Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

अर्थ

प्राथमिक निष्कासनमा आवेदक बढे

(0 votes)
काठमाडौं— दोस्रो बजारमा सेयर मूल्य खासै नबढे पनि सेयरको प्राथमिक निष्कासनमा भने सर्वसाधारणको आकर्षण बढेको छ । पछिल्ला वर्ष बजार सुस्ताउँदा लगानीकर्ताको आकर्षण घटेको सेयरमा पछिल्लो केही महिनायता प्राथमिक निष्कासमा आकर्षण बढेर गएको हो।
एक वर्षयता बैंक तथा वित्तीय संस्थाहरुको प्राथमिक सेयरमा कम्तीमा सात गुणादेखि ६२ गुणासम्म आवेदन पर्न थालेको छ । एक वर्ष अघिसम्म पुँजी बजार घटेका कारण कम्पनीहरुले निष्कासन गर्ने प्राथमिक सेयरमा सर्वसाधारणको आकर्षण न्यून थियो । केही वित्तीय संस्थाको सेयरमा आवश्यक मात्रामा आवेदनसमेत परेको थिएन ।

२०६५ भदौ १५ गते ११ सय ७५ अंक छोएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक त्यसपछि घटेर तीनभन्दा सय तल आएको थियो । त्यसबीचमा आएका राम्रै कम्पनीको प्राथमिक निष्कासनमा पनि सर्वसाधारणको खासै खाकर्षण देखिएको थिएन । एक वर्षयता लगानीकर्ताको आत्वविश्वास फेरी प्राथमिक निष्कासनमा फर्किएको हो । दोस्रो बजार पनि उकालो लाग्न थालेकाले त्यसको असर प्राथमिकमा परेको हो ।

‘कम्पनीहरुले आर्षक प्रतिफल दिन थालेको र निक्षेपको ब्याजदर पनि घटेकाले प्राथमिक सेयरमा आकर्षण देखिएको हो,’ एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले नागरिकसँग भने, ‘जलविद्युत, लघुवित्त विकास बैंकको सेयरमा बढी आकर्षण देखिएको छ ।’ उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत जलविद्युत र लघुवित्त विकास कम्पनीहरुले राम्रो गरेका कारण नयाँ आउने सेयरमा लगानीकर्ताको सहभागिता बढेको जानकारी दिए ।

‘एक वर्षअघिसम्म पनि नेप्सेमा खास ठूलो कारोबार थिएन, त्यही भएर लगानीकर्ता आकर्षित थिएनन्,’ घिमिरेले भने, ‘अहिले कारोबार रकम पनि बढेर गएको छ । सय रुपैयाँको सेयरको पहिलो कारोबार १६० रुपैयाँ माथि हुने गरेकाले पनि लगानीकर्ता आकर्षित हुन थालेका छन् ।’

पछिल्लो एक वर्षको अवधिमा प्राथमिक सेयर निष्कासन गरेका वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनी र जलविद्युत कम्पनीको प्राथमिक निष्कासनमा तोकिएकोभन्दा धेरै गुणा आवेदन पर्न थालेको छ ।

भर्खरै सेयर निष्कासन गरेको कालिका माइक्रोक्रेडिट विकास बैंकको सेयरमा ६२ गुणा बढी आवेदन परेको छ । यसले दुई करोडको सेयर निष्कासन गरेको थियो । सानिमा माई हाइड्रोपावर कम्पनीको सेयरमा २९ गुणा बढी आवेदन परेको छ । कम्पनीले २१ करोड १० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गरेको छ ।

‘अहिले तरलता बढेका कारण संस्थागत लगानीकर्ताको सहभागिता प्राथमिक सेयरमा बढी देखिएको छ,’ सेयर ब्रोकर कम्पनी दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका प्रबन्ध निर्देशक दिनेश सापकोटाले भने, ‘यसले गर्दा साना लगानीकर्तामा आकर्षण थपिएको हो ।’

सिभिल बैंक लिमिटेडको ८० करोडको सेयरमा साढे ५ अर्बभन्दा बढीको आवेदन परेको थियो । यो आवेदन करिब ७ गुणा बढी हो । सिभिलपछि कमर्ज एन्ड ट्रस्ट बैंकले ६० करोडको सेयर निष्कासन गरेको थियो । कमर्जको सेयरमा १२ गुणाभन्दा बढी आवेदन परेको थियो । कमर्जको सेयरमा ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

यी दुवै बैंकको सेयरलाई पछि पार्दै मेगा बैंकको सेयरमा लगानीकर्ताले अझ बढी आकर्षण देखाए । मेगा बैंकले ६९ करोड ९० लाखको सेयर निष्कासन गरेकोमा लगानीकर्ताले १४ अर्ब २० करोड रुपैयाँको आवेदन दिएका थिए । यो २२ गुणा बढी हो ।

साना किसान विकास बैंकको ६ करोड रुपैयाँ बराबरको सेयरमा ३६ गुणा बढी आवेदन परेको थियो । लगानीकर्ताले यसको सेयरमा ५ करोड ५२ लाख रुपैयाँको आवेदन हालेका थिए । रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी) को सेयरका लागि लगानीकर्ताले १२ गुणा बढी आवेदन हालेका थिए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।