Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

बक्यौता र रोयल्टी तिर्छौं : क्यासिनो सञ्चालक

(0 votes)
बक्यौता र रोयल्टी तिर्छौं : क्यासिनो सञ्चालक
काठमाडौं- सवा अर्बहाराहारी सरकारी बक्यौता चुक्ता गर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकहरूले बल्ल बक्यौता तिर्ने बताएका छन्। तर, यसमा उनीहरूले सर्त भने तेर्स्याएका छन्। करिब एक दशकदेखिको बक्यौता तथा चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्न अटेर गर्दै आएका ती क्यासिनोका सञ्चालकले सर्तसहित सबै रकम चुक्ता गर्ने बताएका हुन्।
'हामी बक्यौता नतिर्ने होइन, तिर्छौं,' क्यासिनो सञ्चालकहरूको संगठन क्यासिनो एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष किशोर सिल्वालले आइतबार नागरिकसँग भने, 'तर, सरकारले थप कम्तीमा तीन महिनाको म्याद हामीलाई दिनुपर्छ।'
सिल्वालले यसो भने पनि सरकारले यसअघि नै उनीहरूलाई धेरै पटक महिनौंको म्याद दिइसकेको छ। यसअघि चार महिना म्याद थपिदिएको थियो। चैत ७ मा सकिएको उक्त म्यादमा पनि क्यासिनो सञ्चालकले बक्यौता तिरेनन्। तर, लगत्तै मन्त्रिपरिषदले १५ दिन म्याद थपिदिएको छ। यसको अन्तिम दिन चैत २१ हो।
क्यासिनोहरूको आर्थिक वर्ष २०६२/६३ देखि हालसम्मको बक्यौता ६६ करोड ५३ लाख १० हजार रुपैयाँ पुगेको छ। यसमा आठ क्यासिनो प्रत्येकको भागमा चालु आर्थिक वर्षको रोयल्टी ४ करोड र जरिवाना १ करोड २० लाख गरी ५ करोड २० लाख जोड्दा ४१ करोड ६० लाख पनि छ। यति सबै (१ अर्ब ८ करोड १३ लाख १० हजार रुपैयाँ) चुक्ता गर्न सके उनीहरूको अनुमतिपत्र (लाइसेन्स) नवीकरण हुनेछ। 
'बक्यौता वा रोयल्टी नतिर्ने हाम्रो नियत होइन,' राजधानीमा सञ्चालनमा रहेका क्यासिनो र्याबड (होटल र्यारडिसन), क्यासिनो स्टार (होटल हायात) र क्यासिनो भेनस (होटल मल्ल) का सञ्चालकसमेत रहेका सिल्वालले भने, 'पैसा तिर्छौं तर, क्यासिनो सम्बन्धी नयाँ नियमावलीप्रति मात्र हाम्रो आपत्ति हो।'
सरकारले कम्तीमा तीन महिनादेखि एक वर्षसम्मको म्याद थपिदिए सबै क्यासिनोले हालसम्मको बक्यौता, रोयल्टी र जरिवाना चुक्ता गर्ने सिल्वालले दाबी गरे। 'अहिले हामी कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने अवस्थामा पुगेका छौं,' क्यासिनोहरूले करोडौंको कारोबार गरे पनि रोयल्टी र कर भने नतिरेको सरकारी अधिकारीहरूको आरोपलाई ठाडै अस्विकार गर्दै उनले भने, '९० प्रतिशत व्यापार भारततिर गइसकेको छ। यस्तो बेला एकैचोटि करोडौं तिर्न कठिनै हुन्छ नि।'
सरकारले थप तीन महिना म्याद दिए बक्यौता तिर्न सुरु गर्ने उनको भनाइ छ। 'राज्यको ऐनकानुन नमान्ने भन्ने होइन, मान्नुपर्छ र मान्छौं तर अहिलेको क्यासिनो नियमावली पूरै अव्यावहारिक छ,' उनले भने। 
सिल्वालले सबै बक्यौता चुक्ता गर्ने बताए पनि सरकारी अधिकारीहरू भने उनको भनाइमा एकरति विश्वास नभएको दाबी गर्छन्। 'क्यासिनो सञ्चालकहरू अझै पनि पुरानै पारामा ऐनकानुन मिचेर व्यापार गर्न चाहन्छन्,' सरकारका एक उच्च अधिकारीले नागरिकसँग भने, 'उनीहरू नियम अव्यावहारिक भयो, रोयल्टी बढी भयो जस्ता गोलमटोल गरेर उम्किन चाहिरहेका छन्।'
तर, पछिल्लो पटक थपिएको म्याद (चैत २१) भित्र पुरानो बक्यौता, चालु आर्थिक वर्षको रोयल्टी र जरिवा सबै चुक्ता नगरे सरकारले सबै क्यासिनोमा ताल्चा लगाउने ती अधिकारीको भनाइ छ। 'अवैध भएपछि सरकारले आँखा चिम्लिएर बस्दैन,' उनले भने, 'हस्तक्षेप गरेर अगाडि बढ्छ, क्यासिनोहरूले अब राज्यलाई लुट्न सम्भव छैन।'
पछिल्लो म्याद गुजारेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यलाई भेटेर ज्ञापनपत्र बुझाएका क्यासिनो व्यवसायीलाई 'ढाडस' दिन मन्त्रालयले क्यासिनो सम्बन्धी सुझाव समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालको संयोजकत्वमा गठित समितिमा मन्त्रालयकै पर्यटन उद्योग महाशाखा प्रमुख तथा सहसचिव मधुसुदन बुर्लाकोटी, अर्थ र गृह मन्त्रालयका एक–एक उपसचिव तथा मन्त्रालयको होटल शाखाका जनकराज भट्ट सदस्य सचिव छन्। 
गत बिहीबार एक चरण क्यासिनो सञ्चालकसँग वार्ता गरेको समितिले लिखित सुझाव मागेपछि शुक्रबार दिने भने पनि आइतबारसम्म नदिएको समितिका एक सदस्यले जानकारी दिए। सोमबार फेरि छलफल तय भएको छ। क्यानका अध्यक्ष सिल्वालले भने सोमबार लिखित सुझाव दिइने बताए। 
पुरानो बक्यौताअनुसार क्यासिनो नेपाल (हाल क्यासिनो माजोङ) को सबैभन्दा बढी २६ करोड ६८ लाख, क्यासिनो फूलबारीको १६ करोड ८ लाख ६० हजार, अन्ना १५ करोड २६ लाख ८० हजार, रोयल ४ करोड ९५ लाख, एभरेस्ट १ करोड ७१ लाख ८० हजार, भेनस ३५ लाख, र्या१ड ३३ लाख ३० हजार, तारा (हाल स्टार) को २९ लाख र पोखरा ग्रान्डको ८ लाख २० हजार रुपैयाँ छ। यीमध्ये क्यासिनो सांग्रिला, पोखरा ग्रान्ड र फूलबारी बन्द छन्।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।