Monday 24 Chaitra, 2076 | April 05, 2020
Menu

अर्थ

चेक अनादार गर्नेविरुद्ध मुद्दा बढे

(0 votes)
पोखरा-सापटी तिर्नुपर्ने व्यक्तिलाई पैसा नभएको बैंक खाताको चेक दिएर झुक्याएकी पोखरा—१३ की सगिना खातुन अहिले कास्की कारागारमा छिन्।
रुपैयाँ/पैसाको जत्तिकै मूल्य र मान्यता दिएर आदर गर्नुपर्ने बैंकिङ संस्थाको चेकलाई अनादार गरी अरुलाई झुक्याएको आरोपमा खातुनविरुद्ध मुद्दा परेको थियो। 
पोखरा—१० काजिपोखरी बस्ने यशोदा शर्मा र छिनेडाँडाकी गोमा थापालाई खातुनले पटकपटक गरी २३ लाख रुपैयाँ बराबरको चेक दिएकी थिइन्। तर उनको खातामा पैसा नभएकाले बैंकिङ संस्थाबाट शर्मा र थापाले पैसा पाउन सकेका थिएनन्। जिल्ला अदालत कास्कीको आदेशानुसार प्रहरीले शुक्रबार खातुनलाई जेल पठाएको हो। 
कास्की प्रहरीले मुलुकी ऐन ठगीको महल १ र ४ अनुसार माग दाबी गर्दै खातुनविरुद्ध फागुन १२ गते मुद्दा दर्ता गरेको थियो। अदालतका स्रेस्तेदार दीनबन्धु बरालका अनुसार धरौटी तिर्न नसकेपछि खातुन जेल परेकी हुन्। चेक अनादार गर्नेलाई पीडितको रकम भराई ५ हजार जरिवाना र ५ वर्ष कैद सजायको प्रावधान उक्त ऐनले राखेको छ। कसैलाई तिर्नुपर्ने रकम चेकमार्फत दिँदा खातामा पैसा नभएर चेक बाउन्स भए त्यसलाई ठगी आरोपमा मुद्दा चल्ने कानुनी व्यवस्था छ। खातुनका लोग्ने अब्दुल हमिद मिया पनि ठगीमा संलग्न रहेको प्रहरीको आरोप छ। मिया अहिले फरार रहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले बताए। 
डिएसपी बास्तोलाका अनुसार खातुनले ललाइफकाई गरी शर्मा र थापासँग सापटी लिएर तिर्ने बेला भने पैसा नभएको खाताको चेक दिएकी थिइन् र चेक ‘बाउन्स’ भएको थियो। पटकपटक चेक बाउन्स भएपछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएका थिए। ‘लेनदेनको कुरा भएको भए प्रहरीले हेर्दैनथ्यो,’ डिएसपी बास्तोलाले भने, ‘चेक बाउन्सको घटना भएकाले ठगीको मुद्दा लगाइएको हो।’
एक महिनाअघिको एउटा मुद्दामा पोखरा पृथ्वीचोकका कमलमान गुभाजु साढे १७ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका थिए। उनले पोखरा—१६ का थिरबहादुर थापालाई दिएको चेक बाउन्स भएको थियो। मागिएको धरौटी तिर्न नसकेपछि खातुन जेल परिन् भने तिर्नसक्दा गुमाजु मुक्त भए। बास्तोलाका अनुसार दोषी ठहरिए धरौटी रकमबाट पीडितलाई उपलब्ध गराई उनीहरुलाई ५ हजार जरिवानासहित ५ वर्ष कैद सजाय हुन्छ। 
बाउन्स हुने गरी यसरी चेक दिनेहरुले सुरुमा ललाइफकाई पैसा सापटी लिने देखिएको डिएसपी बास्तोलाले बताए। ‘धेरै ब्याज दिने लोभमा सापटी लिएर नतिर्ने र रित्तो खाताको चेक दिएर झुक्याउने प्रवृत्ति देखियो,’ उनले भने, ‘आफूसँग नभएको कुरा छ भनी झुक्याउनु ठगी हो भनेर कानुनले प्रष्ट गरेको छ। त्यसैले उनीहरुविरुद्ध मुद्दा चल्छ।’ 
केही दिनअघिमात्रै कास्की प्रहरीले चेक अनादार गरेकै आरोपमा लक्ष्मी थापालाई पक्राउ गरेको छ। मुद्दा दर्ताका लागि अनुसन्धान गरिराखेको प्रहरी अधिकारी बताउँछन्। रवाफिलो जीवनशैली बिताउँदै आएकी उनीविरुद्ध कुन्तीमाया पौडेल र सिद्धार्थ पौडेलले जाहेरी दिएका हुन्। 
लक्ष्मीले सपाटी फिर्ता नगरेको र उनले दिएको चेक बाउन्स भएको आरोप पीडितले लगाएका छन्। पीडित यशोदा पौडेलका पति शिवले नागरिकसँग भने, ‘सापटी दिएको फिर्ता पाइएन। पाएको चेक बाउन्स भयो।’ लक्ष्मीले पौडेलबाट ६० लाख रुपैयाँ लगेकी थिइन्। पहिला थोरैथोरै पैसा सापटी मागेर फिर्ता गर्ने अनि एक्कासि ठूलो रकम मागेर दम्पच पार्ने गरेको आरोप पीडितले लक्ष्मीलाई लगाएको जानकारी प्रहरी अधिकारीले दिएका छन्। ‘घरघडेरी बेचेर राखेको पैसा पनि सापटीमै फुत्काएकी छन्,’ ती अधिकारीले भने, ‘सके सोझो तरिकाले माग्ने, नदिए ठूलो समस्या परेको नाटक गरेर रोइकराई गरेर लिई छाड्ने गरेको भेटियो।’ लक्ष्मीविरुद्ध पनि चेक अनादार आरोपमा प्रहरीले चैत १७ गते मुद्दा दायर गरिसकेको छ। साउनतिर कास्की सरुवा भई आएका डिएसपी बास्तोला आफू आएयतामात्रै चेक अनादारका ६ वटा मुद्दा परिसकेको बताउँछन्। 
यसअघि कास्की प्रहरीले २५ लाखको चेक अनादार गरेका बेगबहादुर तामाङ, १५ लाखको चेक अनादार गरेका राजेन्द्र गोतामेबिरुद्धसमेत ठगी मुद्दा दर्ता गरेको थियो। त्यस्तै ३४ लाखको चेक दिएर झुक्याएका अर्का आरोपित शंकरप्रसाद गौतमविरुद्धसमेत उहीखाले मुद्दा दर्ता भएको थियो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।