15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

आधा अपार्टमेन्ट बिक्री हुन बाँकी

  • आइतबार ३० चैत्र, २०७०
  • सुजन ओली
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं-काठमाडौं र ललितपुरमा बनेका अपार्टमेन्टमध्ये आधा मात्रै बिक्री भएको पछिल्लो अध्ययनले देखाएको छ। घरजग्गा कारोबारमै संलगन बृहत् इन्भेस्टमेन्ट प्रालिले गरेको एक अधययनले ‘सजिलो र सुविस्ताका लागि' घरजग्गा व्यवसायीसँग अपार्टमेन्ट किनेका उपभोक्ताले लामो समयसम्म लालपुर्जा नपाएकोसमेत देखाएको छ। अध्ययनअनुसार कतिपय उपभोक्ताले दुई वर्षसम्म लालपुर्जा पाएका छैनन्।
घरजग्गामा व्यवसायीले बिनाअध्ययन लगानी गरेकाले र आमउपभोक्ता अपार्टमेन्टप्रति विश्वस्त हुन नसकेको अध्ययनले औंल्याएको छ। 
अहिले बनेका अपार्टमेन्टको मूल्य सरदर नेपालीको औकातभन्दा बढी भएकाले बिक्रीमा समस्या देखिएको व्यवसायी बताउँछन्। काठमाडौं र ललितपुरमा गरिएको अध्ययनअनुसार अपेक्षाकृत अपार्टमेन्ट बिक्री नहुनुको अर्को कारण यसप्रतिको घट्दो जनविश्वास हो। 
बृहत्ले काठमाडौं र ललितपुरका ४३ अपार्टमेन्ट तथा व्यक्तिगत घर (हाउजिङ) परियोजनामा अध्ययन गरेको जनाएको छ। अध्ययनमा काठमाडौंका ११ हाउजिङ र १२ अपार्टमेन्ट तथा ललितपुरका १० अपार्टमेन्ट र ११ हाउजिङ परियोजना समेटिएका थिए। दुवै जिल्लामा गरी रियल स्टेट लगानीकर्ताले बनाएका २ हजार २ सय १ व्यक्तिगत घर र ४ हजार ३ सय ७ अपार्टमेन्ट एकाइ छन्। तीमध्ये दुवै गरी ३ हजार ७ सय ९ युनिटमात्र बिक्री भएको प्रालिका प्रमुख एवं नेपाल आवास तथा जग्गा विकास संघका उपाध्यक्ष ओम राजभण्डारीले बताए। अझै २ हजार १ सय ६ अपार्टमेन्ट एकाइ बिक्री हुन बाँकी छ। व्यक्तिगत घर ४ सय ६७ वटा बाँकी छन्। 
‘उपत्यकामा अझै हाउजिङ तथा अपार्टमेन्ट गरी २ हजार ५ सय ७३ युनिट बिक्री हुन बाँकी छ,' उनले भने, ‘व्यक्तिगत घरको तुलनामा अपार्टमेन्टको बिक्री निकै कम छ।' अपार्टमेन्ट तथा हाउजिङ निर्माण गर्नुअघि लगानीकर्ताले पर्याप्त अनुसन्धान नगरेकाले यो व्यवसायमा केही समस्या आएको उनको भनाइ छ। 
काठमाडौंका ९ सय ७७ व्यक्तिगत घरमध्ये ७७ प्रतिशत (७ सय ५५) बिक्री भइसकेको अध्ययनले देखाएको छ। अपार्टमेन्टका १ हजार ८ सय ६० एकाइमध्ये ७० प्रतिशत (१ हजार २ सय ९५) बिकेका छन्। ललितपुरका हाउजिङ परियोजनाका ९ सय ९८ व्यक्तिगत घरमध्ये ७५ प्रतिशत (७ सय ५३) वटा बिक्री भइसकेको अध्ययनले देखाएको छ। अध्ययनले काठमाडौंको तुलनामा ललितपुरमा अपार्टमेन्ट एकाइ बिक्री कम देखाएको छ।
ललितपुरका २ हजार ४ सय ४७ अपार्टमेन्टमा ३७ प्रतिशत (९ सय ६) मात्रै बिक्री भएको छ। ललितपुरमा जनसंख्याको अनुपातमा अपार्टमेन्ट निर्माण धेरै भएकाले पनि बिक्री कम भएको राजभण्डारी बताउँछन्।
केही वर्षयता घरको परिभाषासमेत परिवर्तन भएको छ। आधुनिक बन्ने लोभ, व्यस्त जीवनशैली र जग्गाको अकासिँदो भाउका कारण घरबारेको धारणामा परिवर्तन आएको बताइएको छ। विशेषगरी, काठमाडौंका फराकिला क्षेत्रमा स–साना सहरजस्ता लाग्ने ठूला अपार्टमेन्टहरू बाक्लि“दै गएका छन्। सबैखाले सुविधायुक्त यस्ता अपार्टमेन्टको अवधारणा भित्रिएको लामो समय भए पनि यसप्रति आकर्षित सर्वसाधारण हुने क्रम निकै घटेको छ। तैपनि १ सय ५० कम्पनीले हाउजिङ निर्माणका लागि अनुमति लिएका छन्। छोटो समयमै धेरै हाउजिङ निर्माण भइसकेको व्यवसायीहरू बताउँछन्। 
कतिपय कम्पनीले आफ्नै ग्राहकलाई अपार्टमेन्ट र हाउजिङ बिक्री गरे पनि समयमा लालपुर्जा उपलब्ध गराउँदैनन्। ‘त्यही कम्पनीमा काम गछौं, सोही कम्पनीले बनाएको हाउजिङ किनेर बसेका छौं,' एक हाउजिङ खरिदकर्ताले भने, ‘तर किनेको १ वर्ष बितिसक्दा पनि लालपुर्जा देख्न पाइएको छैन।'
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।