22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

महासंघ चुनावमा पैसाको खोलो

(1 Vote)
महासंघ चुनावमा पैसाको खोलो
काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै किन्नुपर्ने बाध्यताले खर्च बढ्दो छ।
महासंघ अध्यक्षले राजनीतिक शक्ति केन्द्रदेखि सरकारले गर्ने नीतिगत परिवर्तनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यसमा आकर्षण बढेको हो।
यही आकर्षणले अध्यक्षका उम्मेदवारले 'छाति फुकाएर' खर्च गर्छन्। मतदाताले विदेश भ्रमणदेखि व्यापार विस्तारसम्मको अवसर पाउँछन्। निर्वाचनको केही महिनाअघिदेखि लगातार भोज भतेर सुरु हुन्छ। जिल्ला दौडाहामा पनि असीमित खर्च हुन्छ। अझ निर्वाचनको अघिल्लो रात मतदाता किन्न करोडभन्दा बढी खर्च गर्नुपर्छ।
शुक्रबार र शनिबार राजधानीमा हुन लागेको महासंघको निर्वाचनमा जिल्ला/नगर उद्योग वाणिज्य संघको भोट किन्न र काठमाडौंमा आउने मतदातालाई 'सत्कार' गर्न करोडौं खर्च भइसकेको छ। परिआए निर्वाचनका दिन भोट किन्न पनि दुवै पक्ष तयार भएर बसेका छन्।
जिल्लाबाट आउने मतदातालाई गाडी, प्लेन खर्चसहित काठमाडौं आएपछि विभिन्न होटलमा राख्नुपर्ने बाध्यताले उम्मेदवारको खर्च बढ्दै गएको हो। महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डे अध्यक्षको दौडमा छन्। दुवै पक्षको गरेर चुनावमा ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने विश्वस्त स्रोतले बतायो। महासंघका विगत निर्वाचनमा भोट खरिद र खानपानमा करोडौं रुपैयाँ खर्च भएको थियो।
अध्यक्षका दुवै प्रत्यासीले रेस्टुरेन्ट र बार रहेको घरलाई सम्पर्क कार्यालयको रुपमा भाडा लिएका छन्। पाण्डेको भाटभटेनीमा रहेको घरबार रेस्टुरेन्ट र राजकर्णिकारको दरबारमार्गमा रहेको फ्रेसवीन लन्च बारमा हुने जमघटमा दैनिक ठूलै रकम खर्च छ। यसबाहेक पार्टी प्यालेस र पाँचतारे होटलमा भोजभतेर भइरहेको छ।  
भाष्कर पक्षले लैनचौर व्यांकेट र पाण्डे पक्षले र्‍याडिसन होटलमा उम्मेदवार घोषणा गरेपछि दिनहुँ ठूलै पार्टी हुँदै आएको छ। दुवै पक्षले काठमाडौं आइसकेका सदस्य र अभियानमा लाग्ने पाहुनालाई विभिन्न होटलमा राखेका छन्।
अध्यक्षका प्रत्यासी प्रदीपजंग पाण्डे महासंघको निर्वाचन खर्चिलो भएको स्विकार गर्छन्। 'यो चुनाव छोराको विवाह गरेजस्तै भएको छ। मैले तीन भाइ छोराको विवाह गरेँ। अहिले चौथोको विवाहको रुपमा लिएको छु,' उनले भने, 'फरक यत्ति हो यसमा गरगहना किन्नु परेको छैन।'
अध्यक्षका दुवै प्रत्यासीले दुई महिनाअघिदेखि नै विभिन्न पार्टी प्यालेसदेखि तारे होटलसम्मा पार्टी दिइरहेका छन्। अध्यक्षबाहेक अन्य पदका प्रत्यासीले पनि आफ्नो अभियानलाई महँगो बनाउँदै पार्टी दिइरहेका छन्।
उम्मेदवार घोषणापछि जिल्ला दौडाहा र भेटघाटमा पुगेर दुवै पक्षले 'राम्रै' खर्च गरेको उम्मेदवार स्वयं बताउँछन्। 'सबै क्षेत्रमा पुग्नुपर्‍यो, भेटघाट गर्नुपर्‍यो खर्च त हुन्छ नै,' पाण्डेले भने, 'जिल्लामा कतिको समस्या हुन्छ। त्यो पनि बु‰नुपर्छ,' उनले भने।
अध्यक्षका अर्का प्रत्यासी राजकर्णिकारले जिल्लाबाट आउने साथीलाई राख्ने र खुवाउने काम भएको बताए। 'उहाँहरु कतिपयलाई व्यवस्थापन गर्नुपर्छ,' उनले भने, 'देश दौडाहामा जाँदा आफ्नो व्यक्तिगत खर्च हुने भए पनि त्यो आफ्नै अभियानका लागि भएको हो।'
चुनावमा जिल्ला संघलाई पैसामा बार्गेनिङ गरेर पनि भोट किन्ने गरिन्छ। दुवै अध्यक्षका प्रत्यासीले भोट सिधै किनेको स्विकार नगरे पनि जिल्ला जिल्लालाई आफूले सक्दो सहयोग गरेको बताए।
महासंघको गत निर्वाचनमा सदस्यलाई प्लेनबाट ओसारिएको थियो। कतिपय सदस्यलाई जानकारी नदिई टिकट बुक गर्दा धनगढीबाट प्लेनको टिकट भएका कतिपय सदस्य बसबाट काठमाडौं आएका थिए।
एसोसिएट सदस्यका उम्मेदवार रामकृष्ण प्रसाई भन्छन्, 'सदस्य पदका लागि त ५ देखि ७ लाख रुपैयाँ खर्च हुन्छ, अध्यक्षका लागि त हुने नै भयो।' जिल्ला जिल्लाबाट आउने र काठमाडौंमा नै हुने अभियानले खर्च बढिरहेको उनले बताए।
'चुनावको माहोल जस्तो भए पनि अन्तिममा पैसाकै चलखेल हुन्छ,' सदस्यका अर्का उम्मेदवारले नागरिकसँग भने। गत चुनावमा पनि २५ देखि ३० भोट खरिद भएको थियो। त्यतिखेर एउटा भोटलाई ४ लाखसम्म खर्च भएको उनले बताए। उनका अनुसार अहिले पनि २० देखि २५ भोट खरिद हुन्छ। यसपालि प्रत्येक भोटमा ७ लाख खर्च हुने अवस्था छ। गत चुनावमा कोशी अञ्चल ५२ लाखमा डिल भएको उनले जानकारी दिए।
महासंघको चुनावमा जिल्लामा प्रभाव पर्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन्। 'विगतमा महासंघको चुनावमा आर्थिक चलखेल भएको थियो,' उनले भने, 'अहिले त्यस्तै नहोला भन्न सकिन्न तर जिल्ला नगरका सदस्यको कुन नैतिकता हुन्छ त्यसमा भर पर्छ।'
आफूलाई अहिलेसम्म दुवै पक्षबाट कुनै अफर र प्रस्ताव नआएको दाबी गरेका उनले विगतदेखि नै राम्रो काम गर्नेलाई समर्थन गर्दै आएका बताए।
'कतिपय जिल्लाका मान्छे काठमाडौं पुगिसके तर हामी बल्ल बिहीबार मात्रै जाँदै छौं,' उनले बुधबार बागलुङबाट टेलिफोनमा भने। आफूहरुले आयोजना गरेको बागलुङ महोत्सवमा अध्यक्ष पदका दुवै प्रत्यासीले सहयोग गरेको श्रेष्ठले बताए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।