Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

तस्करी माध्यम ढुवानी व्यवसायी

  • आइतबार ३० चैत्र, २०७०
  • उपेन्द्र यादव
  • DISQUS_COMMENTS
(0 votes)
बारा-नारायणी अञ्चल प्रहरी कार्यालयले न्यून भन्सार तिरेर भित्र्याइएको आशंकामा श्रीराम टे्रडर्सको सामानसहित ना२ख ६८५० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। गत पुस २१ गते उक्त ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।
ट्रकमा लोड गरिएको सामान जाँच गर्दा भन्सार तिरेकोभन्दा बढी फेला परेपछि राजस्वले जफत गरी श्रीराम टे्रडर्सका सञ्चालक रामबावु कुर्मीबाट ७८ लाख रुपैयाँ जरिवाना असुल्यो। 
यसअघि, पुस ५ मा रामरहिम ढुवानी सेवाको मालबाहक ट्रक प्रहरीले जाँच गर्दा त्यसमा पनि भन्सार तिरेको भन्दा बढी सामान भेटियो। त्यस ट्रकबाट पनि राजस्वले नौ लाख ५० हजार राजस्व छली गरेको भन्दै जरिवाना तिरायो। 
साउनयता मात्रै सञ्जु छत्कुली सञ्चालक रहेका रामरहिम ढुवानी सेवाको ८ वटा मालबाहक ट्रकबाट ४५ लाखभन्दा बढी जरिवाना असुलेको राजस्व कार्यालयले जनाएको छ। 
राजेन्द्र गुप्ता सञ्चालक रहेका पशुपति रोड क्यारियरको मालबाहक ट्रकमा भन्सार तिरेको भन्दा बढी सामान फेला पारी त्यसबाट १३ लाख जरिवाना असुलेको कार्यालयले जनाएको छ। 
विनोद गुप्ता सञ्चालक रहेका हिमालयन कार्गोको सातवटा ट्रकबाट साउनयता ८४ लाख रुपैयाँ राजस्व असुलेको छ। 
राजस्व अनुसन्धान एकाइ कार्यालय पथलैयाका प्रमुख सन्तोष श्रेष्ठले भन्सार छली गरेका अधिकांश सामान वीरगन्जस्थित ढुवानी व्यवसायीबाट नेपाल भित्रिने गरेको बताए। वीरगन्जका साना, ठूला व्यापारीहरुले भन्सार तिरेभन्दा बढी सामान भित्र्याउने र ढुवानी सेवामार्फत देशका विभिन्न भागमा पठाउने गरेको उनले जानकारी गराए। 
भन्सार छली गरेको आशंकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले मालबाहक ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तिरेभन्दा बढी सामान फेला पर्ने गरेको छ। 
एकपल्ट कारबाहीमा परिसकेको ढुवानी सेवाका ट्रकले समेत दोहोर्‍याएर अवैध सामान ओसारिरहेको श्रेष्ठ बताउँछन्। 
राजस्व अनुसन्धान कार्यालय पथलैयाले साउनयता ९५ वटा मालवाहक ट्रकबाट दुई करोड १५ लाख रुपैयाँभन्दा बढी जरिवाना असुलेको जनाएको छ। 
राजस्व अनुसन्धान कार्यालय पथलैयाले जरिवाना गरेका अधिकांश मालवाहक ट्रक ढुवानी व्यवसायीको मिलोमतोमै राजस्व छलीमा प्रयोग भएको बाराका प्रहरी उपरिक्षक ईश्वरबाबु कार्की दाबी गर्छन्। 

भन्सार छली गरी ढुवानी व्यवसायीको मालवाहक ट्रकबाट नेपाल भित्र्याइएका सामान जाँच गर्दै राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारी।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।