Monday 12 Ashwin, 2077 | September 28, 2020
Menu

अर्थ

दर्जन बढी संस्था दसैंअघि लाभांश बाँड्दै

(0 votes)
काठमाडौं — चार वाणिज्य बैंकसहित एक दर्जन कम्पनीले दसैंअघि वार्षिक साधारणसभा सकेर लाभांश वितरण गर्ने भएका छन् । दसैंअघि १५ बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न लागेका हुन्।
अधिकांशले असोज २३ गते साधारणसभा गर्दैछन् । साधारणसभा गर्ने संस्थाको मुख्य एजेन्डा लाभांश, गाभ्ने÷गाभिने र सेयर संरचना परिवर्तन गर्ने रहेको छ । साधारणसभा बोलाउनेमा एनएमबी क्यापिटल र नबिल क्यापिटल पनि छन् । दुवैले असोज २३ मा साधारणसभा डाकेका छन् । एनएमबीको साधारणसभाले गत वर्षको नाफाबाट ५२ लाख ६३ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । नबिलको भने खासै महत्वपूर्ण एजेन्डा छैन ।

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले साधारणसभा सिटिजन्स् बैंक इन्टरनेसलले बोलाएको छ । योसँगै एभरेस्ट बैंक, सानिमा बैंक र नेपाल एसबिआइ बैंकले पनि साधारणसभा डाकिसकेका छन् ।

असोज २२ मा हुन लागेको सिटिजन्स्को साधारणसभाले गत वर्षको नाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ३९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष बैंकको नाफा २२ करोड ४९ लाख थियो । बैंकले साधारणसभामा संस्थापक सेयर ७० बाट ५१ प्रतिशतमा झार्ने प्रस्ताव पनि लैजाँदै छ । उसले मर्जरमा जाने प्रस्ताव पनि पारित गर्दैछ । अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशतको अनुपातमा नगद लाभांश बाँडेको थियो ।

एभरेस्ट बैंकको असोज २३ मा हुने साधारणसभाले ६० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दैछ । उसले ५० प्रतिशत नगद लाभांश र १०.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ । गत वर्ष १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष १ अर्ब ९ करोड थियो । बैंकले गत वर्ष लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५८ रुपैयाँ नगद लाभांश दिएको थियो ।

त्यसै गरी नेपाल एसबिआइले असोज २३ मा गर्न लागेको साधारणसभाले ७.५ प्रतिशत नगद लाभांश र १२.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्ष ७७ करोड ५९ लाख रुपैयाँ नाफा गरेको थियो । उसले अघिल्लो वर्ष ४८ करोड नाफा गरेको थियो । गत वर्ष १२.५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सानिमा बैंकले असोज २४ मा साधारणसभा गर्दैछ । साधारणसभाले १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर दिनेछ । गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो वर्ष १२ करोड १७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्ष ५.५ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै युनिलिभर नेपाल लिमिटेडले असोज १८ मा साधारणसभा गर्नेछ । कम्पनीको सभाले ७ सय ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । महालक्ष्मी फाइनान्सले असोज २० मा गर्ने साधारणसभाले १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण गरी दुई सञ्चालक चयनसमेत गर्नेछ ।

बागमती डेभलपमेन्ट बैंकले असोज २० मा गर्न लागेको साधारणसभाले ७.३७ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्दैछ भने त्यही दिन हुन लागेको गरिमा विकास बैंकको साधारणसभाले पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर प्रस्ताव पनि पारित गर्दैछ । सभाले अर्को संस्थासँग गाभ्ने÷गाभिने प्रस्ताव अनुमोदन गर्दैछ ।

एकता विकास बैंकको असोज १९ मा हुने सभाले मर्जर प्रस्ताव पारित गर्नेछ । एभरेस्ट फाइनान्सको असोज २३ मा हुने सभाले संस्थापकबाट चार र सर्वसाधारणबाट दुईजनालाई सञ्चालक समितिमा चयन गर्नेछ । सभाले १५ प्रतिशत बोनस सेयर अनुमोदन गर्दै मर्जर प्रस्ताव पनि पारित गर्नेछ ।

राइजिङ डेभलपमेन्ट बैंकको असोज २३ मा हुने साधारणसभाले १४.०५ प्रतिशत नगद लाभांश र सात प्रशित बोनस सेयरसहित मर्जर प्रस्ताव अनुमोदन गर्दैछ । फस्र्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको पनि त्यही दिन हुने सभाले १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । असोज २३ मै हुने कैलाश विकास बैंकको सभाले नौ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयरसँगै मर्जर प्रस्ताव अनुमोदन गर्दैछ ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।