Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

ब्लग

(0 votes)

अचम्मको परिचय

२०६१ सालतिरको कुरा हो। लक्ष्मीपुर–४, डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको सदस्य भएकी थिएँ। म आफैं सदस्य हुन नगए पनि मलाई सदस्यमा राखिदिएका थिए। एक जना भए पनि थारुको सहभागिता गराउने भनेर छलफल भएपछि मलाई समितिमा बस्ने प्रस्ताव आएको थियो। प्रस्तावअनुसार मैले सहमति जनाएकी थिएँ। त्यतिबेला म जमिनदारकै घरमा कमलरी थिएँ। बैठकका बेला समितिको छलफलका लागि समय जुटाउन हम्मेहम्मे पर्थ्यो। जमिनदारकै सहमतिमा सदस्य भएकी थिएँ, त्यसैले काम सकेर बैठकमा जान रोकतोक थिएन। 

 

विस्तृतमा पढ्नुस्
(0 votes)

बाबुरामको अर्को 'स्टन्ट'

२०६८ भदौमा बाबुराम भट्टराई प्रधानमन्त्री भए। शान्ति र संबिधान लेखनको यात्रामा बाबुरामबाट कुनै पनि लछारपाटो लाग्दैन भन्ने निश्चितै थियो। तर पनि प्रधानमन्त्री चयनको लागि १७ पटकसम्म भएको चुनावको नौटंकी बन्द भएर मुलुकले त्यसबाट त निकास पाउने अपेक्षा धेरैको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

कहाँ छ उपभोक्ता अधिकार?

वैशाखमा सरकारले सुन सस्तिएको बेला सुनचाँदी पसलमा छापा मार्‍यो। अनुगमनको बेला कम गुणस्तरको सुन बेच्ने, जोख्ने मेसिन ठिक नभएको र अन्य कारणले उपभोक्ता ठगेको पाइएपछि सरकारले कारवाही प्रक्रिया अगाडि बढायो। सरकारले जेठमा पनि अनुगमनलाई निरन्तरता दिएपछि व्यवसायीले पसल बन्द गरेर आन्दोलन थाले। ११ दिनसम्म पसल बन्द गरेका व्यवसायीले बाणिज्य बैंकबाट सुन उठाएनन, सुनको नयाँ मुल्य तोकेनन्। उनीहरुको भनाइ थियो- अनुगमन बन्द गरिनुपर्छ यसले व्यवसायीलाई आतंकित पार्‍यो।
विस्तृतमा पढ्नुस्
(0 votes)

'YES' पार्किङ कहाँ छ?

राजधानीका समस्या त कति छन् कति। बिजुली, पानीको अभाव, वर्षायाममा हिलो, अरु बेला धुलो। सरकारी काममा हुने ढिला सुस्ती, अव्यवस्थित यातायात, सार्वजानिक सवारी साधनको अभाव, सानालाई ऐन, ठूलालाई चैन... कति कति।

विस्तृतमा पढ्नुस्
(0 votes)

बागमतीमा बाढी आएका बेला...

दार्चुलाका बाढी पीडितले सरकारी टोलीले पुर्याएको पहिलो सहयोग लिन मानेनन् रे ! उनीहरूले बस्ने र खाने व्यवस्था नभएको बेला सरकारी टोलीले नाममात्रको सहयोग दिएकोमा आक्रोशसमेत प्रकट गरेछन्। विपत्तिले व्यक्तिलाई कमजोरमात्र हैन रुखो पनि बनाउँछ। यसैले बाढी पीडितको व्यवहारलाई पटक्कै गलत अर्थमा लिनु हुँदैन। यस्तै, सरकारप्रति उनीहरूमा आशा भएकै कारण अर्थात् सरकारलाई आफ्नो ठानेकै कारण तिनले घुर्की लगाएका हुन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

दार्चुलाको दर्द

डेढ साता अघि पुग्दा दार्चुला सदरमुकाम हासिरहेको थियो। तर आज दार्चुला रोइरहेको छ। त्यसको आवाज कसैले सुनिरहेको छैन। राज्यका निरिहताका कारण दार्चुला सदरमुकाम सखाप भएको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

त्रिशुली थ्री ए विवादमा उब्जिएका प्रश्न

बितेको दूई सातामा दुईटा कुराले निकै चर्चा पाए। एउटा संविधानसभाको चुनाव तोक्ने विषय, अर्को विवादास्पद बनेको त्रिशूली थ्री ए जलविद्युत परियोजना। ६० मेगावाट क्षमतामा निर्माणधिन त्रिशुली थ्री ए को क्षमता थप गरेर ९० मेगावाटमा वृद्धि गर्ने निर्णय भएको दिन जेठ १७ देखि निर्णयको विरोध र विरोध पछि निर्णय फिर्ता भएको दिन जेठ २९ सम्म यो विषयले संविधानसभा चुनावको मिती तोक्ने विषयलाई समेत ओझेलमा पार्‍यो। 



विस्तृतमा पढ्नुस्
(0 votes)

कमलरीको पीडा कसले बुझ्ने ?

मुक्त कमलरीहरु यति बेला राजधानी केन्द्रीत आन्दोलन गरिरहेका छन्। नलडिकन अधिकार पाइँदैन भन्ने कुरा उनीहरुले राम्रोसँग बुझेका पनि छन्। त्यही भएर उनीहरु मुक्तिको माग गर्दै राजधानीमा धर्ना बसिरहेका छन्। धर्ना विथोल्न प्रहरीलाई झरीले पनि साथ दिएको छ। रत्‍नपार्कमा दुई दिन धर्ना बसेका उनीहरुले तेस्रो दिन सिंहदरवार दक्षिण गेट घेर्ने योजना बनाए। हनुमानथान हुँदै गएका उनीहरुले निषेधित क्षेत्र तोड्न पाएनन्। उनीहरु हनुमानथानमै रोकिए। प्रयास नगरेका हैनन्। तर बाक्लो झरीले उनीहरुलाई निरास बनायो।




विस्तृतमा पढ्नुस्
(0 votes)

उमा हेरेपछि छिरिङप्रति बढेको सम्मान

फिल्म धेरै हेर्ने बानी भएपनि नेपाली फिल्म कमै हेर्नेमा पर्छु। अघिल्लो शुक्रबार रिलिज भएको दुई फिल्म उमा र हलिउडको फास्ट एन्ड फ्युरिअसमा मेरो च्वाइस दोस्रोमा थियो। फास्ट एन्ड फ्युरिअस फस्ट डे फस्ट सो भ्याएको चार दिनपछि उमा हेरेँ।
विस्तृतमा पढ्नुस्
(0 votes)

संविधान सभा 'हत्या'को साक्षी बनेको दिन

अहो, त्यो जेठ १४ ! संविधान सभा 'हत्या'को साक्षी बनेको दिन !! त्यसपछि धेरै घटना भए। त्यसैले समय धेरै बितिसके जस्तै लाग्छ। तर क्यालेन्डरले भर्खर एक चक्र मात्रै लगाएको हो। वर्ष दिनमा नै सरकार परिवर्तन भइसकेको छ। बाबुराम भट्टराई नेतृत्वको सरकार परिवर्तन भएर प्रधान न्यायाधीश खिलराज रेग्मीको सरकार आइसकेको छ। देशमा मात्र हैन, हाम्रै समाचार कक्षमा पनि सम्पादकीय नेतृत्व परिवर्तन भइसकेको छ। त्यतिबेला निरन्तर समाचार अपडेट गराउने केही साथीहरु यतिबेला अर्कै मिडिया हाउस पुगिसकेका छन्। तर पनि धेरै कुरा अझै उस्तै छन्। निर्वाचन मिति अझै घोषणा हुन सकेको छैन। बेथिति उस्तै छ। नेतृत्वप्रतिको घृणा अझै चुलिएको छ।


विस्तृतमा पढ्नुस्
(0 votes)

एक्सक्लुसिभ : विभत्स दृश्य!

म कुनै पनि इभेन्टमा अतिथि वा अवलोकनकर्ताका रूपमा मात्र जान रुचाउँछु। मलाई इभेन्ट फोटोग्राफीमा खासै रुचि छैन। तर, प्रोफेसनल फोटो पत्रकार भएकोले मेरो रुचिभन्दा पनि काम गर्ने अफिसको आवश्यकता महत्वपूर्ण रहन्छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed