Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अर्थ

०७१ मा १ सय ४० मेगावाट थपिने

  • सोमबार १ बैशाख, २०७१
  • लक्ष्मण वियोगी
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २०७१ सालमा १४ जलविद्युत आयोजना पूरा भई १ सय ४० मेगावाट बिजुली थपिए पनि हिउँदको लोडसेडिङ भने यथावत रहने छ।

मागको तुलनामा उत्पादन कम हुने र हरेक वर्ष १० प्रतिशतले माग बढ्ने हुँदा उत्पादन थपिँदा पनि लोडसेडिङमा सकारात्मक योगदान नहुने स्थिति देखिएको हो। २०७१ सालमा त्योभन्दा बढी बिजुली उत्पादन नहुने तर अघिल्लो वर्षको तुलनामा भारतबाट ५० मेगावाट बढी आयात गर्न सके हिउँदको लोडसेडिङ २ देखि ३ घन्टासम्म कम हुन सक्ने विद्युत व्यापार विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
'यो वर्षको हिउँदसम्म ४० मेगावाट मात्र थपिन्छ, बाँकी चैतको अन्त्यसम्ममा थपिन्छ,' शाक्यले भने, 'माग थपिँदै जाने हुँदा उक्त बिजुलीले लोडसेडिङ कम गर्न योगदान पुर्‍याउँदैन।' गत वर्षजस्तै लोडसेडिङ १२ घन्टामै सीमित राख्न भने सकिने उनले बताए। भारतीय सीमा जोडिएका रक्सौल र टनकपुरको १३२ केभी प्रसारण लाइन सुदृढीकरण गरे थप ५० देखि ६० मेगावाट बिजुली ल्याउन सकिने उनले जानकारी दिए।
गत वर्ष हिउँदमा प्राधिकरणले भारतबाट प्रतियुनिट औसत ८ रुपैयाँ ६४ पैसामा अधिकतम १ सय ९० मेगावाटसम्म बिजुली किनेको थियो। आगामी हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न थप बिजुली किन्नुको विकल्प छैन। चैतसम्म थपिएको बिजुलीले २०७२ सालको हिउँदमा मात्र लोडसेडिङ घटाउन मद्दत पुग्ने प्राधिकरणका कर्मचारी बताउँछन्।
निर्माणाधीन आयोजनामध्ये सिनो हाइड्रोले बनाइरहेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, 'ए' र सानिमा बैंकको अगुवाइमा बनिरहेको २२ मेगावाटको सानिमा माई ठूला आयोजना हुन्। प्राधिकरणद्वारा निर्माणाधीन कुनै आयोजना यो वर्ष पनि पूरा हुँदैनन्। २ वर्षअघि नै पूरा हुनुपर्ने ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो सम्पन्न हुन अझै डेढ वर्ष लाग्ने देखिएको छ।
निजी क्षेत्रले हरेक वर्ष प्रसारण लाइनमा थपेको २० देखि ३० मेगावाट र भारतबाट किनेको बिजुलीको भरमा विगत ८ वर्षदेखि माग र आपूर्तिको सन्तुलन कायम हुँदै आएको छ। कुसाहा–कटैया १३२ केभी प्रसारण लाइनमार्फत गत वर्ष ७० मेगावाटसम्म आयात गरिएको थियो। यो वर्ष भारततर्फको ३ किलोमिटर कन्डक्टर फेरेर थप ४० मेगावाटसम्म आयात गर्न सकिने बताइएको छ। तर, गत वर्ष हिउँदैमा पूरा हुने भनिएको उक्त प्रसारण लाइन बनाउन भारतले अहिलेसम्म अनुमति दिएको छैन। चार वर्षमा पनि यो समस्या यथावत नै रहने प्राधिकरणका एक इन्जिनियर बताउँछन्।
यो वर्ष थपिने बिजुलीले बर्खाको लोडसेडिङ भने थप एक घन्टा कम गर्ने छ। गत वर्षको बर्खामा दैनिक २ घन्टा लोडसेडिङ थियो। यस्तै २०७२ पछि विस्तारै बर्खाको बिजुली खेर जाने र हिउँदमा अपुग हुने प्राधिकरणको अनुमान छ। हिउँदको लोडसेडिङ कम गर्न भारतबाट बिजुली किन्नुको विकल्प नरहेको जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधानले बताए।
'बर्खामा बढी भएको बिजुली भारतमा बेच्नुभन्दा बैंकिङ गर्ने (हिउँदमा लिने गरी भारतलाई दिने) र नपुगेको व्यापारिक दरमा किन्ने पद्धतिमा जानुपर्छ,' उनले भने, 'यो प्रणाली कार्यान्वयन गर्ने हो भने बर्खामा खेर जाने र हिउँदमा नपुग्ने बिजुली व्यवस्थापन गर्न सकिन्छ। प्राधिकरण तथा सरकारले योजनाका चाङ बनाए पनि लोडसेडिङ कम गर्ने योभन्दा उत्तम विकल्प नरहेको उनको दाबी छ।
भारतबाट अन्तरदेशीय प्रसारण लाइनबाहेक अन्य नाकाबाट पनि थप बिजुली ल्याउन सकिने प्रधानले बताए। उनका अनुसार १३२ केभीका अनारमनी–सिलगुढी, कटैया–कुसाहा दोस्रो सर्किट, विरगन्ज–रक्यौल, भैरहवा–गोरखपुर र टनकपुरमा सुदृढीकरण गरे थप ७ सय ५० मेगावाट आयात गर्न सकिन्छ। अन्दरदेशीय प्रसारण लाइनबाट १ हजार २ सय मेगावाटसम्म आयात गर्न सकिन्छ। यो प्रणालीमा काम गर्दा बर्खाको बिजुली आवश्यकताअनुसार बेच्न वा बैंकिङ गर्न र हिउँदमा ल्याउन सकिने उनले स्पष्ट पारे।
प्राधिकरणले गत चैतसम्म २ हजार ७ मेगावाट बराबरका १ सय ५४ आयोजनाको पिपिए गरिसकेको छ। तीमध्ये ३५ सञ्चालनमा र ३७ निर्माणाधीन छन्। धमाधम पिपिए गरिँदै आए पनि लक्ष्यअनुसार बिजुली थपिन सकेको छैन। प्राधिकरणका आयोजनामा कर्मचारी, राजनीतिक दलको चलखेल हुने र निजी क्षेत्रले निर्माण सामग्रीको मूल्य बढ्दै जाँदा बिजुली उत्पादनको लक्ष्य पूरा हुन नसकेको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्।
अनुत्पादक गतिविधिलाई बढावा दिँदै विद्युत विकास विभागले पनि हालसम्म २ हजार ३ सय ५४ मेगावाटका ८९ आयोजनाको उत्पादन अनुमतिपत्र बाँडिसकेको छ। यसैगरी ६ हजार ३ सय ३७ मेगावाट बराबर आयोजनाका लागि अध्ययन अनुमतिपत्र जारी गरेको विभागले जनाएको छ। तीमध्ये ६ हजार २ सय १६ मेगावाट जलविद्युत, १ सय ४ मेगावाट सोलार, ५ मेगावाट वायुऊर्जा र ११ मेगावाट बायोमासका लागि अध्ययन अनुमतिपत्र दिइएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।