Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

अर्थ

उपभोक्ता प्रदुषित दूध खान बाध्य

  • मङ्गलबार २ बैशाख, २०७१
  • सुजन ओली
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

'काठमाडौमा दैनिक हुने मागको करीब ५० प्रतिशत दूध गैरकानूनी रुपमा सञ्चालित डेरीले धानेका छन्,' उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले नागरिकसँग भने, 'नियमन निकायको रुपमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई हामीले यस विषयमा जानकारी गराउँदा समेत विभाग अनुगमनका लागि तयार देखिँदैन।' 
उपत्यकामा दैनिक ४ लाख ३० हजार लिटर दूधको माग छ। त्यसमध्ये झण्डै २ लाख लिटर दूधको माग अनुज्ञापत्र नलिइ सञ्चालित डेरीले धानेको तिमिल्सेनाको भनाइ छ। हाल नेपालमा ८ सय वटा डेरी उद्योग रहेको कृषि विकास मन्त्रालयको तथ्यांक छ। त्यसमा २६ वटा डेरी उद्यागले मात्र अनुज्ञापत्र पत्र लिइ सञ्चालन गरेको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए। हाम्रो जानकारी आएसम्म २६ ओटा डेरीले मात्र विभागबाट अनुज्ञापत्र लिएका छन्,' उनले भने, 'बाँकी डेरी उद्योग गैर कानूनी रुपमा सञ्चालित छन्।' 
'दूधमा कुनैपनि हानिकारक जीवाणु हुनुहु“दैन, अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोलिफर्म भएको दूध स्वास्थ्यका लागि हानिकारक हुन्छ,' सूक्ष्मजीव विज्ञान विशेÈज्ञ शिवकुमार राईले भने, 'गुणस्तर विभागले कोलिफर्म देखिएकामध्ये हाल कुन–कुन उद्योगको दूधमा कोलिफम छ र कुन कुनमा छैन भन्ने जानकारी उपभोक्तालाई दिनुपर्छ।' उपभोक्तालाई शुद्ध र गुणस्तरीय दूध सेवन गर्ने अधिकारको प्रत्याभूति गर्न दूधबाट यस्ता प्रकारका प्रदूÈण अविलम्ब हटाउनुपर्ने उनको धारणा छ। 
विभागले गत जेठबाट दूधमा कोलिर्फम विरुद्धको अभियान सञ्चालन गरेको थियो। त्यसपछि विभागले एक वर्ष भईसक्दा समेत अनुगमन नगरेको राईको भनाइ छ। त्यसबेला विभागले कोलिफर्म पाइएका १३ डेरीमध्ये प्रतिमिलिलिटर २५ सयभन्दा बढी कोलिफर्म पाइएका ६ वटा डेरीलाई बन्द गरेर कारबाही सुरु गरेको थियो। त्यसपछि विभागले अनुगमनको कार्यलाई छोडेको राईले जानकारी दिए। 
नियममा सबै दुग्ध पदार्थ उत्पादनमा कोलिफर्म शून्य हुनुपर्ने भए पनि केही मात्रामा कोलिफर्म पाइएका उद्योगलाई विभागले कारबाहीमा छुट दिन सकिने बताएको थियो। त्यसताका उद्योगहरूस“ग विभागले कानूननत दूधमा कोलिफर्मको उपस्थिति शून्य हुने र यसका लागि सुधार गर्दै जाने प्रतिबद्वता जनाएका थिए। तरपनि अहिलेसम्म कोलिफर्म शून्य हुन नसकेको सम्बद्ध क्षेत्रका प्राविधिकहरूको भनाइ छ। सरकारले समयसीमा नतोकेको उल्लेख गर्दै स्रोतले भन्यो 'यसैले गर्दा उद्योगले ढिलासुस्ती गरिरहेका छन्, उपभोक्तालाई आफूले मूल्य तिरेर उपयोग गर्ने दूध कोलिफर्म मुक्त छ वा छैन भन्ने जानकारी सकेको छैन्।'
कोलिफर्म जीवाणु (ब्याक्टेरिया) को समूह हो। दूधमा कोलिफर्म देखिनुको अर्थ त्यसमा अन्य रोग उत्पन्न गर्न सक्ने जीवाणु हुन सक्ने सूचकसमेत रहेको जनाउ“दै राईले भने, 'यस्तो दूध उपलब्ध रहनुको अर्थ कुनै पनि बेलामा झाडापखाला, आउ“, जन्डिस, टाइफाइड लगायतका पानीजन्य रोग महामारीका रूपमा फैलिन सक्ने सूचकसमेत हो।' यता, विभागका खाद्य वैज्ञानिकहरूले पाश्चेराइजेसन प्लान्टको प्रयोगबिना उत्पादन गरेको एक लिटर दूधमा १० हजार भन्दा बढी कोलिफर्म हुने बताउँछन्। 'पाश्चोराइजेसन प्रविधिमार्फत उत्पादित दूधमा त हानिकारक जीवाणु हुन्छन्, यसको प्रयोगबिना उत्पादित दूधमा कति हुन्छ कति?' विभागका एक खाद्य बैज्ञानिकले भने, 'उद्योगीको यस्तो कार्यलाई निरुत्साहित गर्न विभागले यस्ता उद्योग कुन क्षेत्रमा सञ्चालित पत्ता लगाउन आवश्यक छ,।'
सरकारले बनाएको नियम अनुसार दूध कोलिफर्म शुन्य हुनुपर्ने प्रावधान छ। अनुज्ञापत्र नलिइ सञ्चालन गरिएको डेरी उद्योगले कानूनलाई अनुसरण नगरि दूध उत्पादन गर्दै आएको विभाग स्रोतले जानकारी दियो। 'विभागबाट अनुज्ञापत्र नलिएका करीब ७ सय ७४ वटा डेरीले उत्पादन गरेको नै अयोग्य छ,' एक बैज्ञानिकले भने, 'त्यसतर्फ उपभोक्ता आफै सचेत हुन जरुरी छ,।' 
यता, नेपाल डेरी एसोसिएसनका अध्यक्ष मेघराज भण्डारीले संघसँग आवद्ध १ सय २० वटा डेरी उद्योगमध्ये ७५ प्रतिशतले अनुज्ञापत्र लिएको बताए। केही उद्योग विभागबाट अनुज्ञापत्र लिने तयारीमा रहेको उनको भनाइ छ। 'हामी नेपालमा सबै डेरीको जिम्मा लिन सक्दैनौ,' उनले भने, '१ सय २० वटा डेरीले कोलिफर्मलाइ न्यूनीकरण गर्ने प्रयास गरेका छन्।' विभागका विभिन्न क्षेत्रीय कार्यालयबाट हाम्रा साथीहरूले अनुज्ञापत्र लिएको उनको भनाइ छ। नेपालमा सञ्चालित ८ सय वटा डेरी सबै हाम्रो सदस्य नभएको उनले प्रष्ट्याए। विभागका प्रवक्ता कोइरालाले विभागबाट अनुज्ञापत्र लिएका डेरी उद्योगमा भन्दा नलिएका उद्योगमा बढी लापरबाही बढेको बताए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।