22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

(0 votes)
आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड
काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।
‘नेपाल हरेक वस्तुमा परनिर्भर बन्दै गएको छ, आन्तरिक कृषि उपजले ६ महिना पनि खान पुग्दैन, व्यापार घाटा बढ्दो छ,' नेपाल उद्योग वाणिज्य महासंघको शुक्रबार सुरु ४८ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले भने, ‘देशलाई आयात प्रतिस्थापन गर्ने र रोजगार सिर्जना गर्ने उद्योगको खाँचो छ।'

रोजगारमूलक उद्योग स्थापना हुन नसक्दा दैनिक हजारदेखि पन्ध्र सय युवा जनशक्ति कामका लागि विदेश पलायन हुने अवस्था रहेको उनले बताए। दक्ष जनशक्तिलाई विदेशिनबाट रोक्न पनि ठूला उद्योग सञ्चालन अपरिहार्य भइसकेको उनको भनाइ थियो।

वैदेशिक रोजगारमा जानेहरूको बढ्दो लर्कोले खेतीयोग्य जमिन बाँझै रहेको अवस्था औंल्याउँदै उनले भने, ‘कुनै बेला नेपाल आत्मनिर्भर रहेको खाद्यान्नमा समेत परनिर्भर हुनुको कारण यही हो।' देशको यस्तो आर्थिक–सामाजिक स्थितिमा परिवर्तन ल्याउन निजी क्षेत्र तथा राज्य पक्षले विशेष किसिमको रोजगारमूलक कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए।

लोडसेडिङका कारण चालू उद्योगधन्दाले समेत क्षमताअनुसार आफ्नो उत्पादन बजारमा ल्याउने अवस्था नरहेको स्वीकार गर्दै उनले यसलाई पनि आयात वृद्वि र जनशक्ति पलायनको कारण बताए। ‘रोगजारका लागि विदेश गएका नेपालीले पठाएको रेमिटेन्स सही सदुपयोग हुन सकेको छैन, विदेशबाट आएको रेमिटेन्स रकम उत्पादनमूलक क्षेत्रमा नभई विलासिताका वस्तुमा खर्च भइरहेको छ,' उनले भने।

लामो समयदेखि राजनीतिक अस्थिरताले आर्थिक विकास क्रम रोकिएको नेम्वाङले उल्लेख गरे। आगामी दिनमा औद्योगिकीकरणका माध्यमबाट देशलाई विकासतर्फ अघि बढाउन सरकार र महासंघबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष नेम्वाङले महासंघको साधारण सभालाई खर्चिलो र भड्किलो नगर्न सुझाव दिएका छन्। ‘तपाईंहरूले साधारण सभा गर्दा त सानोतिनो भइँचालै जान्छ रे,' उनले भने, ‘निर्वाचन नजिक आउँदासमेत पैसा खर्च हुने अवस्था आयो रे, तपाईंहरूले कम खर्चमा साधारण सभा गरेर राजनीतिक दललाई सन्देश दिनुपर्छ।'

कार्यक्रममा महासंघका अध्यक्ष सुरज वैद्यले विनियोजित रकमको ३० प्रतिशत मात्र पुँजीगत खर्च हुने अवस्थामा देश विकास सम्भव नभएको बताए। सरकारी राजस्वको करिब ४५ प्रतिशत हिस्सा आयातमा आधारित रहेको उनले उल्लेख गरे। महासंघले आयोजना गरेको आर्थिक शिखर सम्मेलनले नीतिगत सुधारमाथि छलफल गरी नेपालमा लगानी भित्र्याउन थप सहयोग पुर्यािएको उनको भनाइ छ। 

महासंघको ४८ औं वार्षिक साधारणसभाले नयाँ कार्य समिति चयन गर्नेछ। त्यसका लागि शनिवार निर्वाचन हुने महासंघले जनाएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।