Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

८ सय डेरी उद्योग गैरकानूनी

  • आइतबार ३० चैत्र, २०७०
  • सुजन ओली
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ८ सय डेरी उद्योग अनुज्ञापत्र नलिइ सञ्चालनमा रहेको बताएको छ।
खाद्य ऐन २०२३ अनुसार डेरी उद्योग सञ्चालन गर्नुपूर्व विभागबाट अनुज्ञापत्र लिनुपर्ने प्रावधान छ।
व्यवसायीले भएको नियमलाई लत्याउँदै धमाधम डेरी उद्योग सञ्चालन गरिरहेको विभागका प्रवक्ता प्रमोद कोइरालाले नागरिकलाई बताए। ‘हामीले डेरी उद्योगलाई पटक–पटक अनुज्ञापत्र लिन आग्रह गर्दा पनि उनीहरू मान्दैनन्,' उनले भने, ‘यसले गर्दा उपभोक्ताले स्वस्थ दूध तथा दुग्धजन्य पदार्थ खानबाट बञ्चित भएका छन्,।' 
अनुज्ञापत्र नलिइ सञ्चालन गरेका डेरी उद्योगको गुणस्तरको बारेमा विभागलाई केहि जानकारी नहुने उनको भनाइ छ। ‘ती डेरीले कस्तो उत्पादन बजारमा ल्याउँछन्,' हामीलाई थाहा छैन्,' उनले भने, ‘सरकारले डेरी उद्योग सञ्चालन गरेको ठाउँ पत्ता लगाउन नसकेका कारण ती डेरी उद्योगलाई अनुगमन गर्न सकिएको छैन्,।' अनुज्ञापत्र नलिइ सञ्चालित डेरी उद्योगालाई विभागले गैरकानूनी उद्योगको रुपमा लिएको छ। कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा साना ठूला गरी ८ सय वटा डेरी उद्योग छन। तीमध्ये २६ वटा डेरी उद्योगले मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएका छन। विभागले अनुज्ञापत्र लिएका डेरीलाई मात्र अनुगमन गर्ने गरेको र अरु डेरीको बारेमा चासो नदिएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको डेरी उद्योग संघका प्रदीप महर्जनले बताए। 
नेपाल डेरी एसोसिएसनका अध्यक्ष मेघराज भण्डारीले ८ सय वटै डेरी उद्योगले विभागबाट अनुज्ञापत्र लिएको बताए। ‘विभागका विभिन्न क्षेत्रीय कार्यालयबाट हाम्रा साथीहरूले अनुज्ञापत्र लिएका छन्,' उनले भने, ‘ विभागलाई प्रमाण आवश्यक परेको खण्डमा हामी उपलब्ध गराउँन सक्छौं,।' भण्डारीले काठमाडौंमा बसेर नेपालभर सञ्चालित डेरीले के गरेका छन् भनेर बुझ्न फिल्डमा जान विभागलाई अनुरोध समेत गरे। कोइरालाले विभागबाट अनुज्ञापत्र लिएका डेरी उद्योगमा भन्दा नलिएका उद्योगमा बढी लापरबाही बढेको बताए। ‘ त्यस्ता उद्योगलाई भने विभागले कानूनी दायरामा ल्याउन नसकेको उनको भनाइ छ। 
उद्योग संघका अध्यक्ष महर्जनले सरकारले जहिले पनि कानूनसम्मत सञ्चालित डेरीलाई गिद्धे नजर लगाउने गरेको बताए। ‘जो सरकारको नीतिनियमलाई अनुसरण गर्छ, सरकार उसैलाइ बढी दुःख दिन्छ,' उनले भने, ‘बजारमा दुग्धजन्य पदार्थमा केहि खराबी आएमा सरकारको निसाना हामी पर्छौ।’ तर गुणस्तरमा कताबाट खराबी आएको सरकारलाई थाहा हुँदैन्,।' सरकारले गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगमाथि अनुगमन नगर्दा उपभोक्ताहरू उच्च कोलिफर्मयुक्त दूध खान बाध्य भएका छन। त्यस्ता उद्योगमाथि अनुगमन नहुँदा उपभोक्ताहरू १० हजार भन्दा बढी कोलिफर्म भएको दूध खान बाध्य भएको बताइएको छ। 
अनुज्ञापत्र नलिएका ६ सय वटा डेरी उद्योगमध्ये कतिले कोलिफर्मयुक्त बिक्री गर्दै आएका छन त्यसको मापनसमेत हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्। 
त्यस्ता डेरीको पहिचान गरि अनुगमन आवश्यक भएको उनीहरूको भनाइ छ। ‘अनुज्ञापत्र नलिएका डेरी उद्योगले प्रयोगशालामा पश्चराइजेसन समेत गर्दैनन्,' महर्जनले भने, ‘ती डेरीले उत्पादन गरेको दूधमा कति कोलिफर्म होला।' 
‘क्यानबाट पनि दूध बिक्री भइरहेको छ,' एक उद्योगलीले भने, ‘तर, विभाग जुन उद्योगले पाश्चराइजेसन तथा प्रयोगशाला स्थापना गरेको छ, त्यस्तालाई बढी तनाब दिन्छ।' उद्योगीका अनुसार दुगर्म क्षेत्रमा खोलिएका डेरी उद्योगसम्म यातायातको सहज पहुँच नहुनु, जनशक्तिको अभावलगायतका समस्या देखाउँदै सरकारले ती डेरी उद्योगमा अनुगमन गर्न नचाहेको हो। हाल नेपालमा दैनिक ४ लाख लिटर दूध बिक्री हुँदै आएको छ। त्यसमा अनुज्ञापत्र लिएका डेरी उद्योगले १ लाख लिटर दूधको माग धानेका छन्। बाँकी ३ लाख लिटर दूध अनुज्ञापत्र नलिएका डेरीले उत्पादन गरेका हुन्। विभागले उजुरी परेको अवस्थामा अनुज्ञापत्र नलिएकालाई पनि अनुगमन गर्ने बताएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।