15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

सुक्खा बन्दरगाह निर्माण तीव्र

  • आइतबार ३० चैत्र, २०७०
  • ध्रुव दंगाल
  • DISQUS_COMMENTS
(0 votes)
तातोपानी-उत्तरी तातोपानी नाकालाई नेपाल–चीन बीचको ‘व्यापारिक ट्रान्जिट' बनाउन थालिएको सुख्खा बन्दरगाह निर्माण तीव्र गतिमा अघि बढेको छ। शिलान्यास गरेको १३ महिना नबित्दै बन्दरगाह निर्माण कार्य ६५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
चीन सरकारको सहयोगमा दुई वर्ष ६ महिनामा सक्ने लक्ष्यसहित २०६९ पुस ५ बाट बन्दरगाह निर्माण थालिएको थियो। निर्माण अवधि अझै १३ महिना बाँकी छ। तर, त्यसअगावै सम्पन्न हुने नेपाल इन्टरमोडल यातायात विकास समतिका कार्यकारी निर्देशक शरदबिक्रम राणाले बताए। ‘यो बन्दरगाह समय अगावै निर्माण सम्पन्न हुने मुलुककै नमूना आयोजना बन्दैछ,' बुधबार बन्दरगाह निर्माणको स्थलगत अवलोकन गर्न आइपुगेका उनले नागरिकसँग भने। 
मुख्य संरचना पोर्टको काम ६५ प्रतिशत सम्पन्न भइसकेको उनले जानकारी दिए। ‘बन्दरगाहस्थल जोड्ने भोटेकोसी नदीमाथि पुलको काम पनि युद्धस्तरमा भइरहेको छ। चिनियाँको काम गर्ने तरिका र स्पिरिटबाट निकै प्रभावित भएका छौं,' राणाले भने। चीनकै बेजिङ रियल स्टेट गु्रुप कम्पनीले बन्दरगाह निर्माण गरिरहेको छ। भन्सार र विभिन्न कार्यालय रहने भवन ठडिइसकेको छ। गोदाम, यार्डलगायत संरचनाले पनि आकार लिइसकेका छन्। बन्दरगाह पुग्न भोटेकोसीमा बन्ने १ सय १२ मिटर लामो पक्की पुलको दुईवटा खम्बा ठडिइसकेका छन्। बर्खाअगावै पुल निर्माण सकिने कार्यकारी निर्देशक राणाले जानकारी दिए। लक्ष्यित समयअगावै सम्पन्न गरेर नेपाल सरकारलाई बन्दरगाह हस्तान्तरण गर्न कस्सिएको चिनियाँ कम्पनीले बिहान, दिउँसो र राति गरी चौबीसै घन्टा काम गरिरहेको छ।
चीन सरकारको करिब १ अर्व २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा तातोपानी–७ लार्चामा 
बन्दरगाह निर्माण भइरहेको छ। बन्दरगाहस्थल तातोपानी भन्सारबाट साढे ६ किलोमिटर तल पर्छ। करिब ९० रोपनी क्षेत्रफलमा संरचना रहने बन्दरगाह अन्तराष्ट्रिय मापदण्डअनुरुपको हुनेछ। लिपिङ बजारदेखि बन्दरगाहस्थलसम्मको अरनिको राजमार्ग स्तरोन्नति, बन्दरगाह पुग्न भोटेकोसी नदीमा मोटरेबल पुल र बन्दरगाह निर्माण एकै प्याकेजमा थाल्ने लक्ष्य रहे पनि सडक सुधारको काम भने अझै सुरु भएको छैन। 
चीनले लिपिङदेखि बन्दरगाह जोड्ने साढे ६ किमी लामो सडकलाई १२ मिटर फराकिलो बनाउन सुझाव दिएको छ। १२ मिटर फराकिलो बनाउँदा सबै संरचना भत्कने भएकाले स्तरोन्नतिको काम रोकिएको हो। ११ मिटर फराकिलो बनाउन स्थानीय भने तयार भइसकेका छन्। एक मिटर घटाउँदा धेरै संरचना जोगिने भएकाले ११ मिटर फराकिलो बनाएर स्तरोन्नति गर्ने काम वैशाख पहिलो साताबाट थाल्न गृहकार्यमा जुटेको राणाले बताए। 
बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र आवाससहितको संरचना बन्ने छ। गोदाम घरमा १ सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने सुविधा रहनेछ। ६० देखि सय मेटि्रक टन सामान एकैपटक तौलिने यन्त्र बन्दरगाहमा हुनेछ। साँघुरो संरचनामा रहेको हालको तातोपानी भन्सारमा ६० कन्टेनरमात्र अटाउने यार्ड छ। नेपालको पाँचौं यो बन्दरगाह नेपाल–चीन सीमा नाकाको पहिलो हो। यसअघि काँकडभिट्टा, भैरहवा, वीरगन्ज र विराटनगरमा सुक्खा बन्दरगाह निर्माण भइसकेको छ। तत्कालीन चिनियाँ राजदूत याङ हाउलान र वाणिज्य तथा आपूर्ति सचिव लालमणि शर्माले संयुक्त रुपमा बन्दरगाह शिलान्यास गरेका थिए। 
चीन–नेपाल व्यापारको उल्लेख्य हिस्सा तातोपानी नाकाबाट भइरहेको छ। मुलुकका १० ठूला भन्सारमा दरिएको तातोपानी भन्सारले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्छ। यो बन्दरगाह द्विपक्षीय व्यापारको सेतु बन्ने विश्वास सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।