Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

संविधानसभाको पहिलो बैठक माघ ८ गते

काठमाडौं-मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले माघ ८ गते दिउँसो ३ बजे संविधानसभाको पहिलो बैठकको आव्हान गरेका छन्।
विस्तृतमा पढ्नुस्

अञ्चलकै प्रतिनिधित्व गर्दै भाग्यमानी केशरी

बागलुङ- पार्टीले समानुपातिकतर्फका सभासद्को अन्तिम सूची निर्वाचन आयोगमा पठाउँदासमेत केशरी घर्तीमगरलाई आफ्नो नाम सूचीमा परेको बारे कुनै अत्तोपत्तो थिएन। पोखरामा रहेका भतिजा मुकेश घर्तीले सोमबार साँझ टेलिफोनबाट सभासद्मा चुनिएको खबर गर्दा घर्तीमगर भने आफ्नै गाउँ अर्गलमा थिइन्।
विस्तृतमा पढ्नुस्

काठमाडौंमा तीन उम्मेदवारलाई शून्य मत

काठमाडौं– आफैंलाई भोट हाल्न नपाएका तीन उम्मेदवारले राजधानीमा चुनाव जिते। तर आफ्नै मतसमेत आपूmलाई हाल्न नपाउँदा केही उम्मेदवारले भने एक भोट पनि पाएनन्।
विस्तृतमा पढ्नुस्

एक दर्जन उम्मेद्वारको धरौटी जफत

प्यूठान— प्यूठानमा स्वतन्त्र उम्मेदवार सहित १२ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ। प्रत्यक्षतर्फ खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेद्वारहरुको उम्मेदवारी दर्ता गर्दा राखेको जमानत धरौटी जफत भएको हो। जिल्लामा दुवै निर्वाचन क्षेत्रमा गरी प्रत्यक्ष तर्फका २०…
विस्तृतमा पढ्नुस्

संविधान सभा अदालतमा उजुरी

काठमाडौं– संविधान सभाको प्रत्यक्षतर्फ निर्वाचनमा सोलुखुम्बु जिल्लामा धाँधली भएको भन्दै एनेकपा माओवादीले संविधान सभा अदालतमा सोमबार उजुरी दिएको छ।
विस्तृतमा पढ्नुस्

दाङका ९१ उम्मेदवारको धरौटी जफत

दाङ— पाँच निर्वाचन क्षेत्र रहेको दाङमा संविधानसभा दोस्रो निर्वाचनका झण्डै एकसय उम्मेदवारको जमानत जफत भएको छ। सबै क्षेत्रमा प्रमख ३ दल बाहेकका अन्य दलका ९१ उम्मेदवारहरुले जमानत समेत जोगाउन सकेनन्।
विस्तृतमा पढ्नुस्

समानुपातिकमा कांग्रेसको निरन्तर अग्रता

प्रत्यक्षतर्फको परिणाममा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसले समानुपातिकतर्फको मत गणनामा लिएको अग्रता निरन्तर कायम गरेको छ। आज अपरान्हदेखि एमालेलाई पछि पर्दै कांग्रेस अग्रस्थानमा उक्लिएको हो। साँझ ७ बजे सम्मको गणनामा कांग्रेस ९ लाख ९९ हजार ६ सय १५ मत ल्याएको…
विस्तृतमा पढ्नुस्

संविधानसभामा ५१ वर्षेको वर्चस्व

काठमाडौं-संविधानसभामा यसपटक पनि कपिलवस्तुका अभिशेषप्रताप साह कान्छा सभासद्का रूपमा छिर्दैछन्। सबैभन्दा पाका सर्लाही ५ बाट विजयी तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव (७६) सँगै उनी यसपटक पनि संविधानसभामा प्रवेश गर्दैछन्।
विस्तृतमा पढ्नुस्

पहिले जित्नेकै जमानत जफत

काठमाडौं-अघिल्लो संविधानसभा निर्वाचनमा बाँके ३ मा कांग्रेस सभापति सुशील कोइरालालाई हराएका सर्वदेव ओझाको यसपालि जमानत जफत भयो। त्यतिबेला मधेसी जनअधिकार फोरमबाट १४ हजार ९ सय मत ल्याएर संविधानसभा सदस्य निर्वाचित ओझाले यो चुनावमा त्यही क्षेत्रबाट स्वतन्त्र उठ्दा जम्मा ७७ मत…
विस्तृतमा पढ्नुस्

एमाले अञ्चल किमिटी सचिवविरुद्ध एमालेकै किरियापुत्री जुलुस

जाजरकोट— नेकपा एमाले भेरी अन्चल कमिटीका सचिव तथा पूर्व सांसद रत्नप्रसाद शर्माविरुद्ध आइतवार एमाले कार्यकर्ताहरुले खलंगामा किरियापुत्री जुलुस निकालेका छन्। संविधान सभाको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै उनीहरुले ब्यानर, सेतो कपडाको पहिरन सहित शंख बजाउदै जुलुस गरेका…
विस्तृतमा पढ्नुस्

कांग्रेसमा पुरानै बाहुल्य

काठमाडौं-दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकामा पुरानै अनुहारको बाहुल्य छ । प्रत्यक्षतर्फ १ सय सिट जित्दा ५६ जना पुरानै नेता आएका छन् भने पहिलो पटक जनताबाट अनुमोदन हुने ४४ जना मात्र छन्।
विस्तृतमा पढ्नुस्

समानुपातिकमा एमालेको अग्रता कायमै

समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ। प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै सिट जिते पनि समानुपातिकमा एमालेले उसलाई पछि पारेको हो। ३ सय ३५ सिटका लागि भइरहेको मत गणनाअनुसार कांग्रेस दोस्रो, एनेकपा माओवादी तेस्रो र राप्रपा नेपाल चौथो स्थितिमा छन्।
विस्तृतमा पढ्नुस्

एमाओवादी नेतृत्वलाई 'बहिष्कार नगर्न' दबाब

काठमाडौं-निर्वाचनमा 'धाँधली र षड्यन्त्र भएको' भन्दै संविधानसभामा सहभागी नहुने घोषणा गरेको एकीकृत माओवादीलाई सविधानसभा बहिष्कार नगर्न पार्टी भित्रैबाट दबाब परेको छ।
विस्तृतमा पढ्नुस्

ओखलढुंगामा एमालेको पहिलो विजय

ओखलढुंगा– संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्वर १ मा नेकपा एमाले र २ मा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका छन्। क्षेत्र नम्बर १ मा नेकपा एमाले यज्ञराज सुनुवार १२ हजार ९ सय ४३ मत ल्याई विजय भएका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed