Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

उद्योग वाणिज्य महासंघमा १७औं अध्यक्ष

(0 votes)
काठमाडौं - निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १७औं अध्यक्षमा प्रदीपजंग पाण्डे निर्वाचित भएका छन्। महासंघको ४८औं साधारण सभाबाट पाण्डे निर्वाचित भएका हुन्। शनिबार भएको निर्वाचनमा पाण्डेले साबिकका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई पराजित गरेका थिए। पाण्डेले १ हजार ५५ र राजकर्णिकारले ८ सय ८७ मत पाएको निर्वाचन समितिले जनाएको छ।

आइतबार नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यकारिणी समितिले कार्यभार ग्रहण गरेको छ। ६४ वर्षे उद्योगी पाण्डेको काँधमा सरकारपछि सबैभन्दा बढी सञ्जाल भएको महासंघलाई सबल बनाउने जिम्मेवारी छ। पाण्डेसँग औषधी, सिमेन्ट र बैंक चलाएको अनुभव छ। सरल स्वभावका पाण्डे महासंघलाई सहमतीय प्रणालीमा लैजानसक्ने खबी राख्छन्। वाणिज्य तथा अर्थशास्त्रमा स्नाकोत्तर पाण्डे लोमस फर्मास्युटिकल्स, सिटिजन्स बैंक र शिखर इन्स्योरेन्सका अध्यक्ष हुन्।
कार्यभार हस्तान्तरण कार्यक्रममा अध्यक्ष पाण्डेले महासंघलाई एक बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। 'निर्वाचनबाट जो छुट्नुभएको छ। उहाँहरुलाई समेटेर अघि बढनेछु,' उनले भने, 'भाष्करजीलाई कुनै न कुनै रुपमा महासंघमा अटाउनेछु।' मन्तव्यको धेरै समय निर्वतमान अध्यक्ष वैद्यको प्रसंसामा खर्चेका उनले भविष्यका हरेक बैठकमा सहभागी हुन वैद्यलाई आग्रह गरे।
'महासंघको दायरा र बर्चस्व उहाँ (वैद्य)को कार्यकालमा अझै बढ्यो। उहाँका उपलब्धिलाई संस्थागत गर्न मार्गदर्शनसमेत आवश्यक छ। महासंघको उचाई बढाउन उहाँको योगदान आवश्यक छ।' पाण्डेले महासंघलाई बलियो बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। निर्वतमान अध्यक्ष वैद्यले महासंघमा युवाको उपस्थिति उल्लेख्य भएको भन्दै नयाँ सोचका साथ अघि बढाउन शुभकामना दिए। उनले महासंघलाई बलियो बनाउन चाहिँदा सहयोग गर्न तयार रहेको बताए।
'तपाईंहरुले बोलाउँदा हाजिर हुन्छु,' वैद्यले भने, 'महासंघको विकास र सहयोगका लागि सधैं अगाडि रहन्छु।' महासंघको ५७ सदस्यीय कार्यसमितिको नेतृत्वमा पाण्डे पुगेका छन्।
महासंघको शनिबार भएको निर्वाचनमा वस्तुगत उपाध्यक्षमा दिनेश श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा किशोर प्रधान र एसोसिएट उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित भए। कार्यसमितिमा वस्तुगतबाट १२, जिल्ला नगरबाट १४, क्षेत्रीयबाट १४ र एसोसिएटबाट १६ जना निर्वाचित भएका छन्। एसोसिएटमा अनिलकुमार केडिया, अशोक टेमानी, अशोककुमार तोदी, ओमबहादुर राजभण्डारी, गोपाल खनाल, चन्द्रप्रसाद ढकाल, ज्योत्सना श्रेष्ठ, पशुपति मुरारका, प्रकाश गिरी, मनिषकुमार अग्रवाल, रन्जितराज आचार्य, रामकृष्ण प्रसाई, रामचन्द्र संघई, विजयसिंह वैद्य, शाहिल अग्रवाल र ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भए।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।