22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

शुद्धता परीक्षणबिनै सुन किनबेच

(0 votes)
शुद्धता परीक्षणबिनै सुन किनबेच
काठमाडौं - महँगो धातु सुनका गरगहनाको किनबेच शुद्धता परीक्षणबिनै हुने गरेको छ। देशभरि करिब १५ हजार सुनचाँदी पसलले शुद्धता प्रमाणित नगरेका गरगहना बेचिरहेका छन्। सुनको शुद्धता जाँच्ने मेसिन नहुँदा ग्राहकसँग बिक्रेताको भनाइमा विश्वास गरेर पैसा खन्याउनुको विकल्प छैन।

दैनिक करौडौं रुपैयाँको सुनचाँदी कारोबार हुने गरे पनि त्यसको शुद्धता कतैबाट प्रमाणित भएको हुँदैन। गरगहना बिक्री गर्दा पहिला नै शुद्धता प्रमाणित गरेर पसलमा राख्नुपर्ने नियम नभएकाले व्यवसायीले आफूखुसी शुद्धता प्रमाणित गरेर बेचिरहेका छन्।
सुनको शुद्धता जाँच्ने ट्रेन्स मेसिन नेपालमा नभए पनि चाँदी जाँच्न सरकार र हस्तकला महासंघले तीन वर्षअघि एउटा उपकरण ल्याएका थिए। बजार अनुगमनका क्रममा संकलित गरगहनाको नमुना उक्त मेसिनमा परीक्षण गर्ने गरिए पनि बाँकीको परीक्षणबिनै कारोबार हुन्छ। त्यसले पनि एउटै गहना फरक–फरक समयमा परीक्षण गर्दा बेग्लाबेग्लै नतिजा दिने गरेको सुन व्यवसायी बताउँछन्।
सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बालाजुमा रहेको उक्त मेसिनबाट काम चलाउन सकिने अवस्था रहे पनि त्यो देशभरका लगभग १५ हजार व्यवसायीको पहुँचमा नभएको बताए। केहीले त्यसैबाट शुद्धता जाँचेर बेच्ने गरे पनि मेसिनको भर नभएको उनको भनाइ छ। 'एउटै गहना दुई फरक समयमा जाँच्दा अलग–अलग नतिजा देखाउँछ,' महर्जनले भने। विश्वका विभिन्न मुलुकमा सुनको शुद्धता जाँच्न हलमार्किङमार्फत फायर टेस्टिङको व्यवस्था भए पनि नेपालमा यस विषयमा सरकारले चासो नदिएको उनले बताए।

महर्जनको भनाइमा बालाजुको मेसिनमा एउटा गहना एकपटक जाँच गर्न पाँच सय लाग्ने हुँदा यो महँगो पनि छ। 'मेसिन वैज्ञानिक छैन, त्यसमाथि महँगो छ,' महर्जनले भने, 'दैनिक करौडौंको कारोबार हुने यो व्यवसायमा सरकारले शुद्धता जाँच्ने मेसिन राख्दैन तर सानो घटना हुँदा व्यवसायीलाई नै दुःख दिने काम हुन्छ।' बैंकले पनि शुद्धता प्रमाणित नभएको सुन बेचिरहेको उनले बताए।
हस्तकला महासंघका प्रमुख कार्यकारी अधिकृत दिलीप खनालले महासंघ र सरकारले तीन वर्षअघि ८५ लाख रुपैयाँमा किनेको मेसिन चाँदीका गरगहना जाँच्न ल्याइएको हो। अहिले त्यसैमा सुनको शुद्धता परीक्षण भइरहेको छ। खनालका अनुसार त्यो मेसिन चाँदीका गरगहनामा क्याडियम जाँच्न ल्याइएको हो।
व्यवसायीले आफैं आएर कमैमात्र परीक्षण गराउने तर सरकारले अनुगमनका क्रममा संकलन गरेको नमुना जाँच्ने उनले बताए। व्यवसायीसँग प्रतिगहना ५ सय शुल्क लिए पनि अनुगमनका गहनामा पैसा नलिइएको उनले बताए।
पछिल्लो समय व्यवसायीले पसलमा ग्राहकलाई विश्वास दिलाउन सानो र सस्तो मेसिन राख्न थालेकाले महासंघको मेसिनमा परीक्षणका लागि आउने क्रम घटेको खनालले बताए।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक रामआधार साहले व्यवसायीले सुन गहनाको शुद्धता जाँच्नैपर्ने बाध्यात्मक अवस्था नरहेको बताए। 'व्यवसायीले तौल र गुणस्तर आफैं राम्रोसँग राख्नुपर्छ, अनुगमन गर्दा तलमाथि भए कारबाही हुन्छ,' उनले भने। नेपालमा हलमार्किङ पद्धतिमा सुनको शुद्धता जाँच गर्नु जरुरी रहेको उनको भनाइ छ। 'यहाँ अझै पनि परम्परागत तरिकाबाटै काम हुन्छ, यसरी आधुनिकतामा कहिल्यै जान सकिँदैन,' उनले भने। सुनको शुद्धता जाँच्न हलमार्किङ पद्धति भएन भने स्वदेशी ग्राहक आए पनि विदेशी नआउने हुँदा व्यवसायको दायरा फराकिलो नहुने उनले बताए।

नापतौल, वाणिज्य विभागलगायत अनुगमन कैफियत भेट्दा व्यवसायीले तौल र गुणस्तरमा ठगी गरेको भन्दै कारबाही गर्दै आइरहेको छ।
२४ क्यारेट सुनको गहनामा ९९.५ प्रतिशत शुद्धता हुनुपर्छ तर पसलबाट बिक्री हुने गरगहना ९७.१ प्रतिशतमात्र हुने गरेको विभागले जनाएको छ। २४ क्यारेट सुनमा ९९.५ प्रतिशतभन्दा बढी शुद्धता हुनुपर्ने मापदण्ड तय भए पनि नेपालमा प्रभावकारी अनुगमन र मेसिन अभावले ठगी हुँदै आइरहेको उनले बताए। २४ क्यारेट सुनमा ९९.५ प्रतिशत सुन र ०.५ प्रतिशत रसायनको मात्रा हुनुपर्छ। तर, नेपालमा २.९० प्रतिशतभन्दा बढी रसायन मात्रा राखेर बिक्री हुन्छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।