Friday 23 Shrawn, 2077 | August 07, 2020
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

सुशील भट्टराई

सुशील भट्टराई

१२ वर्षदेखि पत्रकारितामा सक्रिय सुशील भट्टराई नागरिक उड्डयन विषयमा दख्खल राख्छन्। नागरिक दैनिकको स्थापना कालदेखि नै उनले नागरिक उड्डयन र पर्यटन विधाका समाचार लेख्दै आएका छन्।  

ट्विटरः @sushbhattarai

फेसबुकः facebook.com/susheelb

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

सगरमाथाबाट साढे ३१ करोड आम्दानी

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट यसपालि वसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ। नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट ३२ लाख ५० हजार अमेरिक डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) आम्दानी गरेको हो।

कमर्ज एन्ड ट्रस्ट ग्लोबलमा विलय

काठमाडौं-केन्द्रीय बैंकबाट ‘क' वर्गको अनुमति पाएको कमर्ज एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकमा विलय भएको छ। एकापसमा मर्ज भए पनि नाम भने ग्लोबल आइएमई बैंक नै रहेको छ।

क्यासिनोलाई भर्‍याङ चढाउँदै सरकार

काठमाडौं- लामो समयदेखि बक्यौता र रोयल्टी तिर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकलाई सरकारले फेरि भर्‍याङ चढाउने तयारी गरेको छ। काठमाडौं र पोखरामा रहेका १० क्यासिनो (भलै तीमध्ये तीनवटा बन्द भइसकेका छन्) शुक्रबारबाट अवैध भइसकेका छन्। यसअघि सरकारले थपिदिएको १५ दिनको म्याद (चैत २१) भित्र पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्नुपर्नेमा सबै सञ्चालक कानमा तेल हालेर बसेका थिए।

९० करोडको बचतपत्र बिक्री

काठमाडौं-नेपाल राष्ट्र बैंकले जारी गरेको १ अर्ब रुपैयाँबराबरको ‘राष्ट्रिय बचतपत्र २०७५' मध्ये ९० करोडको बिक्री भएको छ।

सगरमाथामा नयाँ नियम

काठमाडौं- पहिले सगरमाथा आरोहण दलको सम्पर्क अधिकृत (लियाजों अफिसर) भएर आधारशिविर जान 'तँछामछाड' गर्ने सरकारी कर्मचारी अहिले यो कामप्रति चासो दिन छाडेका छन्। 

बक्यौता र रोयल्टी तिर्छौं : क्यासिनो सञ्चालक

काठमाडौं- सवा अर्बहाराहारी सरकारी बक्यौता चुक्ता गर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकहरूले बल्ल बक्यौता तिर्ने बताएका छन्। तर, यसमा उनीहरूले सर्त भने तेर्स्याएका छन्। करिब एक दशकदेखिको बक्यौता तथा चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्न अटेर गर्दै आएका ती क्यासिनोका सञ्चालकले सर्तसहित सबै रकम चुक्ता गर्ने बताएका हुन्।

पर्यटन बोर्डले पर्यटकलाई सिँत्तैमा सिमकार्ड दिने

काठमाडौं-नेपाल घुम्न आएका पर्यटक हराउने क्रम बढ्न थालेपछि नेपाल पर्यटन बोर्डले पर्यटकलाई मोबाइलको सिमकार्ड निःशुल्क दिने तयारी गरेको छ।

सवा अर्ब महँगोमा चिनियाँ जहाज ल्याइँदै

काठमाडौं-सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि चीनसँग खरिद गर्न लागेका चारवटा जहाज बजार मूल्यभन्दा झन्डै सवा अर्ब रुपैयाँ महँगो पर्ने देखिएको छ।


जेठ दोस्रो साता दुई जहाज आउने

चिनियाँ जहाज उडाउने तयारी गरिरहेको नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो साताभित्र एउटा एमए–६० र एउटा वाई–१२ई जहाज काठमाडौं आइपुग्ने जनाएको छ। यसअघि वैशाख दोस्रो साताभित्र आउने भनेको थियो।

एमए–६० जहाजको 'ल्यान्डिङ गियर' (पांग्रा) मा समस्या आएपछि चीनले आफूसँग रहेका यस्ता सबै जहाजलाई एक साताअघि ग्राउन्डेड गरेको थियो। त्यही भएर जहाज नेपाल आउने समय पर सरेको हो।

'चीनले सोमबारबाट एमए–६० फेरि उडाउन सुरु गरेको छ,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले मंगलबार नागरिकसँग भने, 'अब अनुदानमा पाइने एक–एकवटा एमए–६० र वाई–१२ई जेठ दोस्रो साताभित्र नेपाल आइपुग्छ।'

उनका अनुसार बाँकी एक एमए–६० र तीनवटा वाई–१२ई प्रत्येक महिना एउटाका दरले आगामी कात्तिक दोस्रो साताभित्र काठमाडौं आउने तालिका छ। ती जहाज उडाउन तथा प्राविधिक तालिम लिन निगमको १३ सदस्यीय टोली चीनमै छ। टोलीमा दुई क्याप्टेन र दुई को–पाइलट तथा नौजना इन्जिनियर छन्। टोलीले डेढदेखि दुई महिनासम्म चिनियाँ जहाजका उडान र इन्जिनियरिङ पक्षबारे तालिम लिनेछन्। उताबाट फर्केपछि टोलीले यहाँ अनुभव बाँड्नेछन्।

निगमले एमए–६० मोडेलका जहाजलाई माउन्टेन फ्लाइटदेखि पोखरा, भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, भद्रपुरलगायत सहरी भेगका विमानस्थल तथा वाई–१२ईलाई दुर्गम भेगमा उडाउने योजना बनाएको छ। 'छोटो अवधिमै धेरै जहाज आउने भएपछि पाइलटदेखि अन्य जनशक्ति तयारीका लागि युद्धस्तरमा काम अघि बढाइएको छ,' शर्माले भने।

२५ करोडको वैदेशिक रोजगार बचतपत्र आउँदै

काठमाडौं- नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँबराबरको पाँचवर्षे 'वैदेशिक रोजगार बचतपत्र' निष्कासन गर्ने भएको छ। मुलुकबाहिर (भारतसहित अन्य देशमा) रोजगारी गरिरहेका र रोजगारीबाट फर्केको चार महिना नपुगेको नेपाली नागरिक वा गैरआवासीय नेपालीले 'वैदेशिक रोजगार बचतपत्र, २०७५ ख' खरिद गर्न सक्नेछन्।

काठमाडौं अवतरणपछि भारतीय जहाजको चक्कामा आगलागी

  • समाज
काठमाडौं– भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी इन्डिगो एयरको जहाजको दायाँ चक्कामा आगलागी भएको छ।
Subscribe to this RSS feed