Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

अर्थ

अवैध पार्किङ उठाउने २५ पक्राउ

(0 votes)
काठमाडौं— सर्वसाधारणसँग अवैध पार्किङ शुल्क उठाएको र अनुमति लिएको ठाउँबाट पनि मनलाग्दी शुल्क उठाउने २५ जना प्रहरीको फन्दामा परेका छन्। निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारी साधनसँग शुल्क नउठाउन अनुरोध गर्दा नमानेपछि उनीहरुलाई काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएका छन्।
महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न १३ ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनका अनुसार मंगलबार ४, बुधबार १५ र बिहीबार ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।

'महानगरले अनुमति दिएका र महानगरलाई राजस्व तिर्दै आएका २० ठाउँ बाहेकबाट पार्किङ शुल्क उठाउनेलाई नियन्त्रणमा लिएका हौं,' उनले भने, 'कसूरअनुसार प्रहरीले मुद्दा चलाउँछ ।'

अनुमतिबिना पार्किङ शुल्क उठाउनेबाहेक कतिपय ठाउँमा अनावश्यक पैसा उठाएको पनि भेटिएको सापकोटाले बताए । उनका अनुसार स्वयम्भू, खसीबजार, ठमेल, मखन, इन्द्रचोक, महाबौद्ध, दिल्लीबजार, कोटेश्वर, चाबहिल, बौद्धलगायत इलाकाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

महानगरपालिकाले अनुमति नलिई पार्किङ शुल्क उठाउनेलाई कारबाही गर्ने भन्दै २० ठाउँको सूचीसहित शनिबार सूचना जारी गरेको थियो । सूचनामा अनुमति दिएका २० ठाउँबाहेक अन्यत्र पार्किङ शुल्क नतिर्नसमेत उपभोक्तालाई आग्रह गरिएको थियो ।

'अनुमति नदिइएका ठाउँबाट समेत महानगरका नाममा पार्किङ शुल्क उठाइरहेको पाइएकोले हामीले उपभोक्तालाई जानकारी र सचेत गराएका हौं,' सापकोटाले भने ।

पक्राउ परेका व्यक्तिहरुले स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ बमोजिम पार्किङ सञ्चालन गर्नुपर्नेमा स्वीकृति नलिई रकम असुलेको भेटिएको महानगरले जनाएको छ ।

बढ्दो सवारी चापसँगै काठमाडौं उपत्यकामा अवैध रुपमा र जबर्जस्ती पार्किङ शुल्क असुल्ने प्रवृत्ति बढिरहेको ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी केशव अधिकारीले बताए । टोलैपिच्छे आफूखुसी पार्किङ शुल्कका नाममा सर्वसाधारणबाट रकम असुली भइरहेको उनले बताए । यसले महानगरपालिकाको राजस्वमा नकारात्मक असर पर्ने उनको भनाइ छ ।

'कि त राजस्व तिर्नु प¥यो कि पार्किङ शुल्क असुल्न छोड्नुप¥यो,' अधिकारीले भने, 'यो धेरै वर्षदेखिको समस्या हो ।' अवैध पार्किङ सञ्चालकलाई कसूरको आधारमा परिसरले कारबाही गर्ने उनले जानकारी दिए ।

बालबालिकाले खेल्ने मैदान कब्जा गरेर पार्किङ सञ्चालन गरेको पनि भेटिएको अधिकारीले बताए । 'यस्ता काम नरोकिएसम्म हामी कारबाही जारी राख्छौं,' उनले भने, 'यसका लागि हामी महानगरपालिकालाई सहयोग गर्छौं ।'

कानुन र राज्यको डर नभएकाले यस्तो प्रवृत्ति बढेको डिआइजी अधिकारीको भनाइ छ । कारबाहीले यस्तो काम गर्नेलाई पाठ सिकाउने उनले बताए ।

मोटरसाइकल पार्किङ गर्दा एक घन्टाको ५ रुपैयाँ र त्योभन्दा बढीको १० रुपैयाँ तिर्नुपर्ने महानगरले जनायो । चारपांग्रेतर्फ एक घन्टाको १० र त्योभन्दा बढी समय पार्किङ गरे २० रुपैयाँ असुल्न पाइने गरी महानगरले अनुमति दिने गरेको छ ।

राजधानीमा सवारी चाप बढिरहेकै बेला मुख्य बजार क्षेत्रका पिच सडकसमेत पार्किङले ढाकिएको पाइन्छ । न्युरोड, असन, नयाँ बानेश्वरलगायतका क्षेत्रमा सवारी चाप बढी हुने गर्छ । तर अहिलेसम्म न त सवारीको पार्किङ मापदण्ड बनेको छ न यसमा महानगरको चासो नै देखिएको छ ।

मुख्य रुपमा १, ९, २२, २४, २५, ३०, ३४ लगायतका ३२ वटा ठाउँमा फरक फरक पार्किङ हुने गरेको छ । पार्किङबाट महानगरले वार्षिक करिब ५६ लाख रुपैयाँ राजस्व उठाउने गर्छ ।

उपत्यकाका अधिकांश खालि जग्गामा रोकिने सवारी साधनसँग स्थानीय क्लब र 'गुन्डा'बाट परिचालित व्यक्तिहरुले पार्किङ शुल्कका नाममा पैसा असुल्ने गरेका छन् । सम्बन्धित निकायबाट अनुमति नलिई यसो गर्नु कानुनतः अवैध हो । तैपनि अनुगमन गर्ने निकायले वास्ता नगर्दा सर्वसाधारण खुलेआम ठगिने गरेका छन् ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।