22 Chaitra, 2076 | April 04, 2020
Menu

अर्थ

लगानी वर्ष बन्दै २०७१

(0 votes)
लगानी वर्ष बन्दै २०७१
काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्।
२०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र हेर'को रणनीतिमा रहेका व्यवसायी राजनीतिमा आएको सकारात्मक प्रभाव र बदलिँदै गएको श्रम सम्बन्धका कारण २०७१ मा नयाँ उद्योग खोल्ने र भइरहेकामा प्रविधि तथा लगानी थप्ने योजनामा छन्। २०७१ लाई साना, ठूला दुवैखाले उद्योगी व्यवसायीले अवसरको वर्ष भनेका छन्।

चौधरीले गु्रपले यो वर्ष विभिन्न क्षेत्रमा २५ अर्ब लगानी गर्ने जनाएको छ। गु्रप अध्यक्ष विनोद चौधरीले २०७० मा सार्वजनिक गरेका केही सामाजिक उत्तरदायित्व र 'मेगा प्रोजक्ट'अन्तर्गत यो वर्ष २५ अर्बभन्दा बढी लगानी हुनेछ। यो घरानाले २०७१ भित्रै टेलिकम क्षेत्रमा १० अर्ब र सिमेन्ट उद्योगको नयाँ ब्रान्ड र प्रोजेक्टमा १० अर्ब लगाउने योजना बनाएको छ। बंगलादेशको युनुस सेन्टर र लायन्स इन्टरनेसनलको सहभागितामा चौधरी ग्रुपले १ अर्ब रुपैयाँ लगानीमा नेपाल सोसल विजनेस सञ्चालन गर्ने जनाएको छ। यसमा युवा उद्यमीका लागि आवश्यक लगानी गर्ने विनोद चौधरीले यसअघि नै बताइसकेका छन्।
चौधरी ग्रुपका कर्पाेरेट कम्युनिकेसन तथा जनसम्पर्क हेर्ने महाप्रबन्धक मधुसूदन पौडेलले यो वर्ष सञ्चालनमा आउने र लगानी गर्ने हिसाबले विभिन्न क्षेत्र रोज्दै काम अगाडि बढाइएको जानकारी दिए। उनका अनुसार नवलपरासीमा जस्तै पूर्वको इनरुवा र पश्चिमको बर्दियामा २ अर्ब रुपैयाँ लागतमा चौधरी उद्योग ग्राम, मेघौलीमा रिसोर्ट, काठमाडौंमा होटल, भरतपुरमा २ अर्बभन्दा बढी लगानीको मल्टिपर्पोज ल्यान्डमार्क सञ्चालनमा ल्याउने योजना छ। आयुर्वेदिक र हाइड्रोपावरमा पनि यसै वर्ष लगानी हुने उनले बताए।
कन्फेक्सनरी, अटोमोबाइल र डेरी व्यवसाय गरिरहेको लक्ष्मी ग्रुपले २०७१ मा पर्यटन क्षेत्रमा लगानी गर्ने जनाएको छ। गु्रप निर्देशक अन्जन श्रेष्ठले काठमाडौंमा ४ तारे होटल खोल्ने गरी काम भइरहेको बताए। 'हामीले सुरुदेखि नै काठमाडौंमा होटल खोल्ने योजना बनाएका थियौं। २०७१ मा त्यो काम सुरु हुन्छ,' उनले भने। पोखरामा पनि होटल बनाउने तयारीमा आफूहरु रहेको उनले बताए। साथै कन्फेक्सनरी क्षेत्रमा लगानी र प्रविधि थप्ने योजना छ। 'काठमाडौंको सुजल डेरीमा पनि ठूलो लगानी हुन्छ,' उनले भने।
सूर्य नेपालले पनि नयाँ वर्षमा पर्यटन क्षेत्रमा लगानी गर्ने जनाएको छ। कम्पनीका सिनियर भाइस प्रिसिडेन्ट रवि केसीले यो वर्ष पाँचतारे होटलमा लगानी गर्ने बताए। '३ सय करोडभन्दा माथिको लगानीमा होटल खोल्ने गरी प्रारम्भिक काम भएको छ,' उनले भने, 'हामी केही नयाँ प्रडक्टका विषयमा पनि छलफल गरिरहेका छौं, त्यसमा पनि लगानी हुन सक्छ।'
अर्को व्यावसायिक घराना वैद्यज अर्गनाइजेसन पर्यटन क्षेत्रमा हात हाल्ने योजनामा छ। अर्गनाइजेसनका सुरज वैद्यले काठमाडौं, पोखरा र लुम्बिनीमा सुविधासम्पन्न होटल खोल्न काम अघि बढिसकेको बताए। कसमस सिमेन्टले क्लिंकरमा लगानी बढाउने योजना बनाएको छ। कसमस सिमेन्टका अध्यक्ष प्रदीपजंग पाण्डेले साबिकको संरचनामा क्लिंकर उद्योगमा लगानी बढाउने तयारी गरेको बताए।
गोल्छा अर्गनाइजेसनले नयाँ उद्योग खोल्ने तयारी गरेको छ। अर्गनाइजेसनका दिवाकर गोल्छाले बजाज मोटरसाइकलको एम्सेम्बल प्लान्ट नेपालमा खोल्ने तयारी भएको बताए। यसमा १ सय करोडभन्दा बढी लगानी हुने उनको भनाइ छ। त्यसैगरी सिमेन्ट उद्योग पाइपलाइनमा रहेको चाँडै आउने उनले बताए। विद्युत क्षेत्रमा आवश्यक पर्ने कपर उद्योगमा पनि गोल्छा अर्गनाइजेसनले लगानी गर्दैछ।

ज्योति गु्रपले विभिन्न क्षेत्रमा ३ सय करोडभन्दा बढी लगानी गर्ने जनाएको छ। ग्रुपका सौरभ ज्योतिले ग्रान्डी अस्पताल, ग्रान्डी हेल्थ क्लिनिक, हिमाल अक्सिजनलगायत अन्य नयाँ क्षेत्रमा गरी ३ सय करोडभन्दा बढी लगानी हुने बताए।
बतास ग्रुप, न्यौपाने गु्रप, केडिया गु्रप, शंकर गु्रपले पनि उद्योग र व्यवसायमा लगानी बढाउँदै नयाँ क्षेत्रमा हात हाल्ने जनाएका छन्। पूर्वाधार क्षेत्रमा पनि निजी क्षेत्रको लगानी २०७१ बढ्ने उद्योगी व्यवसायीले बताएका छन्।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।