Sunday 18 Jestha, 2077 | May 31, 2020
Menu

अर्थ

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर

प्रकटकुमार शिशिर २०७० जेठदेखि नागरिक दैनिकको आर्थिक व्युरोमा कार्यरत पत्रकार हुन्। उपभोक्ता अधिकार, आइटी, कर्पोरेट, अटोमोबाइल्समा दक्खल राख्ने शिशिर एक दशकदेखि पत्रकारितामा सक्रिय छन्। Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

लेबनानमा अलपत्र ३७ युवतीको उद्धार

  • देश
काठमाडौं- लेबनानमा अलपत्र ३७ महिलासहित ३९ नेपाली कामदारलाई सोमबार उद्धार गरी काठमाडौं ल्याइएको छ। म्यानपावर कम्पनी र एजेन्टमार्फत रोजगारका लागि त्यहाँ पुर्या३इएका उनीहरुलाई सरकार, इजिप्टस्थित नेपाली दूतावास र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) को प्रयासमा उद्धार गरिएको हो।

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्।
२०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र हेर'को रणनीतिमा रहेका व्यवसायी राजनीतिमा आएको सकारात्मक प्रभाव र बदलिँदै गएको श्रम सम्बन्धका कारण २०७१ मा नयाँ उद्योग खोल्ने र भइरहेकामा प्रविधि तथा लगानी थप्ने योजनामा छन्। २०७१ लाई साना, ठूला दुवैखाले उद्योगी व्यवसायीले अवसरको वर्ष भनेका छन्।

अनावश्यक सिफारिस थोपर्दै रोजगार विभाग

काठमाडौं-नेपालका लागि साउदी अरेबियाको राजदूतावास काठमाडौंमै छ। काम गर्न साउदी जाने नेपालीको राहदानीमा स्ट्याम्पिङ र भिसाको काम उक्त दूतावासले गर्न थालेको २५/२६ दिन भइसक्यो।

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै किन्नुपर्ने बाध्यताले खर्च बढ्दो छ।

वैदेशिक रोजगार संघमा सधैं विवाद

काठमाडौं-दुई वर्षअघि चैत २४ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव जितेर अध्यक्ष बनेका बलबहादुर तामाङको त्यसयताको समय पदबाट हट्ने र बहाली हुने उपक्रममै बित्यो। चारपटक अध्यक्षबाट हटेका तामाङपछि अहिले हंशराज वाग्ले अध्यक्ष छन्।

शुद्धता परीक्षणबिनै सुन किनबेच

काठमाडौं - महँगो धातु सुनका गरगहनाको किनबेच शुद्धता परीक्षणबिनै हुने गरेको छ। देशभरि करिब १५ हजार सुनचाँदी पसलले शुद्धता प्रमाणित नगरेका गरगहना बेचिरहेका छन्। सुनको शुद्धता जाँच्ने मेसिन नहुँदा ग्राहकसँग बिक्रेताको भनाइमा विश्वास गरेर पैसा खन्याउनुको विकल्प छैन।

उदाउँदो सहर

बागलुङ- २०४८ चैत २४ गते बागलुङमा पहिलोपटक ट्रक आउँदा विकासको फड्को मारेको अनुभूति गरेका स्थानीयबासी अहिले राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणमा कालीगण्डकी करिडोर र पश्चिममा मध्यपहाडी लोकमार्गले विकासको ढाँचा परिवर्तन गर्दा गर्व गरिरहेका छन्।



बागलुङलाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ

बागलुङ उद्योग वाणिज्य संघ स्थापनाको ५० वर्ष पुरा भएको छ। विभिन्न आरोहअवरोह पार गर्दै संघले पर्यटन तथा व्यवसाय प्रवर्द्धन, कर, व्यावसायिक शिक्षा लगायतका कार्यक्रमलाई अघि बढाउँदै आएको छ। स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु अघि सारेको छ। संघको मातहतमा २२ वटा वस्तुगत संघ स्थापना भएका। संघको गल्कोट र बुर्तिबाङमा समेत इकाई खुलेका छन्। स्थानीय उत्पादनको बजारीकण, यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार सहित कला संस्कृतिको संरक्षण गर्न चैत्राष्टमी मेलाको अवसरमा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बाग्लुङ महोत्सव २०७० आयोजना गरिएको छ। महोत्सवलगायत बाग्लुङको आर्थिक समृद्धिको विषयमा उद्योग वाणिज्य संघ बाग्लुङका अध्यक्ष बसन्तकुमार श्रेष्ठसँग नागरिकले गरेको कुराकानीः
बागलुङ महोत्सव गर्नुको उद्देश्य के हो?
बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने हाम्रो मुख्य उद्देश्य हो। अहिले चौथो पटक महोत्सव गर्दैछौं। पर्यटन व्यवसायको प्रवर्द्धन, कृषि मेला प्रर्दशनी, स्थानीय उत्पादनसहित यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारमा हामी केन्द्रित भएका छौं। जिल्लाको भविष्य पर्यटन, कृषि, माइक्रोहाइड्रो, उद्योगधन्दा, लघु उद्यमसँग जोड्न चाहन्छौं। यीनको व्यवसायी प्रवर्द्धन गर्नुनै महोत्सवको उद्देश्य हो। महोत्सवमा २ सय ५० स्टल मध्ये ४० बढी स्टल स्थानीय उत्पादनका छन्।
महोत्सवको आकर्षण केके रहेका छन्?
महोत्सवमा स्थानीय कला संस्कृति उजागर गर्न विभिन्न झाँकी, घाटु, हनुमान, भदौरे, सोरठी, सिस्नु खोस्ने खेल लगायतका नाच प्रस्तुत गरिने छ। बाग्लुङ कालिका मन्दिरको दर्शन, सस्तो मूल्यमा हेलिकप्टरबाट बाग्लुङ सहित धौलागिरीका पर्यटकीय स्थलको अवलोकन, हस्तकला, कृषि जडिबुटीको प्रर्दशनी, राष्ट्रिय कलाकारबाट सांगीतिक कार्यक्रम प्रस्तुत गरिनेछ। कालीगण्डकी नदीमा पाइने शालिग्राम, अस्ट्रिच चरा, फोटो प्रर्दशनीको अवलोकनको व्यवस्था मिलाइएको छ। १७ इभेन्टमा रमाइलो मेला लगायत छन्। 
हरेक वर्ष हुने महोत्सव मेलाले स्थानीयलाई के फाइदा पुग्छ?
जनताले पर्यटनको बारेमा महत्व नबुझ्दासम्म पर्यटकीय स्थल भए पनि स्वदेशी तथा विदेशी पर्यटकको आगमनको सम्भावना न्यून हुन्छ। चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको मेला महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्यायउँदै यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार स्थानीय उत्पादनको बजारीकण हुन्छ। सेतो छाला भएका विदेशीलाई मात्र पर्यटक भन्ने गलत संस्कारको अन्य गर्नकोलागि पनि यसले टेवा पुर्याहउँछ। बाहिरी जिल्ला, ग्रामीण क्षेत्रबाट बजारमा आए पनि आर्थिक गतिविधि बढ्छ। यहाँको व्यापार व्यवसायमा वृद्धि हुन्छ। पैसा भएर पनि खर्च गर्ने अवसर नपाएकाहरुले आफ्नो रुचिअनुसार महोत्सवबाट फाइदा लिन सक्छन्। 
बागलुङको पर्यटन प्रवर्द्धन र विकासको लागि मुख्य योजना के छ?
पर्यटनको लागि पूर्वाधार निर्माण, हस्पिटालिटी र प्रचारप्रसारलाई मुख्य प्राथमिकता बनाउनु पर्छ। पर्यटन विकासको मुख्य प्रवेशद्वार हो।
बाग्लुङमा रहेको मुलुककै एकमात्र ढोरपाटन सिकार आरक्ष, घुम्टे लेक, गाजाको दह, भकुण्डे लगायतका विभिन्न पर्यटकीय स्थल भए पनि 'ट्रेकिङ रुट'को अभावले समस्या सिर्जना भएको छ। बाग्लुङदेखि ढोरपाटनसम्म 'ट्रेकिङ रुट' निर्माण गर्न सके ढोरपाटनमा सिकार गर्न आउने पर्यटक हेलिकप्टर चार्टर गरेर नभई ट्रेकिङ गर्दै ढोरपाटन पुर्या उन सके जिल्लाले धेरै आर्थिक फाइदा लिन सक्छ। यहाँ रहेका धार्मिक तथा प्राकृतिक सौन्दर्यताको प्रचारप्रसार गर्नु आवश्यक छ। जिल्लाका गहनालाइ सेल गर्न नसकेको कारण विदेशी आउन सकेका छैनन्। यसमा राजनीतिक नेतृत्व जिम्मेवार हुन आवश्यक छ। 
बाहिरबाट आउने पर्यटकलाई व्यहाँका स्थानीयले गर्ने आत्मीय व्यवहारले समेत प्रभाव पारेकोले आतिथ्यमा समेत ध्यान दिनु पर्छ। गाउँगाउँमा होम सेटलाई समेत विस्तार गर्नु पर्छ। 
बागलुङमा लगानीको क्षेत्र के के छन्?
बागलुङको भविष्य र उत्पादनको पहिचान गर्नु जरुरी छ।
अब हामीले दुरगामी सोच राखेर योजनावद्ध आर्थिक विकासको लागि लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ। बागलुङ रेमिटेन्सले चलिरहेको छ। पर्यटनका विकासका लागि यहाँका कुनै निकायले पनि त्यती चासो दिएको देखिदैन। पर्यटन क्षेत्र, होटल व्यवसाय, जलस्रोतमा लगानीको प्रचुर सम्भावना छ। कृषि र पशु क्षेत्रको आधुनिकीकरण गर्न लगानीको खाँचो छ। मागअनुसारको उत्पादनमा लगानी गर्न सकिरहेका छैनौं। कफी, नेपाली हाते कागजको उत्पादनलाई बढाउन सकिन्छ। यहाँ भित्रिने करोडौं रेमिटेन्सको उपयुक्त क्षेत्रमा लगानी गर्नु आवश्यक छ। घर—घरमा लघु उद्यमी निर्माण गर्दै रोजगारीको सिर्जना गर्दै उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुर्यारउनु पर्छ । यहाँका उत्पादन गरेका वस्तु निर्यात गर्ने व्यवस्था मिलाउनु पर्छ। 
संघले स्वर्ण जयन्ती मनाइरहँदा के कस्ता योजना अघि सार्नुभएको छ त?
पचास वर्षमा प्रवेश गरेको अवसरमा वर्षभर कम्तीमा महिनामा एक कार्यक्रम पर्ने गरी १२ कार्यक्रम तय गरेका छौं। मेला महोत्सवसहित व्यवसायीहरुका लागि कर शिक्षा र राजस्व सम्बन्धी कार्यक्रम, विभिन्न विद्यालयमा फर्निचर वितरण, बाग्लुङ बजारमा सिसी क्यामेरा जडान, लोकतान्त्रिक चोकमा स्तम्भ निर्माण, रक्तदान, साहित्यिक कार्यक्रम, पर्यटकीय स्थलको प्रचार लगायत छन्।
बाग्लुङ उद्योग वाणिज्य संघको ५० वर्षे इतिहासलाई के काम भए?
संघको पाँच दशकको इतिहासमा यहाँको व्यापार व्यवसाय संस्थागत भएको छ। संघको माताहतमा यहाँ २२ वटा वस्तुगत संघको उदय भएको छ। जिल्लाको गल्कोट र बुर्तिबाङमा उद्योग इकाई स्थापना भएका छन्। व्यवसायी हकहितसहित थुप्रै सामाजिक उत्तरदायित्व सहितका काम गर्दै अहिले स्वर्ण जयन्ती मनाउन पाउँदा संस्थापकदेखि पूर्व अध्यक्षहरुको योगदान महत्वपूर्ण रह्यो । यो अवधिमा मुख्य व्यवसायीको हकहितको सुरक्षाका लागि काम गर्दै व्यवसायीका समस्या समाधान गर्दै र समय सुहाउँदो व्यवसायलाई बढावा दिएका छौं। सामाजिक उत्तरदायित्वलाई आत्मसात गरेर अगाडि बढ्ने काम भइरहेको छ।

मनाङमा चार्टर रोक्ने चेतावनी

हुम्दे (मनाङ),-मनाङको हुम्दे विमानस्थलमा कुनै पनि एयरलाइन्सले नियमित उडान नभरेपछि ‘चार्टर' गरेरमात्र आउने विमानलाई मनाङ मै रोकिदिने स्थानीयले चेतावनी दिएका छन्।

अवैध कामदार फर्काउन पहल

  • प्रवास
काठमाडौं- दक्षिण कोरियाले आफूकहाँ अवैध बसिरहेका नेपाली कामदारलाई तत्काल नफर्काइए इपिएसमार्फत् नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएपछि सरकारले उनीहरूको तथ्यांक निकालेर आफन्तसँग पत्राचार गर्ने भएको छ।

अवैध नेपाली तत्काल नफर्काए ‘इपिएस बन्द' गर्ने दक्षिण कोरियाको चेतावनी

काठमाडौं-दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेको' लिखित जानकारी दिँदै उनीहरूलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ।
Subscribe to this RSS feed