15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

विश्व बैंकले सहयोग बढाउने

(0 votes)
काठमाडौं– विश्व बैंकले नेपालको पूर्वाधार क्षेत्रमा लगानी थप गरी आर्थिक वृद्धिलाई तीव्रता दिन पूर्ण सहयोग गर्ने वचन दिएको छ।
अर्थमन्त्री रामशरण महतसँगको भेटघाटमा बैंकका प्रबन्ध निर्देशक श्रीमुल्यानी इन्द्रावतीले त्यस्तो वचन दिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ। 
अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री महत र इन्द्रावतीबीच वासिंगटन डिसीस्थित बैंकको मुख्यालयमा बैंकले नेपाललाई गर्ने सहयोगबारे विस्तृत छलफल भएको थियो। 
प्रबन्ध निर्देशक इन्द्रावतीले अन्तर्राष्ट्रिय विकास सहायताको १७औं संस्करणअन्तर्गत सहयोग बढाएर नेपालको आर्थिक विकासमा सघाउने आश्वासन दिएकी हुन्। उनले कार्यान्वयन चरणका परियोजनामा जमिन अधिग्रहणलगायत अन्य समस्या समाधानमा ध्यान दिन नेपाल सरकारलाई आग्रह गरिन्। 
अर्थमन्त्री महतले नेपाल हिंसात्मक द्वन्द्व, संक्रमणकाल हुँदै विकासको बाटोमा अघि बढेको भन्दै विश्व बैंकलाई सहयोग बढाउन आग्रह गरेका थिए। ‘नेपालले ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुपर्नेछ। यसका लागि पूर्वाधार आयोजनामा विश्व बैंकको सहयोग आवश्यक छ,' महतले इन्द्रावतीसँग गरेको आग्रह उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘एक वर्षभित्रै संविधान जारी भई राजनीतिक स्थिरता कायम हुने भएकोले बैंकले आर्थिक वृद्धिलाई बढावा दिने ठूला पूर्वाधारका परियोजना विशेषगरी सडक र विद्युत विकासमा लगानी बढाउनुपर्छ।'
यसका लागि बैंकले सम्भाव्य सबै ढोका खोलेर नेपाललाई सहयोग गर्नुपर्ने महतले बताए। उनले पछिल्लो समयमा विश्व बैंकका परियोजना कार्यान्वयनमा केही समस्या रहे पनि अब तिनलाई चाँडै नै निराकरण गर्न सकिने वातावरण बनेको बताए। 
अर्थमन्त्री महतले दोस्रो चरणको आर्थिक सुधार कार्यक्रमलाई तीव्रताका साथ अघि बढाउने दोहोर्‍याउँदै यसमा विश्व बैंकको सहयोग आवश्यक पर्ने बताए।
उनले आर्थिक सुधारसँग सम्बन्धित विधेयकहरु संसदमा प्रस्तुत भइसकेको र चाँडै पारित भई लगानीको लागि कानूनी वातावरण बन्ने बताए।
यसअघि राजनीतिक संक्रमणकालमा विश्व बैंकले अन्तरिम रणनीति नोटका नामले सहयोग गर्दै आएको थियो। मुलुकमा राजनीतिक वातावरण अनुकूल बन्दै गएको र सुधारमुखी सरकार बनेकोले आगामी असारदेखि चारवर्षे सहयोग रणनीति ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी' तयार गरी कार्यान्वयनमा ल्याउँदैछ। त्यही सहयोग नीतिमा मौकामै दबाब दिने उद्देश्यले अर्थमन्त्री महत विश्व बैंकका कार्यकारी प्रमुखलाई भेट्न त्यहाँ पुगेका हुन्। उनले नयाँ चुनावपछिको सरकारप्रति जनतामा आस जागेको, राजनीतिक स्थायित्व पुनर्स्थापित भएको र लगानीको वातावरणमा सुधार आएको जानकारी दिएका थिए। 
अर्थमन्त्रीसँगको छलफलमा विश्व बैंकको लगानी एकाइ आइएफसीका उपाध्यक्ष करिन फिंकलस्टनले काबेली जलविद्युतमा लगानी थालिसकिएको र यसले जलविद्युतमा निजीक्षेत्रको लगानीलाई बढावा दिई नेपालको जलविद्युत विकासमा ठूलो परिवर्तन आउने आशा व्यक्त गरे। उनले नेपालको पर्यटन क्षेत्रमा पनि सहयोग बढाउने आश्वासन दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि गर्न लागिएको सहयोगलाई यसको उदाहरण भएको बताए।
आइएफसी उपाध्यक्ष फिंकलस्टनले आगामी दिनमा नेपालमा लगानीको वातावरणमा सुधार आउने अपेक्षा गरे।
यसअघि हालै विश्व बैंकका उपाध्यक्ष फिलिप हाओरोले नेपाल भ्रमण गरी यहाँको पछिल्लो स्थिति मुख्यालयलाई जानकारी गराएका थिए। मुख्यालयको छलफलमा उपाध्यक्ष हाओरोले आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरे विश्व बैंकले नेपाललाई पर्याप्त सहयोग गर्ने आवश्वासन दिएका थिए। उनले नेपालमा नयाँ संबिधान चाँडै बन्ने र मुलुक आर्थिक विकासका काममा केन्द्रित हुने पनि अपेक्षा गरेका थिए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।