Monday 19 Jestha, 2077 | June 01, 2020
Menu

जितेका नेता विजयोत्सवमा

(0 votes)

इलाम— तीन निर्वाचन क्षेत्रमध्ये १ र २ बाट क्रमशः विजयी एमालेका झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ शनिवार बिहान सदरमुकाममा आयोजित विजय जुलुसमा सहभागी भएका छन्।

खनालले कांग्रेसका निकटतम प्रतिद्वन्द्वी हिमालय कर्माचार्यलाई एक हजार आठ सय १५ र नेम्वाङले का"ग्रेसकै भेषराज आचार्यलाई दुई हजार एकसय दुई मत अन्तरले पराजित गरेका हुन् ।

विजय हासिल गरेपछि आयोजित सभामा एमाले अध्यक्षसमेत रहेका खनालले छ महिनाभित्र मस्यौदा र एक बर्षभित्र संविधान बनाइसक्ने विश्वास दिलाए । संविधानसभा पूर्वअध्यक्ष नेम्वाङले बर्ष दिनभित्र संविधान बनाएर मुलुकलाई संवृद्धिको बाटोतर्फ डोहो¥याउन आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता दिलाए ।

यस्तै इलाम ३ बाट आफ्नो पार्टीका उम्मेदवार केशव थापा विजयी भएपछि का"ग्रेसले पनि विजयोत्सवको तयारी गर्दैछ । थापाले एमालेका निकटतम प्रतिद्वन्द्वी टेकबहादुर राईलाई दुई हजार एक सय ६३ मतले पराजित गर्दै संविधानसभा सदस्यमा निर्वाचित भएका हुन् ।