा वार्ता गर्न आग्रह गरेको जानकारी गराएका थिए। एमालेले मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रम पाउनेछ। प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्रीय पद्धति शक्तिशाली बनाउन गृहमन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने अडान राख्दै आएका थिए। 
वार्ता टोलीले गृहमन्त्रालय दिने सहमति गरेको र उक्त मन्त्रालय नपाउन्जेल सरकारमा नजाने र समर्थन पनि फिर्ता नलिने रणनीतिमा एमाले थियो। दोस्रो दिनको बैठक चल्दै गर्दा वार्ता टोलीका संयोजक उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल र केन्द्रीय सदस्य अग्नि खरेल कांग्रेससँग छलफल गर्न बाहिरिएका थिए। 
दोस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पनि सातबुँदे सहमतिमै कायम रहनुपर्ने धारणा राखेका थिए। बैठकमा अष्टलक्ष्मी शाक्य, राधा ज्ञवाली, घनश्याम भुसाल, भानुभक्त ढकाल, श्रीप्रसाद साहलगायतले बोलेका थिए। 
बैठकमा महासचिव ईश्वर पोखरेलले पार्टी नवौं महाधिवेशन जेठ ३ गतेदेखि ८ गतेसम्म गर्नेसम्बन्धी प्रस्ताव राखेका थिए। यसअघि स्थायी कमिटीले नवौं महाधिवेशन वैशाख ९ देखि १४ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। तर सरकार गठनमा उत्पन्न गतिरोध र संसदीय दलका नेता छनोटसम्बन्धी विवादका कारण महाधिवेशनको कार्यविधि तय गर्न आह्वान गरिएको केन्द्रीय कमिटी बैठक नै एक महिना ढिलो भएको थियो। 
उपाध्यक्ष गौतमको संयोजकत्वमा २१ सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति र महासचिव पोखरेलको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्था समिति रहने प्रस्ताव गरिएको छ। 'समयअभावका कारण आइतबारको बैठकमा उक्त विषयमा छलफल हुन सकेन,' सचिव पोखरेलले नागरिकसँग भने, 'सोमबारबाट यस विषयमा छलफल हुनेछ।'
Subscribe to this RSS feed