Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अर्थ

०७१ मा १ सय ४० मेगावाट थपिने

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २०७१ सालमा १४ जलविद्युत आयोजना पूरा भई १ सय ४० मेगावाट बिजुली थपिए पनि हिउँदको लोडसेडिङ भने यथावत रहने छ।
विस्तृतमा पढ्नुस्

तल्लो अरुणको ब्रास पावर सम्पर्कविहीन

काठमाडौं - चार सय मेगावाट तल्लो अरुण जलविद्युत आयोजना बनाउन उत्पादन अनुमतिपत्र लिएको ब्राजिलको ब्रास पावर कम्पनी विगत ४ महिनादेखि सम्पर्कबाहिर छ।
विस्तृतमा पढ्नुस्

क्षतिपूर्ति माग्दै हुलाकी सडकको ठेकेदार

काठमाडौं-एक वर्षदेखि हुलाकी सडक निर्माणस्थलबाट भागेको विश्व बिभिएसआर जेभी कम्पनीले भारतको विवाद समाधान समितिमा क्षतिपूर्ति माग्दै उजुरी दिएको छ। नेपालले जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएको आरोप लाउँदै उसले उजुरी दिएको हो।
विस्तृतमा पढ्नुस्

राइस मिलको नाममा अवैध फिरफिरेलाई बिजुली

धादिङ-जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कार्यालय धादिङमा दर्ता भई विद्युत प्राधिकरण प्रशाखा कार्यालय गजुरीको रेकर्डमा पिडाको गलौंदीमा रक्तकाली ग्रिल उद्योग र भिमसेन राइस मिलको नाममा मिटर जडान गरिएको छ।
विस्तृतमा पढ्नुस्

निक इलेक्ट्रो टेक सुरु

काठमाडौं– विद्युतीय सामग्रीको प्रदर्शन तथा प्रबर्द्धनका लागि सातौं 'निक इलेक्ट्रो टेक २०१४' काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
विस्तृतमा पढ्नुस्

प्राधिकरणलाई सित्तैँमा मोनोपोल

काठमाडौं-५० मेगावाट माथिल्लो मर्स्याङ्दी ‘ए' जलविद्युत आयोजना बनाइरहेको सिनो हाइड्रो सगरमाथा कम्पनीले नेपाल विद्युत प्राधिकरणलाई ४५ करोड रुपैयाँ बराबरको मोनोपोल (स्टिल पोल) निःशुल्क उपलब्ध गराउने भएको छ।
विस्तृतमा पढ्नुस्

आपतकालीन व्यवस्थाबाट मर्स्याङ्दी करिडोर बनाइने

बेसीसहर (लमजुङ)- देशका विभिन्न जिल्लामा प्रसारण लाइन निर्माणमा समस्या उत्पन्न भइरहँदा नेपाल विद्युत प्राधिकरणले २२० केभी मर्स्याङ्दी करिडोर आपतकालीन व्यवस्थाबाट निर्माण गर्ने तयारी गरेको छ। मर्स्याङ्दी नदी बेसिनमा निजी क्षेत्रद्वारा निर्माणाधीन करिब ३ सय मेगावाट बराबरका आयोजनाबाट उत्पादित बिजुली प्रसारण…
विस्तृतमा पढ्नुस्

ऊर्जामा १६ अर्ब सहायता दिने प्रतिबद्धता

काठमाडौं– युरोपियन इन्भेस्टमेन्ट बैंकले जलविद्युत आयोजना तथा प्रसारण लाइन निर्माण एवं विस्तारका लागि करिब १६ अर्ब रुपैयाँ सहायता दिने प्रतिबद्धता जनाएको छ। बैंकले ब्रसेल्समा भएको एसिया प्रोग्रामिङ कन्स्युलेसन बैठकका क्रममा यो सहयोग गर्ने प्रतिबद्धता जनाएको हो। 
विस्तृतमा पढ्नुस्

बूढीगण्डकी ६ सय ६५ मेगावाट बन्ने

काठमाडौं-बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना ६ सय ६५ मेगावाट क्षमतामा निर्माण गर्ने गरी विस्तृत अध्ययन गरिने भएको छ। परामर्शदाताले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार उक्त क्षमतालाई नै आधिकारिक मानी अध्ययन गरिने छ।
विस्तृतमा पढ्नुस्

लघु जलविद्युतको उज्यालोले चम्कँदै दुर्गम

गोरखा-गोरखा सदरमुकाममा दैनिक साढे तीन घन्टा हुने लोडसेडिङ सदरमुकामबाट ४० कोसभन्दा टाढाका गाउँमा कहिल्यै हुँदैन। सदरमुकामबाट एक सातासम्म पैदल हिँडेर जानुपर्ने यस्ता थुप्रै गाउँ लोडसेडिङमुक्त छन्।
विस्तृतमा पढ्नुस्

भारतमा किनेको बिजुली उतै बेचिने

काठमाडौं-अन्तरदेशीय प्रसारण लाइन (४०० केभी) बनेपछि भारतबाट ल्याउन सम्झौता भएको १ सय ५० मेगावाट बिजुली भारतमै बिक्री गर्ने तयारी गरिएको छ।
विस्तृतमा पढ्नुस्

‘लोडसेडिङले उद्योग चलाउन निकै गाह्रो’

विराटनगर-मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्ने उद्योगी–व्यवसायीले १२ घन्टा लामो लोडसेडिङले उद्योग चलाउन गाह्रो भएको ऊर्जामन्त्री राधा ज्ञवालीलाई सुनाए।
विस्तृतमा पढ्नुस्

सुपर दोर्दी ‘ख'का सेयरधनी उत्साहित

लमजुङ-जिल्लाको पूर्वी भेगस्थित ढोडेनी र फलेनी गाविसको बीचबाट बग्ने दोर्दीखोलामा निर्माण गर्ने भनिएको ४९.६ मेगावाटको सुपर दोर्दी ‘ख' जलविद्युत आयोजनाले उत्पादन अनुमति पाएपछि स्थानीय सेयरधनी उत्साहित भएका छन्।
विस्तृतमा पढ्नुस्

माथिल्लो दोर्दीमा ४ अर्ब लगानी जुट्यो

काठमाडौं-माथिल्लो दोर्दी ‘ए' जलविद्युत आयोजनामा ९ वित्तीय संस्थाले ३ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने भएका छन्। लिबर्टी इनर्जी हाइड्रो पावर प्रालिद्वारा प्रवर्द्धित उक्त आयोजनामा नेपाल इनभेष्टमेन्ट बैंकको अगुवाइमा बैंकहरुले लगानी गर्ने भएका हुन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed