Wednesday 4 Bhadra, 2076 | August 21, 2019
Menu

ब्लग

हिँड्यो लिबिया, पुगियो लाइबेरिया

(0 votes)
मनरोभिया सहर मनरोभिया सहर
लाइबेरिया- बेरोजगारीको संख्या ८५ प्रतिशत पारी छ। सुन र फलामका खानी, रवर प्लान्ट, प्लाम तेलका पूर्वाधार प्रारम्भ भए पनि आर्थिक क्षेत्रले अझै मुन्टो उठाउन सकेको छैन।
केपी ढुंगाना

२०५८ बाट पत्रकारिता सुरु गरेका ढुंगाना सुरक्षा र संगठित अपराधको विषयमा दख्खल राख्छन्। २०६९ मा प्रकाशित उनको पुस्तक ओपन सेक्रेट 'बेस्ट सेलर' बनेको छ। 

ट्विटरः @hamroblog

फेसबुकः facebook.com/kpdhungana

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

Puskal Khan

वेस्ट अफ्रिका इन्टरप्राइजको वुकानन शाखा प्रमुख पुष्कल खान

१९८० को सैनिक कुपछिको १४ वर्षको घरेलु द्वन्द्वले तहसनहस भएको हुँदा विश्वको अति गरिब मुलुकको सूचीमा रहेको अफ्रिकी मुलुक लाइबेरिया पुग्दा रोजगारी खोज्दै आइपुगेका केही नेपाली भेटिए।

लाइबेरियाको दोस्रो ठूलो शहर बुकानानको व्यापारी केन्द्र टबम्यान स्ट्रिट। वेस्ट अफ्रिका इन्टरप्राइज लेखिएको बोर्ड अगाडि एक युवकले हात हल्लाउँदै गाडी रोके। उनको हाउभाउबाट उनी लाइबेरियन हैन भन्ने प्रष्ट्याउँथ्यो। लाइबेरियाको व्यापारिक क्षेत्रमा भारतीयको दबदबा थियो। लाग्यो उनी पनि त्यही समुदायका होलान्। 
गाडीको अघिल्लो सिटमा रहेका राष्ट्र संघीय मिसनका लागि सशस्त्र प्रहरीको तर्फबाट खटिएको टोलीका एसपी गोपाल गुरुङसँग हात मिलाउँदै भने, 'अहो सर, तपाईँलाई भेट्न हिजोदेखि कुरिराख्याछु।' building

लाइबेरियाको राजधानी मनरोभियाको द्दन्द कालमा ध्वस्त भवन


प्रष्टै नेपाली बोली थियो उनको। 'उनी नेपाली नै हुन् कि क्या हो?' गुरुङले टाउको हल्लाउँदै भने, 'हो त झापा सुरुङ्गाका पुस्कल खान।'
१४ वर्ष लामो गृहयुद्धबाट लाइबेरियालाई जोगाउन सन् २००३ मा राष्ट्र संघीय मिसनको लाइबेरिया प्रवेशसँगै लाइबेरियाको विभिन्न काउन्ट्रीमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरीसँगै नेपाली प्रहरीका सुरक्षाकर्मीको लाइबेरियामा प्रवेश भएको थियो। राष्ट्रसंघअर्न्तगतका विभिन्न निकाय अनी मानवतासम्बन्धी काम गर्ने विभिन्न अन्तराष्ट्रिय संघ–संस्थामा पनि नेपालीहरु कार्यरत छन् नै। तर, यी पुस्कल हेर्दा न कुनै सुरक्षा निकायका सदस्य झै देखिन्थे न कुनै नियोगका कारिन्दा। free port
चासो बढ्यो 'आखिर को हुन् यी, अनि के गरिरहेका छन् बुकानानको यो शहरमा?'
१० जना बढी कामदार कन्टेनरबाट माछा, कुखुरालगायतका पशु–पन्छीको प्याक गरिएको मासु निकाल्न व्यस्त थिए उनी। उनी तिनीहरुलाई निर्देशन दिइरहेका थिए। 

झापाका करिब २३ वर्षका यी ठिटो आखिर कसरी आइपुगे द्वन्द्वग्रस्त मुलुक लाइबेरिया। उनी आफ्नो पृष्ठभूमी केलाउन राजी भए।
परिवारका ३ दाजुभाइमध्येका माइला पुस्कल विकमको पढाइ सकाएर साढे २ वर्ष अगाडि रोजगारीका लागि आएका थिए यो शहरमा। उनले लाइबेरियाको यो शहर टेक्नुअघि नै उनका दाजु इजहार यहाँ आइपुगेका थिए।
दाजु इजहार मेडिकल चलाएर बसेका थिए बुकानानमै। दाजुको सहयोगीका रुपमा लाइबेरियामा भित्रिएका पुस्कल दाजुको काममा रमाएनन्। विरानो ठाउँमा अर्को रोजगार असम्भव झैँ भए पनि उनी लेबनानी कम्पनी वेस्ट अफ्रिकाको सम्पर्कमा पुगे। प्रारम्भमा सहयोगीको रुपमा काम सुरु गरेका उनी अहिले वेस्ट अफ्रिका इन्टरप्राइजको २७ मध्ये बुकानान शाखाका म्यानेजर छन्।
'प्रारम्भमा त काम गर्न केही गाह्रो भएको थियो,' उनले भने, 'विस्तारै हावापानीमा भिज्दै गए। अहिले सजिलै छ।'
.....
लाइबेरियाको राजधानी मनरोभियामा भेटिएका पोखराका २ ठिटा हर्क र प्रित पुन एक महिना अगाडि भारतबाट यहाँ आइपुगेका थिए। रेष्टुरेन्ट व्यवसाय जमाउने सपना साँच्दै केही भारतीय मित्रहरुसँगै मनरोभिया आएका उनीहरुले एक महिना विताउँदासमेत व्यापारको मेसो भने पाउन सकेका थिएनन्।Harka and Prit pun
मासिक कोठाभाडा १ हजार अमेरिकी डलर। त्यसमा खाना र अन्य खर्च उस्तै महँगो। मनरोभियाको दक्षिणी भेटमा भाडामा बसिरहेका उनीहरु खर्चबाट आत्तिएर नेपाल फर्कने सुरसारमा रहेछन्। 'भिसा पनि सकिन लाग्यो, अब नेपाललनै फर्किने हो,' प्रितले नागरिकन्युजसँग भने।
आखिर यी दुई ठिटा व्यापारकै लागि यहाँ आइपुगेका थिए त?
कुराकानीका क्रममा खुल्दै गएका प्रितले जब यात्रा बृतान्त खोतल्दै गए, यर्थाथ अलि फरक भेटियो।
प्रित सहकर्मी हर्कसँग दिल्ली घुम्न गएको बेला त्यही भेटिएका केही भारतीयहरुले लिबियामा कामको राम्रो अवसर

भएको सुनाएपछि यी दुबै अफ्रिकी मुलुक जान तयार भएका थिए। द्वन्द्वको जोखिम भए पनि रोजगारीको अवसर राम्रो भएको सुनेपछि उनीहरु २ लाख खर्चिन तयार भए। भारतीय एजेन्टले उनीहरुको राहदानीमा लाइबेरियाको भिसा लगाइदियो। प्रितले सम्झे लिबियाको अर्को नाम लाइबेरिया हो।
करिब १७ घन्टाको हवाइयात्रा सकाएर मनरोभियाको रोवर्ट इन्टरनेशनल एयरपोर्टमा उत्रिएपछि उनको मनमा शंका लाग्यो रे।
'लिबियामा गोराहरु देखिएका थिए, विमानस्थलमा उत्रिँदा यहाँका बासिन्दा काला थिए,' प्रितले भने, 'पहिला लिबिया र लाइबेरिया एकै देश हो भन्ठानेको थिए, नक्सा हेरेपछि बल्ल थाहा भयो यी दुबै छुट्टै देश रहेछन्।'
प्रितका अनुसार लाइबेरियासम्म पुग्न र डेढ महिनाको बसाईमा दुबै जनाको ६ लाख बढी खर्च भयो। यी दुबै अब नेपाल फर्कने तरखरमा थिए।
१५ महिना बहराइनमा काम गरेर फर्किएका प्रितले भने, 'अब नेपाल गएर फेरि बहराइन नै जान्छु।'
......
manoravia water market

लाइबेरियाको राजधानी मनोरोभियामा केही नयाँ निर्माण सुरु भए पनि अझै द्वन्द्व अगाडिकै संरचनाले शहर धानेको छ। द्वन्द्वमा ध्वस्त भएका संरचना अझै शहरबाट हट्न सकेका छैनन्। बुकानानमा फलाम खानीसँगै विश्वको दोस्रो ठूलो रबर प्लान्ट सञ्चालनमा छ। टुमनवर्ग शहरमा मलेसियन कम्पनीले प्लाम तेलका लागि प्लामट्रिको ठूलो खेती प्रारम्भ गरे पनि प्रारम्भिक चरणमा छ। कृषि सामाग्रिको उत्पादनलायक मलिलो माटो भए पनि द्वन्द्वले तहसनहस पारेको र आर्थिक क्षेत्रले गति नलिँदा रोजगारीको प्रतिशत १५ प्रतिशतमात्रै छ।
चिनिया, भारतीय र लेबनानी नागरिकहरु लाइबेरियाको प्राकृतिक स्रोतको व्यापारमा संलग्न छन्। रोजगारीका लागि छुट्टै भिसा प्रणाली छैन। एक महिनाको भिसामा लाइबेरिया प्रवेश गरेपछि कुनै कम्पनीले सिफारिस गरेमा १० वर्षसम्मको अस्थायी बसोबासको अनुमति पाउन सकिन्छ। तर रोजगारीका लागि अझै सुरक्षित नभएको पुस्कलले बताए। 'लाइबेरियनलाई नै सुरक्षा गार्ड राखेको छु,' उनले भने, 'तैपनि ढुक्क भएर सुत्नए भने सकिन्न।'plam oil firm

टुमनबर्गमा मलेसियाली कम्पनीले सुरु गरेको प्लाम ओयल फार्म


राष्ट्रसंघीय शान्ति मिसनअर्न्तगत विभिन्न देशबाट खटिएका आर्मड पुलिस फोर्सका कारण द्वन्द्व साम्य भए पनि सामाजिक सुरक्षाको संरचना अझै कमजोर रहेको सशस्त्रका एसपी गोपाल गुरुङले बताए। ४५ लाख जनसंख्याको सुरक्षाका लागि करिब ५ हजारको संख्यामा लाइबेरियन प्रहरी रहेपनि कानुन कार्यान्वयन, परिचालन र भौतिक क्षतमा कमजोर रहेकाले अन्य देशका नागरिकका लागि सुरक्षाको चुनौती रहेको गुरुङले जानकारी दिए।
'विस्तारै आर्थिक गतिविधि बढ्दैछ,' ६ महिना मनोरोभियामा बसेका उनले नागरिकन्युजसँग भने, 'तर सुरक्षा संरचना प्रारम्भिक चरणमै रहेकाले कामको खोजीमा अहिलयै लाइबेरिया आउनु जोखिममुक्त हुन्न।'