Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

सगरमाथामा नयाँ नियम

(0 votes)
सगरमाथामा नयाँ नियम
काठमाडौं- पहिले सगरमाथा आरोहण दलको सम्पर्क अधिकृत (लियाजों अफिसर) भएर आधारशिविर जान 'तँछामछाड' गर्ने सरकारी कर्मचारी अहिले यो कामप्रति चासो दिन छाडेका छन्। 
सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने दलको सम्पर्क अधिकृत भएर जाँदा राम्रो आम्दानी हुने भए पनि यसपालि वसन्त ऋतुबाट लागू हुने गरी सरकारले नयाँ नियम ल्याएपछि कर्मचारीले चासो दिन छाडेका हुन्। 
'यसअघि जुनसुकै वर्ष पनि सम्पर्क अधिकृतका रूपमा सगरमाथा जान कर्मचारी बढी आकर्षिति थिए,' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले सोमबार नागरिकसँग भन्यो, 'यसपालि भने चासो कम भएकाले उपयुक्त व्यक्ति छानीछानी पठाउन पाइएको छ।'
मन्त्रालयले यो वसन्त ऋतुबाट सम्पर्क अधिकृत सगरमाथा आधारशिविर पुग्नैपर्ने र त्यहाँस्थित सम्पर्क कार्यालयमा दिनहुँ हाजिर गर्नैपर्ने बाध्यकारी नियम ल्याएपछि सरकारी कर्मचारीको आकर्षण कम भएको हो। नयाँ नियमअनुसार सम्पर्क अधिकृत तोकिएपछि उसलाई मन्त्रालयले दिनहुँ पछ्याउने छ। 
आधारशिविरस्थित सम्पर्क कार्यालयले सम्पर्क अधिकृतले दिनहुँ गरेको हाजिर 'स्क्यान' गरेर मन्त्रालयमा पठाउने व्यवस्था मिलाइएको छ। यहाँबाट गएदेखि आरोहण दल फिर्ता नभएसम्म सम्पर्क अधिकृतबारे मन्त्रालयले जानकारी राखिरहने छ।
ट्रेकिङ कम्पनीहरूका अनुसार एकपटक सम्पर्क अधिकृत भएर सगरमाथा जान पाए सरकारी कर्मचारीले २ हजार ५ सय अमेरिकी डलर (करिब २ लाख ५० हजार रुपैयाँ) सम्म आम्दानी गर्छन्। त्यही भएर कर्मचारी यो काममा मरिमेट्छन्। आफ्नो तलब, दैनिक भ्रमण भत्ता पनि पाकिरहन्छ। 
'एकैचोटि लाखौं आम्दानी हुने काम भए पनि सम्पर्क अधिकृत अग्रिम रकम बुझेर बीचबाटोबाटै गायब हुन्थे। हाम्रो अनुमानमा ९० प्रतिशत सम्पर्क अधिकृत आधारशिविरमै पुग्थेनन्,' लामो समयदेखि सगरमाथा आरोहण व्यवस्थापन गर्दै आएको एक ट्रेकिङ कम्पनीका अधिकारीले नागरिकसँग भने, 'आधारशिविरतिर जाँदाजाँदै पेट दुख्यो, टाउको दुख्योजस्ता बहाना गरेर जान मान्थेनन्, कामै नगरी पैसा लिने प्रवृत्ति हावी थियो। अबको नियमले ठूलो राहत पुग्नेछ।'
उनका अनुसार अधिकांश सम्पर्क अधिकृतको 'तरिका' बाट आजित भएपछि ट्रेकिङ कम्पनीहरूले नै बरु थप पैसा दिएर फिर्ता पठाइदिने गरेका थिए। 'सम्पर्क अधिकृत भएर सगरमाथा आधारशिविर जाने कामलाई सरकारी कर्मचारीले 'बोनस' का रूपमा लिएका थिए। कामै नगरी लाखौं कमाउन पाउँथे,' उनले भने, 'हिमालको सुरक्षाका लागि राज्यको प्रतिनिधित्व गरेर जाने त्यस्ता अधिकृतबाट मुलुक र विदेशी आरोहीले के आशा गर्ने?'
पर्यटन मन्त्रालयले चार किसिमबाट सम्पर्क अधिकृत खटाउने गरेको छ। स्नातक तह उत्तीर्ण गरी सम्पर्क अधिकृतको तालिम लिएका कम्तीमा नासु स्तरको कर्मचारी (व्यवहारमा उपसचिव स्तरसम्मका सम्पर्क अधिकृत भएर जाने गरेका छन्), सगरमाथा आरोहण गरेका सरकारी कर्मचारी, सुरक्षा निकायका तालिमप्राप्त कर्मचारी र सगरमाथा आरोहण गरेका नेपाली आरोहीमध्येबाट सम्पर्क अधिकृत हुन पाउँछन्। 
यसपालिदेखि आरोहण पूरा गरेपछि दलका सबै सदस्यले पर्यटन मन्त्रालय आएर सम्पूर्ण गतिविधि जानकारी गराउनुपर्छ। 'सम्पर्क अधिकृतबारे कुनै न कुनै सदस्यले गुनासो गरिहाल्छन्,' मन्त्रालय स्रोतले भन्यो, 'आधारशिविर नपुग्ने अधिकृतलाई कारबाही हुन्छ।'
मन्त्रालयका अनुसार गत वर्ष पनि केही सम्पर्क अधिकृत बीच बाटोबाटै फिर्ता भएका थिए। थोरै मात्र आधारशिविरमा लामो समय बसेका थिए। सम्पर्क अधिकृतले कम्तीमा ४५ दिन आधारशिविरमा बिताउनुपर्छ। सगरमाथाको नियम आगामी वर्षबाट अमादब्लम र मनास्ल हिमालमा पनि लागू गरिने छ।
'पैसाकै लागि सगरमाथा आधारशिविर जाने होइन, नयाँ ठाउँ निःशुल्क घुम्न पाइन्छ, हिमाल हेर्न पाइन्छ भनेर हो,' सम्पर्क अधिकृत पैसाका लागिमात्र सगरमाथा आधारशिविर जाने गरेको भनाइ अस्विकार गर्दै पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखा प्रमुख तथा सहसचिव मधुसुदन बुर्लाकोटीले नागरिकसँग भने, 'केही समय कार्यालयका कामबाट मुक्त हुन पनि यसबाट सहज हुन्छ। दुःख गरेवापत त्यहाँबाट प्राप्त हुने आम्दानीको आधाजति जोगाउन सकिने हाम्रो अनुमान छ।'
८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथाको आधारशिविर ५ हजार ४ सय मिटर उचाइमा छ। यति उचाइमा लामो समय बस्दा बिरामी हुने, लेक लाग्ने, अनुहार घामले डढ्ने समस्या पनि उत्पन्न हुने गर्छ। ट्रेकिङ कम्पनीले सम्पर्क अधिकृतलाई आरोहीसरह लुगा–कपडा उपलब्ध गराउनुपर्ने नियम छ। 
सहसचि बुर्लाकोटीका अनुसार यसपालि वसन्त ऋतुका लागि ३० देखि ३५ दल सगरमाथा आरोहणमा जान अनुमति पाउने प्रक्रियामा छन्। तीमध्ये दुई नेपाली र बाँकी विदेशी दल हुन्। एक विदेशी दल सगरमाथातर्फ गइसकेको छ। 
मन्त्रालयका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशीले १५ हजार डलर तिर्नुपर्छ। अर्को सालबाट यसलाई क्रमशः ११ हजार र १० हजार डलर तिरे पुग्नेछ। 
नेपाली आरोहीले भने नर्मल रुटबाट अब सगरमाथा आरोहण गर्न लगभग सतप्रतिशत छुट पाएका छन्। विगतमा विदेशी आरोहीलाई झैं प्रतिव्यक्ति २५ लाख रुपैयाँ रोयल्टी तिर्नुपर्ने भए पनि अब त्यसमा ९७ प्रतिशत (२४ लाख ३५ हजार रुपैयाँ) छुट भएर ७५ हजारमात्र तिरे पुग्छ। नर्मल रुटबाहेक सगरमाथा चढ्न प्रत्येक नेपाली आरोहीले अब ६० हजार रुपैयाँ तिरे पुग्छ भने यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।