22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

(0 votes)
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

महासंघको ४८औं साधारण सभाबाट अध्यक्षमा प्रदीपजंग पाण्डेसहित ६२ जना कार्यसमितिमा निर्वाचित भएका थिए। मुरारका नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना मुरारका समूहका कार्यकारी निर्देशक हुन्। 
उनको पेन्टस्, सिमेन्ट, बनस्पति घ्यू, जलविद्युतलगायत क्षेत्रमा लगानी छ। तीन वर्षयता उनले महासंघभित्र श्रम सम्बन्ध हेर्दै आएका थिए। श्रम विवाद कम गर्नमा मुरारकाको भूमिका महत्वपूर्ण थियो। एसोसिएटबाट कार्यकारिणी सदस्य रहेका मुरारका महासंघभित्र मध्यमार्गी धारका व्यवसायीको रुपमा परिचित छन्। निर्वाचनको तिक्तता त्यागेर महासंघलाई एकताबद्ध गराउन उनको भूमिका महत्वपूर्ण हुनेछ। 

महासंघलाई बलियो बनाएर लैजान कसरी काम गर्नुहुन्छ?
म कट्टर प्यानलवाला मान्छे होइन। निर्वाचनअघि प्यानल बनेका थिए, अब महासंघलाई बलियो बनाएर लैजानुपर्छ। मैले अध्यक्षको कुर्सीमा जो बसेको छ उसैलाई सहयोग गर्ने हो। अध्यक्षमा निर्वाचित हुनुभएको प्रदीपजंग पाण्डेले पनि मिलेर जाने भन्नुभएको छ। उहाँ सकारात्मक सोचको हुनुहुन्छ। महासंघलाई एकता र बलियो बनाएर लैजानु अहिलेको आवश्यकता हो। निजी क्षेत्रको छाता संगठनलाई बलियो बनाएर लैजान आवश्यक छ। निजी क्षेत्र बलियो हुन सके मुलुकको अर्थतन्त्रसमेत सबल बनाउन सहयोग पुग्छ। 

महासंघमा युवा समूहको बर्चस्व छ। उहाँहरुको भूमिकालाई कसरी स्थापित गराउनुहुन्छ?
निश्चय पनि महासंघमा युवा समूहको बर्चस्व छ। यसले महासंघलाई 'डाइनामिक' रुपमा अघि बढाउन सहयोग पुग्नेछ। अहिलेको निर्वाचनमा युवा मात्रै होइन अनुभवी समूह आएको छ। महासंघमा केही गरौं भन्ने भावना बोकेका व्यक्तिहरुको समूह निर्वाचित भएर आएको छ। महासंघलाई बलियो बनाएर लैजान सक्ने क्षमता भएका उद्योगी, व्यवसायी निर्वाचित भएर आएका छन्। 

सरकार बजेट निर्माण क्रम छ। तत्कालै केही समिति बनाउनुपर्ने अवस्था छ। कहिलेसम्म महासंघभित्रका समिति बन्छन्?
बजेट निर्माणको क्रममा रहेकोले तत्कालै राजस्व परामर्श समिति बनाउनुपर्ने अवस्था छ। शुक्रबारनै यो समिति बनाउनेतर्फ हाम्रो पहल हुनेछ। अरु समिति पनि तत्काल गठन गर्नेतर्फ हाम्रो पहल हुनेछ। 

साधारण सभामा विधान संशोधनको मुद्दा पनि उठ्यो। जिल्लालाई केन्द्रबिन्दुमा राखेर महासंघलाई अघि बढाउनुपर्ने मागको सम्बोधन कसरी गर्नुहुन्छ?
हामी जिल्लालाई केन्द्रमै राखेर महासंघलाई अघि बढाउँछौं। महासंघमा जिल्ला/नगर कसरी सशक्त बनाउने भन्ने मुद्दालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने अवस्था छ। यसलाई प्रमुखता दिनुपर्ने हुन्छ। यसबाहेक विधान संशोधनको विषयलाई पनि अघि बढाउनुपर्नेछ। विधान संशोधनको विषयमा हामी सबै एकमत पनि छौं। 

राजनीतिले आर्थिक क्षेत्र प्रभावित हुने अवस्था रहेको बेला महासंघको भूमिका कस्तो हुन्छ?
मुलुकमा एक वर्षभित्र संविधान जारी हुने प्रतिबद्धता आएको छ। संविधानमा निजी क्षेत्रको मुद्दा समावेश गर्ने सशक्त लबिङ गर्छौं। हामी एकताबद्ध हुन सके हाम्रो लबिङले समेत सार्थकता पाउँछ।

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।