×

Warning

JUser: :_load: Unable to load user with ID: 895

JFile: :read: Unable to open file: /home/archngk/public_html/2014/components/com_k2/js/k2.js?v2.6.7&sitepath=/2014/

Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

ब्लग

गुन्डाको गङ्नम स्टाइल

'म के को गुन्डा, मैले कहिले गुन्डागर्दी गरेँ?' आँखाको भावले जनाउँथ्यो उनको पारो तात्यो, 'चक्रपथमा सबलाई सोधे हुन्छ, म समाजसेवी हुँ। अनि एमालेको खाँटी कार्यकर्ता। हावातालमा गुन्डा भन्ने?'
विस्तृतमा पढ्नुस्
(0 votes)

राति ढलभित्र छिर्दा...

  • आइतबार ५ जेष्ठ, २०७०
  • DISQUS_COMMENTS

घडीले रातको ८ बजाएको छ। विस्तारै अध्याँरो बढ्दै छ। पूर्व-पश्चिम महेन्द्र हाइवेमा सवारीसाधन पातलिन थालिसकेको छ। प्रसंग वैशाख ३० गतेको हो। हामी ठ्याक्कै नवलपरासीको गैडाकोटबाट नारायणगढ बजार जाने तरखरमा थियौं। गर्मीले गर्दा शरीरबाट कुलकुल पसिना बगिरहेको थियो । म सँगै साथीहरु सुमन, अर्चना, खड्ग हिँडेरै हामी बस्ने शहीद चोक नजिकैको होटलसम्म जाँदै थियौं| मलाई थाहा थियो नारायणी पुलमा बेल्का भएसी मज्जको हावा चल्छ र शीतल हुन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

ब्रेकिङमा ब्रेक नलाग्दा..

पत्रकारिता हतारको साहित्य हो - ‍म्याथ्यु आर्नोल्डको यो परिभाषा कालजयी रहेछ। न्यू मिडियाको प्रवेशपछि यसलाई 'अति हतारको साहित्य' माने पनि हुने भयो अब। सामाजिक सञ्जालको विकास र विस्तारपछि सबैलाई ब्रेकिङ गर्ने अवसर मिलेको छ। मिडिया सञ्चालकहरुको एकहोरो म्यासेज फ्लो गर्ने परिधि खुम्चिएर गएको छ। पछिल्लो उदाहरण बन्यो नाम चलेका गुण्डाहरुमाथि सम्पत्ति शुद्धिकरणबारे परेको मुद्दा। विशेष अदालतमा दायर भएको यो मुद्दा नेपाली अनलाइन पत्रकारका लागि धेरै हतारको साहित्य बन्यो। केही रमाइलो र केही तनाव दुबै दियो यो घटनाले।


विस्तृतमा पढ्नुस्
(0 votes)

क्यासिनो कथा

'ल डन आए।'
सँगै रहेका मित्रले सेतो सर्टमा ढलक–ढलक ढल्कँदै आएका लगभग पाँच फुट सात इञ्चको मान्छेतिर संकेत गरे। कुनै फिल्मको हिरोझैँ चिटिक्क परेका उनी हामी भएतिरै आए। परिचितसँग हात मिलाए। लाग्यो कुनै फिल्ममा डनको भुमिका निभाएका अभिनेता पो हुन् कि?
मित्रले परिचय गराए, 'उहाँ बलराम सापकोटा।'
विस्तृतमा पढ्नुस्
(2 votes)

अनलाइनको कखरा फेरि...

नागरिकन्युजको पछिल्लो डिजाइन तयार भएर अन एअर भएपछिमात्रै गल्तीहरुको चाङ थुप्रिएको थाहा भयो। करेक्सनका लागि उमेशले डिजाइनरलाई लघारिरहेको थियो। यसो भयो, उसो भएन, फोटो मिलेन, ठाउँ खाली गयो, नाम देखिएन, पोस्ट गर्नासाथ आएन आदि। उमेशसँग यो भिडन्तमा अनलाइन टिम लागिरहेको थियो। फोटो कसरी राख्‍ने, टेक्स्ट कसरी मिलाउने, विचारको अपडेट र समाचर कसरी बर्गीकरण गर्ने आदि इत्यादिले सबैलाई सक्रिय बनाइरह्यो। डिजाइनरहरु पनि भिडिरहे। यता गरे उता मिल्दैन, उता गरे यता मिल्दैन। अन एयर भयो। अन एयर भएकैमा खुशी हुनु स्वभाविक थियो, सँगै दु:खी पनि गरायो।
विस्तृतमा पढ्नुस्
(1 Vote)

लोकतन्त्रको ह्याप्पी बर्थडे

लोकतन्त्र कहिले आयो?
आज लोकतन्त्र दिवस। नेपाली लोकतन्त्रको पछिल्लो संस्करणले सात वर्ष पार गर्दैछ। नेता र पार्टीपिच्छे लोकतन्त्रका व्याख्या छन्। झुपडीसम्म लोकतन्त्र पुगेकै छैन। झुप्रो राजमार्गदेखि धेरै तल छ। हाम्रो लोकतन्त्र हिँडेर जान सक्दैन। विदेशीले किन्दिएको गाडी झुपडीसम्म पुग्दैन। 


विस्तृतमा पढ्नुस्
(1 Vote)

रेखाको धक्कु काँक्रो चोर्ने बुहारी पाराको

दुवाकोटका मेरा एकजना मित्रको घरमा दिनहुँ बडेको काँक्रा चोरी हुने। उनकी आमा निकै तनावमा। वर्षादको महिना गाँउका हरेकजसो घरको आँगनमा काँक्रा, घिरौला, करेलाजस्ता तरकारी फलफूलको झाङ हुन्छन्। मेरा ती साथीको आँगनमा भने थाँक्रो हालेको काँक्रो फलेपछि कहिल्यै ठूलो हुन नपाउने! 'दिउँसो हेर्‍यो, कलिलो काँक्रो टिप्न लायक हुँदैन। भोलि टिपौंला भन्यो बिहान त्यो काँक्रो नै झालमा हुँदैन,' साथीकी आमा निकै पिरोलिनुभएको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

रोटी बेटी र अपहरणको सम्वन्ध

थाहा छ, पिठो पारिबाट आएन भने हाम्रो भान्सामा रोटी पाक्दैन। यताको केटाकेटी र उताको केटीकेटाको विवाह भएन भने समाज नै खुम्चिन्छ। त्यसैले छिमेकी मुलुक भारतसँग नेपालको रोटीबेटीको सम्बन्ध भनिएको हो। तर, पेट(रोटी) र इज्जत(बेटाबेटी)को सम्बन्ध निर्वाह भइरहेको यो दुई देशबीच भने अर्को पनि साइनो प्रमाणसहित जोडिन खोजिरहेको छ। अपहरण अर्थात अपराधको सङ्गिन रुप।
विस्तृतमा पढ्नुस्
(0 votes)

बोस्टनका बन्धन दिन

बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष हुने विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित म्याराथन हुँदै थियो। सेन्ट प्याट्रिक डे (गत सोमबार) का दिन हुने दौडमा विश्वभरका खेलाडी र दर्शक ओइरिएका थिए। म्याराथनको ११७औं संस्करण अचानक विस्फोटको धुवाँले घेरिएको दुर्दान्त स्मृतिमा परिणत भयो। आतंकवादी विस्फोटमा तीनजनाको मृत्यु भयो, १ सय ८६ भन्दा बढी घाइते भए। प्रतियोगितास्थलमा १५ सेकेन्ड अन्तरमा दुइटा बम आक्रमण हुँदा देश-विदेशका सहभागी आतंकित र भारी मन लिएर फर्के। दौड पूरा गर्नेलाई दिन ल्याइएका पुष्पगुच्छा लासमाथि फालिए।
विस्तृतमा पढ्नुस्
(3 votes)

ध्रुवेको डायरी

सबभन्दा चर्को मानवअधिकार (पशुअधिकार) को कुरा गर्नेहरू अहिले कहाँ गए कुन्नि। काठमाडौंमा भुस्याहा कुकुर मार्नखोज्दा विरोध गर्नेहरू मेराबारे किन चुँ बोल्दैनन्।

न्युज पढ्या थें- फ्रान्समा सर्कस देखाउन नेपालबाट लगिएका दुई हात्तीलाई टिबी भएपछि सुइ दिएर मार्न खोजिँदैछ। त्यसविरुद्ध राष्ट्रपति फ्रास्वाँ होल्लान्ड र कृषिमन्त्रीसामू उजुरी परेको छ। उहाँ त सरकार पनि हात्तीमैत्री छ। यहाँ मेरो यो हाल छ। नेपालको गीत गाएर यो उमेरसम्म हिँडियो। बरु उहिल्यै फ्रान्समा जन्मेको भए!

विस्तृतमा पढ्नुस्
(2 votes)

बिर्खेको लोडसेडिङ्ग डायरी

बिर्खे। न्वारानको नाम। अहिले विक्रम। पढाई मध्यम। कक्षा ४ देखि कमल इज अ शप्किपरबाट अंग्रेजी पढ्न थाल्यो। गाउँको प्राथमिक विद्यालय सक्यो। मट्टीतेल हुँदा बेलुका पढ्न पायो। कहिले दियालो बाल्यो। दिनभरको चकचक। के पढ्नु टुकी र दियालोको धिपधिप उज्यालोमा। निधार खुम्चाएर बल्ल बल्ल अक्षर छिचोल्नु पर्ने। हाई काढ्दै सुत्यो। अहिले हाम्रा छोराछोरीलाई जस्तो 'होमवर्क गर ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed