Monday 12 Ashwin, 2077 | September 28, 2020
Menu

अर्थ

जेपी मोर्गनको नेपाल कारोबार बन्द

(0 votes)
जेपी मोर्गनको नेपाल कारोबार बन्द
काठमाडौं - सम्पत्ति शुद्धीकरणका मुद्दामा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै गए पनि अमेरिकाको जेपी मोर्गन बैंकले नेपालसँगको कारोबार बन्द गरेको छ। 'केही समय भयो जेपी मोर्गनले नेपालसँग कारोबार बन्द गरेको छ। अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाएका बैंकहरुले कारोबार बन्द गर्दा बाहिर राम्रो सन्देश जाँदैन,' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिहीबार नागरिकसँग भने।
एक वर्षअघि सम्पत्ति शुद्धीकरणका प्रतिबद्धतालाई मु्द्दा बनाएर अमेरिकी सिटी बैंकले नेपालको खाता बन्द गरेको थियो। सिटीले कारोबार बन्द गरेको एक वर्ष नपुग्दै जेपी मोर्गनले बन्द गरेपछि नेपाली बैंकहरुसँग स्ट्यान्डर्ड चार्टर्ड मात्र विकल्पका रुपमा छ। स्ट्यान्डर्ड चार्टर्डको नेपालमा प्रत्यक्ष बैंकिङ कारोबार गर्ने शाखा पनि छ। 
जेपी मोर्गनको संसारका सय देशसँग कारोबार साझेदारी छ। दुई सय वर्षदेखि कारोबार गर्दै आएको यो बैंकको कूल सम्पत्तिको मूल्य २.३ टि्रलियन अमेरिकी डलर छ। नेपालले वार्षिक ८ सय अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय कारोबार गर्छ। अब नेपालको ठूलो कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग हुने छ। यहाँका अधिकांश बैंकले स्ट्यान्डर्ड चार्टर्डमा खाता सञ्चालन गरिसकेका छन्। वृहत भुक्तानी नेटवर्क नभए पनि स्ट्यान्डर्ड चार्टर्ड अन्तर्राष्ट्रिय भुक्तानीका लागि संसारभर चिनिएको बैंक हो। 
जेपी मोर्गन र सिटी विश्वव्यापी मान्यता प्राप्त बैंक भएकाले यसले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कको काम गर्दै आएको छ। नेपालले भुक्तानी, जमानी र प्रतिपतपत्रका लागि अमेरिकी बैंकमा खाता खोलेको थियो। 
नेपालमा कारोबार गर्दै आएका सिटी र जेपी मोर्गन बैंकले नेपाली बैंकले जारी गर्ने ग्यारेन्टी (जमानत) र प्रतितपत्र (एलसी) सोझै स्वीकार गर्न सक्थे। विदेशी कतिपय बैंकले भने नेपाली बैंकले जारी गरेको ग्यारेन्टी र एलसी स्वीकार गर्न अरु बैंकको सहारा लिनुपर्ने हुन्छ। 'एसली र बैंक ग्यारेन्टीमा केही समस्या हुन सक्छ,' ती बैंकरले भने, 'स्ट्यान्डर्ड चार्टर्डले नेपालमा प्रत्यक्ष बैंकिङ कारोबार गरिरहेकाले ठूलै समस्या भने हुँदैन।' उनले विदेशी बैंकले यसैगरी नेपाली बैंकसँग कारोबार नगर्ने प्रवृत्ति देखाए भविष्यमा बैंकिङ गर्न गाह्रो हुने जानकारी दिए।
यसअघि सिटी बैंकले नेपालका वाणिज्य बैंकहरु, अमेरिकास्थित नेपाली दूतावास र संयुक्त राष्ट्रसंघको स्थायी नियोगको खाता बन्द गरिदिएको थियो। त्यसपछि नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक र मस्रेक बैंकमा खाता सारेको थियो। 
नेपालले अन्तर्राष्ट्रिय जगतसँग गरेको प्रतिबद्धता अनुसार ऐन, कानुन निर्माण गरिसकेको छ। सरकारले पछिल्लो समय सम्पत्ति जफत, रोक्का तथा नियन्त्रण ऐन र सम्पत्ति शुद्धीकरण दोस्रो संशोधन ऐनसमेत कार्यान्वयनमा ल्याइसकेको छ।
अमेरिकी सरकारले सम्पत्ति शद्धीकरणको क्षेत्रमा काम नगरेका मुलुकका बैंकलाई आफ्नो देशमा खाता खोल्न कडाइ गर्दै आएको छ। यहीअनुरुप सिटी बैंकले खाता बन्द गरेको थियो। तर, पछिल्लो समय नेपालले प्रतिबद्धताअनुसार कानुन निर्माण र कार्यान्वयन गरिरहेको छ। 
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सिटीले सञ्चालन खर्च बढी भएका कारण देखाएर कारोबार बन्द गरेको बुझिएको छ। 'अमेरिकीहरु शुद्धीकरणको मुद्दामा अलि बढी नै संवेदनशील भएका कारण पनि कारोबार बन्द गरेको हुनसक्छ,' स्रोतले भन्यो। 
सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गर्ने मुद्रा निर्मलीकरण अनुगमनसम्बन्धी अन्तरसरकारी वित्तीय कार्यदल (एफएटिएफ) को सम्पूर्ण मापदण्डभित्र रहेर जेपी मोर्गनले कारोबार गर्छ। जेपी मोर्गनले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमार्फत आफूसँग खाता हुने बैंकबीच हिसाब मिलान गरिदिने गर्छ। जापानबाट कुनै वस्तु आयात गर्नु परे नेपालले जापानलाई जेपी मोर्गनमार्फत भुक्तानी दिन्छ। हरेक औपचारिक कारोबार यही प्रक्रियाअनुसार हुन्छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।