Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

नागरिक संवाददाता

नागरिक संवाददाता

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

एमाओवादीद्वारा तीनदलीय बैठक बहिष्कार

काठमाडौं- एकीकृत नेकपा माओवादीले कृष्णप्रसाद अधिकारी हत्या प्रकरणमा मुद्दा चलाइएको जनाउँदै तीन दलको बैठक बहिष्कार गरेको छ। नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सोमबार अपराह्न बालुवाटारमा बैठक बसेको थियो। 

आगलागीबाट १४ घर नष्ट

  • देश
कपिलवस्तु– भलवारी–४ बुटहनियामा आइतबार आगलागीबाट १४ घर नष्ट भएको छ। स्थानीय रामशेष चौधरीको घरबाट अचानक सल्किएको आगोले ती घर सखाप पारेको हो।

नेपाली टोली पहिलो स्थानमा

  • प्रवास
पोर्टल्यान्ड– यहाँस्थित रोस सिटी कभर्ड हलमा सञ्चालन भइरहेको रोस सिटी लिग फाइभ अ साइड फुटसल प्रतियोगिता स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दो पहिलो स्थानमा उक्लन सफल भएको छ। प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा हलिउड तेक्वान्दो टिमले एफसी इग्नाइटर्सलाई ५ का विरुद्ध ७ गोलले पराजित गरेको थियो।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ। आसन्न चुनावको मैदानमा दुई समूह उत्रेका छन्। अध्यक्षमा आजसम्मका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ। प्रस्तुत छ, दुवै प्रत्यासीसँग चुनावको एजेन्डा, निजी क्षेत्रका समस्या र चुनावी माहोलको विषयमा नागरिककर्मी प्रकटकुमार शिशिर र सुजन ओलीले गरेको कुराकानी।

 

 

चुनावमा मात्रै विभाजन : प्रदीपजंग पाण्डे

विदेशमा लगानी गर्दा प्रतिफल स्वदेश फर्कने गरी गर्नुपर्छ। जस्तो खाडी मुलुकको निर्माण कम्पनीमा नेपालीले लगानी गर्योम भने प्रतिफल नेपालले पाउँछ। चीनमा स्कुल कलेज खोलेर के काम? 
निर्वाचनका प्राथमिकता के के हुन्?
महासंघ सबै उद्योगी व्यापारीको छाता संगठन हो। व्यवसायीको हक, हित नै पहिलो प्राथमिकता हुन्छ। फराकिलो दायरा भएको महासंघमा सबै तह र तप्काका व्यवसायी छन्। हरेक क्षेत्रको प्रतिनिधित्व छ। निर्वाचनको प्राथमिकतामा व्यवसाय र उद्योगले गर्न सक्ने विकासका विषय पनि छन्। जिल्लाका व्यवसायीका गुनासो र समस्यालाई पनि सम्बोधन गर्नु पर्नेछ। सबै क्षेत्रका विषयलाई प्राथमिकतामा राखेको छु। राष्ट्रियदेखि स्थानीय तहसम्मका चासो प्राथमिकतामा छन्। उत्पादन, कृषि, पर्यटन, पूर्वाधार, सेवालगायत सबै क्षेत्रमा समस्या छन्। यसलाई सम्बोधन गर्ने गरी काम गर्ने योजना छ। सक्ने काम गर्छु, नसक्नेमा जान्न। त्यस्तै बहुराष्ट्रिय कम्पनीको विषयमा पनि म प्रस्ट छु। त्यसको विकासलाई पनि सँगसँगै लैजाने योजना छ। 
सरकारसँगको अपेक्षा के हो? ऊसँग कसरी काम गर्नुहुन्छ?
नेपाली उद्योगी व्यवसायीले सहुलियत खोजेका छैनन्। अन्य मुलुकमा सरकारले आफैं तपाईंलाई यो यो सुविधा दिइन्छ, यी यी कानुन अनुकूल गराइदिन्छौं भन्छ। हामीकहाँ उद्योग व्यवसायको समस्यालाई सरकारले आफ्नो समस्या सम्भि्कदिए पुग्छ। एउटा भावना उद्योगी व्यवसायीप्रति देखाउन सक्नुपर्छ। स्वदेशी वस्तु महँगो भए पनि प्रयोग गर्नुपर्छ भन्ने छ। ती वस्तु प्रयोगमा सरकारले सहयोग गर्न सक्छ। भएको नियम कार्यान्वयन गराउन सक्छ। स्वदेशी सामान भएसम्म स्वदेशी नै प्रयोग गर्नुपर्छ, प्राथमिकतामा राख्नुपर्छ। यसरी नै उद्योग व्यवसायको विकास हुन्छ। उद्योग चलाउने वातावरण सरकारले बनाइदिनु पर्छ। विभिन्न कारणले उद्योग व्यवसाय बन्द हुँदै गएका छन्। सरकारको ध्यान त्यतातिर जान जरुरी छ। विभिन्न ठाउँमा औद्योगिक क्षेत्र बनाउनुपर्छ। उद्योग चलाउनेलाई विदेशमा जस्तै सुविधा दिनुपर्छ। 
तपाईंहरुमा तल्लो तहसम्मै विभाजन छ। निर्वाचित भइसकेपछि यो विभाजनलाई कसरी मेट्नुहुन्छ?
चुनावी प्रक्रियामा जाँदा विभाजन देखिएको मात्र हो। हामी विभाजित छैनौं। सँगसँगै काम गरेर आएको हो, अब पनि सँगै गर्छौं। मेरो लागि चुनावमा कुनै प्यानल छैन। मेरा लागि सबै व्यवसायी, उम्मेदवार एकै हुन्। हामीकहाँ ३२ जना उम्मेदवार पनि पुगेको छैन। उता १५, यता १४ जना। त्यसैले आउनुपर्ने साथी बाँकी नै छन्। कुन उम्मेदवार आउँछ भन्ने पनि थाहा छ। हामी सबैको समस्या एउटै हो, मर्म एउटै हो। चुनावपछि यताको मान्छे उता हुन्छन्, उताका यता हुन्छन्। यसलाई एउटै उद्देश्यमा, एउटै संस्कारमा, एउटै धार र मुद्दामा लाने काम हुन्छ। अर्काे प्यानलबाट आउनेलाई पहिलो प्राथमिकता हुन्छ। हामी गुटउपगुटमा जान्नौं। त्यसमा विश्वास पनि गर्दैनौं। क्षमता, आवश्यकताअनुसार प्राथमिकता तय हुन्छ। चुनावअघि नदीका दुईवटा किनार हुन्छ चुनावपछि एउटै नदी भएर बग्छ। 
तपाईंहरु राजनीति सङ्लिनुपर्छ अनिमात्र लगानी आउँछ भन्नुहुन्छ। अनि आफैं समर्थन खोज्दै दलका ढोका चाहार्नुहुन्छ। किन यस्तो?
जहाँसम्म चुनावमा दलको ढोका पुग्ने कुरा छ। हामी आफैंले राजनीतिक दलको सदस्य महासंघको सदस्य हुन नपाउने विधान बनाएका छौं। तर पनि अझै कतिपय दुवैतिर सदस्य भएर हिडिँरहेका छन्। हामी महासंघमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्ने पक्षमा छौं। अरु को कहाँ हिडिँरहेका छन् त्यो त मलाई थाहा भएन। यो व्यवसायीको संस्था हो यसमा सत्ता पाउनु पनि छैन, तलबभत्ता पाउनु पनि छैन। आफ्नो व्यवसाय चलाउनुपर्छ, आफ्नै हात, पाखुरा चलाउनुपर्छ। तर, चुनावमा दल, प्रहरी प्रसाशन, शक्ति लगाउने कुरा युक्तिसंगत होइन। 
व्यापारघाटा चुनौतीपूर्ण बनिरहेको बेला यसलाई कम गर्न उत्पादनमूलक क्षेत्रमा लगानी आवश्यक छ। तर व्यवसायी व्यापारमात्र गर्छन्, यसमा कसरी परिवर्तन गर्न सकिन्छ?
समयअनुसार समस्या देखिँदै आएका छन्। लोडसेडिङको समस्या जहिल्यै उस्तै छ। विगतमा श्रम समस्या पनि उस्तै थियो। अहिले श्रम समस्या सुधार हुँदै गएको छ। यसका लागि राजनीतिक दलहरुले एकल ट्रेड युनियनलाई स्वीकार्नु पर्छ। युनियनबाट पनि समस्या छ। श्रमिक र कामदारको दक्षता बढाउनुपर्नेमा कसैले ध्यान दिँदैन। तर व्यावसायिक वातावरण बिगार्ने काम जताबाट पनि हुन्छ। यसरी हेर्दा उत्पादन क्षेत्रलाई दिगो गराउन गाह्रो देखिन्छ। त्यसैले मान्छेले सजिलो हेरेको हो। पसल, होटल, अस्पताल खोल्यो, व्यापार गर्योत। त्यसपछि व्यापार बढ्यो। अहिले सियोको काम गर्योस, राम्रो भए हवाईजहाजको काम गर्न सकिन्छ। तर उद्योगमा लगानी गरिसकेपछि संरचना परिवर्तन गर्ने गाह्रो हुन्छ। बैंकहरुको ऋण परेको हुन्छ, कर्मचारीप्रतिको दायित्व हुन्छ। त्यसैले उद्योगभित्र राम्रोसँग अध्ययन गर्ने हो भने समस्या नै समस्या देखिन्छ। उद्योगको समस्या समाधान गर्न बुझेको मान्छे चाहिन्छ भन्ने कारण पनि यही हो। उद्योगमैत्री वातावरण चाहिन्छ र ऐननियम चाहिन्छ। त्यसो भयो भने अहिलेको अवस्थामा सुधार गर्न सकिन्छ। 
नेपालीलाई विदेशमा लगानी गर्न दिने विषयमा तपाईंको धारणा के हो?
यसमा दुईवटा 'स्कुल अफ थट' आउँछ। औद्योगिक ऐन बनाउँदा मैले चार वर्ष काम गरेँ। अन्तिममा विदेशी लगानी र प्रविधि ऐन आउन लाग्यो। म आफैंले विरोध गरेँ, देशको पैसा बाहिर लैजान हुँदैन भनेर। अहिलेको अवस्था हेर्ने हो भने खाडी मुलुकमा हाम्रा दाजुभाइ धेरै गएका छन्। तर हामीले सीप सिकाएर पठाउन सकेका छैनौं। सीप राम्रो भयो भने तलब पनि धेरै हुन्थ्यो। कामदार र पैसा दुवै विदेश जानु राम्रो होइन। बाहिर लगानी गर्ने हो भने प्रतिफल स्वदेशमै आउनुपर्योे। जस्तो खाडी मुलुकमा नेपालीको निर्माण कम्पनी भयो भने नेपाली कामदारले राम्रो सुविधा पाउँछन्। त्यसको प्रतिफल नेपालले पाउँछ। चीनमा गएर स्कुल कलेज खोलेर के काम? जस्तो नेपालमा डाबरलगायत बहुराष्ट्रिय कम्पनी छन्। तिनले नाफा गरेको छ तर पैसा बाहिर गएको छ। हामीले पनि बाहिर लगानी गर्दा प्रतिफल स्वदेश आउनुपर्छ। आफ्नो विशेषज्ञता भएको क्षेत्रमा ठाउँ छ भने सरकारले सहयोग गर्नुपर्छ। 
पछिल्लो समय महासंघको चुनाव ज्यादै खर्चिलो हुँदै गएको आभाष मिल्छ। चुनावमा खर्च प्रधान र एजेन्डा गौण हुँदा महासंघ कमजोर हुँदैन?
हरेक चुनाव प्रतिस्पर्धाका लागि बलियो हुँदै गएका छन्। प्रतिस्पर्धा बढ्नेबित्तिकै खर्च बढ्ने नै भयो। तर यसलाई सिस्टममा ल्याउन सकियो भने पैसा खर्च हुँदैन। उद्यमशीलता बोकेका, व्यवसायीलाई बुझेका उम्मेदवार भए भने पैसा खर्च हुँदैन। राम्रो सदस्य भयो भने, विवेकशील भयो भने कसैको प्रभावमा भोट हाल्दैन। सदस्यले पनि राम्रो मान्छे छान्छन् नि। को आयो भने कस्तो फाइदा हुन्छ भन्ने उहाँहरुले बुझ्नु भएको छ। जहाँसम्म एजेन्डाको कुरा छ। चुनावमा एजेन्डा नै मुख्य कुरा हो। यो गौण हुँदै हुँदैन। एजेन्डाका आधारमा नै उम्मेदवार तय हुने र निर्वाचित हुने हो।

फिस्टेल अल्ट्राफ्लाइट्सको छुट

काठमाडौं– माघ पहिलो साताबाट पोखरामा अल्ट्रालाइट उडान सुरु गरेको फिस्टेल अल्ट्रा फ्लाइट्सले नयाँ वर्षको अवसरमा विशेष छुट योजना ल्याएको छ। नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटक र स्थानीयलाई समेत यो छुट योजना उपलब्ध गराउने प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए। यो छुट योजना चैत्र २९ देखि २०७१ वैशाख ६ सम्म उपलब्ध हुने कम्पनीले जनाएको छ।

पत्रुको नाममा रेशम तस्करी

  • बजार
वीरगन्ज– वीरगन्ज र आसपासका नाकाबाट पत्रु (कबाड) धागो भनेर कच्चा रेशम तस्करी भइरहेको खुलेको छ। कबाड भनेर भारततर्फ निकासी गर्न लाग्दा वीरगन्ज भन्सार कार्यालयस्थित सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व सुरक्षा गुल्मको गस्ती टोलीले ३६ किलो कच्चा रेशम बरामद गरेको छ।

१० दिन गयल हुने सभासद हटाइने

काठमाडौं- संविधानसभा बैठकमा लगातार १० दिन खबरै नगरी अनुपस्थित रहने सभासदको स्थान रिक्त घोषित गरिने भएको छ। संविधानसभा नियमावली र अन्तरिम संविधानमा भएको व्यवस्थाबमोजिम बैठकमा सभासदको उपस्थिति निगरानी गर्न थालिएको हो।

नेपाली स्टेजमा 'डिआइडी' डान्सर

  • संगीत
काठमाडौं– भारतको जिटिभीको रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा चम्किएका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री आउँदो चैत २५ का दिन काठमाडौंको सानो गौचरनमा प्रस्तुत हुने भएका छन्। 'लेट्स डान्स' नामक कार्यक्रममा नेपालका कलाकारहरुको पनि प्रस्तुति रहने छ।

कार्यवाहक नपाएकोमा पौडेल असन्तुष्ट

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पूर्व सहमतिअनुसार कार्यवाहक सभापतिको जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सभापति सुशील कोइराला प्रधानमन्त्री बनेपछि कांग्रेसमा कार्यवाहक सभापति को हुने भन्ने विवाद चर्किरहेका बेला पौडेलले सहमति कार्यान्वयन नभएको बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले संसदीय दल नेताको निर्वाचनअघि नै कार्यवाहक सभापति दिने सहमति भएको दोहोर्यािए।

बालाजु बाइपासमा घरटहरा भत्काइयो

  • देश
काठमाडौं- सार्वजनिक जग्गा मिचेर घरटहरा बनाइएको बालाजु बाइपास क्षेत्रका सबै घरटहरा भत्काइएको छ। सडक विस्तारका लागि लामो समयदेखि चिन्ह लगाएर पनि रोकिएको उक्त क्षेत्रमा शनिबार सडक विस्तारका क्रममा मिचिएका सबै संरचना भत्काइएको हो।

Subscribe to this RSS feed