Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

९० करोडको बचतपत्र बिक्री

(0 votes)
काठमाडौं-नेपाल राष्ट्र बैंकले जारी गरेको १ अर्ब रुपैयाँबराबरको ‘राष्ट्रिय बचतपत्र २०७५' मध्ये ९० करोडको बिक्री भएको छ।
पाँच वर्षे अवधिको यो बचतपत्र गत पुस १८ मा निष्कासन गरिएको थियो। यसमा केन्द्रीय बैंकले ८ प्रतिशत ब्याज दिन्छ। यसमा व्यक्तिगत लगानीकर्तालाई ८० करोड र गैरनाफामूलक संघसंस्थालाई २० करोड छुट्ट्याइएको थियो। 

‘व्यक्तिगत लगानीकर्ताका लागि छुट्ट्याइएकोमध्ये ७० करोडहाराहारी बिक्री भएको छ,' राष्ट्र बैंक स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘गैरनाफामूलक संघसंस्थातर्फ भने सबै बिक्री भएको छ। यसमा भने छुट्ट्याइएको रकमभन्दा करिब दुई गुणासम्म आवेदन परेको थियो।'

राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि गत मंसिर २५ देखि पुस ९ सम्म तथा गैरनाफामूलक संघसंस्थाका लागि पुस ८ र ९ दुई दिनसम्म बिक्री खुला गरेको थियो। बिक्री भएको बचतपत्रको साँवा २०७५ पुस १८ मा भुक्तानी हुनेछ। यसबाट पाइने ब्याज प्रत्येक ६ महिनामा भुक्तानी हुनेछ भने ब्याज कर तिर्नुपर्छ। 

न्यूनतम १० हजार रुपैयाँ र कूल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकबराबरको बचतपत्र खरिद गर्न पाइन्थ्यो। स्रोतका अनुसार बचतपत्रको साँवा तथा ब्याज भुक्तानी पुर्जा र खण्डित अवधिको ब्याज रकम काठमाडौं उपत्यकाका लागि आगामी आइतबार र उपत्यका बाहिर २०७१ वैशाख ७ बाट वितरण गरिने छ। 

‘व्यक्तिगत र गैरनाफामूलक संघसंस्था गरी करिब १ हजार ३ सय प्रमाणपत्र तयार भएको छ,' स्रोतले भन्यो, ‘जोखिम नभएको, आकर्षक ब्याज र तुरुन्तै बिक्री गर्न सकिने भए पनि पर्याप्त जानकारी नहुँदा सर्वसाधारणका लागि छुट्ट्याइएको बचतपत्र सबै बिक्री हुन सकेन। विगतदेखि नै सरकारले जारी गर्ने ऋणपत्रहरूमा जानकारहरूले मात्रै खरिद गर्दै आएको स्रोतले बतायो। 
'

बचतपत्र सर्वसाधारण नेपाली नागरिकका साथै कानुनबमोजिम दर्ता भएका गैरनाफामूलक सामाजिक संघसंस्थालाई मात्र खरिद गर्न दिइएको थियो। राष्ट्र बैंकले बतचपत्र बिक्री गर्न ५५ वटा बैंक तथा वित्तीय संस्थालाई बजार निर्माता तोकेको थियो। 

खरिद गरिएका बचतपत्रलाई धितो राखेर नेपालस्थित बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि पाइन्छ। खरिदकर्ताले भुक्तानी मितिअगाडि नै यस्तो बचतपत्र बिक्री गर्न चाहे इजाजतप्राप्त बजार निर्मातामार्फत तुरुन्त बिक्री गर्न सकिने स्रोतले जानकारी दियो। 

बचतपत्र खरिदकर्ताले रकम बुझाएकै मितिबाट निष्कासन मितिभन्दा अघिल्लो दिनसम्मको खण्डित अवधिको सोही ब्याज दरले हुन आउने ब्याज रकमसमेत भुक्तानी पाउने छ। ‘राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क', ‘ख' र ‘ग' वर्गका बैंक तथा वित्तीय संस्था वा इजाजत प्राप्त बजार निर्माताबाट ब्याज भुक्तानी लिन सकिने छ,' स्रोतले भन्यो 

केन्द्रीय बैंकले तीन दशकदेखि राष्ट्रिय बचतपत्र निष्कासन गर्दै आएको छ। 
सरकारले वर्षभरको खर्च सञ्चालन गर्ने क्रममा आन्तरिक ऋण उठाउन बचतपत्र पनि प्रयोग गर्छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।