15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

कर छल्दै घरेलु उद्योग

  • आइतबार ३० चैत्र, २०७०
  • नरहरि सापकोटा
  • DISQUS_COMMENTS
(0 votes)
गोरखा-जिल्लामा सञ्चालित काष्ठ उद्योगमध्ये ९० प्रतिशतभन्दा बढी मापदण्डविपरीत छन्। घरेलु तथा साना उद्योग कार्यालय गोरखामा ७२ वटा उद्योग दर्ता छन्।
कागजात नपुगेर दर्ता रोकिएका ४० भन्दा बढीको फाइल कार्यालयमै थन्किएको छ। जिल्लामा सञ्चालितमध्ये ५० प्रतिशतभन्दा बढीले इजाजत नलिएको घरेलुका कर्मचारी बताउँछन्। 
काष्ठ उद्योग त उदाहरण मात्रै हो। जिल्लामा धेरैजसो घरेलु उद्योग कर छलेर सञ्चालन भइरहेका छन्। घरेलु तथा साना उद्योगको रुपमा दर्ता भएर चल्नुपर्ने पसल, राइस मिल, इँटाभट्टा, फर्निचर दर्ता छैनन्।
बिनादर्ता चल्ने उद्योगको यकिन संख्या नभए पनि आधा जतिमात्रै दर्ता भएको घरेलुको अनुमान छ। 
कार्यालयले अनुगमन गरेर बिनादर्ता चलेकालाई कारबाही गर्न सकेको छैन। दर्ता भएकाले पनि पुँजी कम राखेर राजस्व छलिरहेका छन्। होलसेल पसल, फर्निचर, इँट्टा उद्योगले स्थिरपुँजी कम देखाएर राजस्व थोरै तिरिरहेका छन्। 
घरेलु कार्यालयका प्रमुख ज्ञानबहादुर श्रेष्ठ भन्छन्, ‘हामीले अवैध रुपमा चलेको गुनासो आएपछि उद्योग सञ्चालकलाई दर्ता प्रक्रियामा आउन वा बन्द गर्न पत्राचार गरिरहेका छौं।' जनशक्ति नहुँदा घरेलु उद्योगको अनुगमन गर्न नसकिएको उनले बताए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।