Thursday 26 Mangshir, 2076 | December 11, 2019
Menu

प्रवास

सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

  • सोमबार १ बैशाख, २०७१
  • ऋषि आचार्य
  • DISQUS_COMMENTS
(0 votes)

सिड्नी— सिड्नीको दक्षिण रकडेलमा रहेको एक होटलमा नेपाली विद्यार्थी मृत अवस्थामा फेलापरेका छन्। सिड्नीमा बसेर अध्यययन गर्दै आएका नेपाली विद्यार्थी राजीव शाक्य रकडलको ग्राण्ड होटलमा मृत अवस्थमा फेलापरेको सेन्ट जर्ज प्रहरीले पुष्टि गरेको छ।

नेपाली विद्यार्थीको मृत्युको कारण बारे अझै अनुसन्धान भैरहेकोले अनुसन्धान पछि मात्र थप जानकारी आउने प्रहरीले जनाएको छ । २९ वर्षीय शाक्यको शव प्रहरीले मंगलवार विहान पौने चार बजे होटलको कोठामा फेला पारेको थियो। सोमवार वा मंगलवारभित्र प्रहरीले शव आफन्त दिने बताइएको छ ।

शक्यको नेपलमा रहेका आफन्तलाई घटनाको बारेमा जानकारी गराई सकिएको छ भने शव नेपाल पठाउन आवश्यक प्रक्रिया अगाडि बढाईएको अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले बताए। यसैबिच शाक्यका सिड्नीमा रहेका आफन्तहरुले शव नेपाल पठाउन आवश्यक सहयोग गर्न नेपाली दुतावास क्यानवेरा र गैर आवासियन नेपाली संघ र अस्ट्रेलियाका नेपाली समुदायलाई आग्रह गरेका छन्।

नेपालमा धरान घर भएका शाक्य ७ वर्ष अघि अस्ट्रेलिया आएका थिए। उनी सिड्नीको प्यासिफिक कलेजमा अध्ययन गर्दै थिए।