Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

कमर्ज एन्ड ट्रस्ट ग्लोबलमा विलय

(0 votes)
काठमाडौं-केन्द्रीय बैंकबाट ‘क' वर्गको अनुमति पाएको कमर्ज एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकमा विलय भएको छ। एकापसमा मर्ज भए पनि नाम भने ग्लोबल आइएमई बैंक नै रहेको छ।
मर्जपछि बनेको बैंकले बुधबारबाट औपचारिक रूपमा कारोबार सुरु गर्दैछ। बैंकको अध्यक्षमा ग्लोबलका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पनि ग्लोबलकै सिइओ रत्नराज वज्राचार्य रहेका छन्। 

‘हाम्रो यो तेस्रो सफल मर्जर हो,' ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मंगलबार नागरिकसँग भने, ‘अब हामो सञ्जाल वृहत भएको छ। बैंकिङ पहुँच नपुगेका दुरदराजमा पुग्ने हाम्रो लक्ष्य छ।'

दुई बैंक गाभिएपछि चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँबराबर भएको छ। कमर्जको प्रतिकित्ता सेयरलाई ६५ रुपैयाँ मूल्यांकन गरी मर्ज भएको हो। यसअनुसार कर्मज एन्ड ट्रस्टबाट १ अर्ब ३० करोड पुँजी ग्लोबलमा थपिएको छ। ग्लोबलको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ थियो। 

‘पुँजी वृद्धि भएपछि लगानी गर्ने ठाउँमा तुरुन्त जान सकिन्छ, ठूला परियोजनामा लगानी गर्न अब हिच्किचाउनु पर्दैन,' ढकालले भने, ‘यसअघिको दुईवटा मर्जरबाट हामीले राम्रो अनुभव लिएका छौं। अहिलेको मर्जर पनि सफल हुने विश्वास छ।'
ग्लोबल र कमर्ज एकापसमा गाभिन गत कात्तिक २४ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। ग्लोबलका तर्फबाट अध्यक्ष ढकाल र कमर्जका तर्फबाट अध्यक्ष शोभाकर न्यौपानेले हस्ताक्षर गरेका थिए। त्यसबेला ६ महिनाभित्र गाभिने समझदारी भएको थियो। 

‘क' वर्गका वाणिज्य बैंक एकापसमा गाभिएर कारोबार सुरु गर्न लागेको यो दोस्रो घटना हो। यसअघि एनआइसी बैंक र बैंक अफ एसिया नेपाल मर्ज भएर एनआइसी एसिया बैंक बनिसकेको छ। 

ग्लोबल आइएमई बैंकमा यसअघि पनि दुईपल्ट गरी चार वित्तीय संस्था मर्ज भइसकेका छन्। पहिलोपल्ट आइएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स तथा दोस्रो पटक सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक गाभिएका थिए।

‘मर्जपछि पुँजीको आकार बढेको छ, अब त्यहीअनुसार व्यापार पनि बढाउनुपर्छ,' ग्लोबल आइएमईका सिइओ वज्राचार्यले नागरिकसँग भने, ‘हाम्रा लागि यो नै चुनौती हो। यही चुनौती सामना गर्न २ अर्ब चुक्ता पुँजी भएको वाणिज्य बैंकलाई मर्ज गरेका हौं।'

वज्राचार्यका अनुसार ग्लोबलको ‘स्ट्रेन्थ' भनेको ‘रिटेल बैंकिङ' हो। सबै बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामात्र हेरेर शाखा खोल्नाले बैंकिङ पुहँच ग्रामीण तहसम्म पुग्न सकेको छैन। ग्लोबलले चालु आर्थिक वर्ष हालसम्म ७० करोड रुपैयाँ नाफा कमाएको छ भने कमर्जले १० करोड रुपैयाँ नाफा गरेको छ। 

त्यसैगरी ग्लोबलको हालसम्मको निक्षेप ३८ अर्ब रुपैयाँ र ऋण लगानी ३१ अर्ब रहेको छ। उता ११ अर्ब रुपैयाँ निक्षेप रहेको कमर्ज एन्ड ट्रस्टले भने १० अर्ब रुपैयाँ लगानी गरेको छ। दुवै बैंक मर्जपछिको निक्षेप ४९ अर्ब पुगेको छ भने ऋण लगानी ४१ अर्ब रुपैयाँबराबर भएको छ। 

ग्लोबलको ग्राहक संख्या ४ लाख ५० हजारभन्दा केही बढी रहेका छन् भने कमर्जको ५० हजार छन्। अब मर्जपछि ग्राहक संख्या ५ लाख नाघेको छ। त्यस्तै मुलुकभर ७३ शाखा रहेको ग्लोबल आइएमईमा कमर्ज एन्ड ट्रस्टको १५ शाखा जोड्दा ८८ पुगेको छ। तीमध्ये ३२ शाखा काठमाडौं उपत्यकाभित्र र बाँकी बाहिर छन्। 

‘यसअघि पनि हामीसँग चारवटा वित्तीय संस्था मर्ज भइसकेकाले मर्जरको राम्रो अनुभव छ,' ग्लोबलका सिइओ वज्राचार्यले भने, ‘त्यही भएर नयाँ बैंक गाभ्दा व्यवस्थापनमा समस्या भएन।' खाइपाइ आएको सेवा–सुविधा यथावत राखेर कर्मचारी मिलान गरिएको उनले जानकारी दिए। हाल ग्लोबलमा ९ सय र कमर्जमा २ सय कर्मचारी छन्। अब १ हजार १ सय भएका छन्। 

दुवै बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अन्तिम पटक गत कात्तिक २४ मा कारोबार गर्दा ग्लोबलको सेयर प्रतिकित्ता ४ सय ३० रुपैयाँ र कमर्जको सेयर प्रतिकित्ता २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।