Friday 23 Jestha, 2077 | June 05, 2020
Menu

अर्थ

२०१५ मा घरजग्गा व्यवसाय सुध्रिने प्रक्षेपण

  • सोमबार १ बैशाख, २०७१
  • सुजन ओली
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - चार वर्षअघि घरजग्गाको मूल्य अप्राकृतिक रुपमा बढाइएको भन्दै राष्ट्र बैंकले रियल इस्टेट कर्जामा सीमा तोकेपछि सुस्ताएको घरजग्गा व्यवसायले नयाँ सालदेखि गति लिने देखिएको छ।

सरकारी तथा विदेशी दातृ निकायले गरेको अध्ययनमा घरजग्गाको कारोबार बढ्ने आंकलन गरिएको छ। एसियाली विकास बैंक (एडिबी)ले तीन साताअघि सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०१४ मा अर्को वर्ष घरजग्गाको कारोबारमा सुधि्रने (रिवाउन्ड) जनाएको छ।
'सन् २०१५ घरजग्गाको कारोबारमा सुधार आउँछ। अझै पनि घरजग्गा कर्जामा बैंक तथा वित्तीय संस्थाको लगानी राष्ट्र बैंकले तोकेभन्दा ७ प्रतिशतले कम छ,' एडिबीका अर्थशास्त्री चन्दन सापकोटाले भनेका थिए, 'बैंकले कुल कर्जाको २५ प्रतिशत रियल इस्टेटमा प्रवाह गर्न सक्छन्। अहिले १८ प्रतिशत मात्रै छ।'
पछिल्लो समय घरजग्गाको राजस्व पनि बढेको छ। घरजग्गाको कारोबार बढ्दा राजस्वमा बढ्छ।
सरकारले हाउजिङ तथा अपार्टमेन्ट व्यवसायलाई व्यवस्थित गर्न नीतिगत सुधार गरेपछि व्यवसायी उत्साहित छन्। सरकारले घरजग्गा व्यवसायलाई एकद्वार प्रणालीबाट छिटोभन्दा छिटो अनुमति, उद्योगसरह मान्यता र विदेशीलाई अपार्टमेन्ट बेच्न दिने नीति लिने तयारी गरेपछि व्यवसायी उत्साहित भएका हुन्।
व्यवसायीका अनुसार पछिल्लो समय व्यक्तिगत घर बनाउन स–साना जग्गाको टुक्रा बिक्री बढेको छ। मालपोत कार्यालयको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ। राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा सुधार हुँदै आएको र आवश्यक परे थप सुविधा दिन सक्ने बताएको छ। 'घरजग्गामा अहिले धेरै सुधार भएको छ,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'नयाँ नीति लिँदा घरजग्गा व्यवसायीलाई सकारात्मक असर पर्ने देखिए गर्नेछौं।'
राष्ट्र बैंकले घरजग्गा क्षेत्रको व्यावसायिक विकास गर्न र असीमित लगानी रोक्न सीमा लगाएको ज्ञवालीले बताए। 'त्यसअनुसार धेरै सुधार भएको छ,' उनले भने। यही अवधिमा आवासीय कर्जाको सीमा राष्ट्र बैंकले तीनपटक बढाएको छ। लगानीमा सीमा लगाउँदा ६० लाख रुपैयाँसम्मको कर्जालाई मात्र आवासीय कर्जामा राखिएको थियो। त्यसपछि बजारको आवश्यकताअनुसार राष्ट्र बैंकले ८० लाख र पछिल्लो समय १ करोड रुपैयाँ पुर्‍याएको छ। 'यो वृद्धि बजारको आवश्यकता हेरेर गरेका थियौं,' उनले भने, 'त्यसले व्यवसायलाई थप उचाइमा पुर्‍याउन सहयोग गरेको छ।'
बैंक, वित्तीय संस्थाबाट कर्जा लिँदै प्लटिङ गर्ने र त्यसलाई खरिद गर्दा पुनः ऋण उपलब्ध गराउने क्रमले वित्तीय प्रणालीमा ठूलो जोखिम ल्याएको थियो। त्यसलाई निरुत्साहित गर्दै लगानीमा सीमा लगाएपछि सुधार आउन थालेको ज्ञवालीले जानकारी दिए। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार रियल इस्टेट क्षेत्रमा ८८ अर्ब रुपैयाँ कर्जा गएको छ। जसमा वाणिज्य बैंकको सबैभन्दा बढी ६५ अर्ब ६३ करोड रुपैयाँ छ। विकास बैंकले रियल इस्टेटमा १२ अर्ब रुपैयाँ लगानी गरेका छन्। वित्त कम्पनीको लगानी १० अर्ब रुपैयाँ छ।
घरजग्गा कारोबारमा पछिल्लो समय सुधार आउने क्रम देखिए पनि दीर्घकालीन फाइदाका लागि सरकारले पहिलोपटक घर किन्नेलाई सुविधा दिनुपर्ने व्यवसायी बताउँछन्। 'पहिलोपटक घर किन्ने ग्राहकलाई सरकारले राहत दिन जरुरी छ,' सिई ग्रुप अफ कम्पनीका अध्यक्ष विजय राजभण्डारीले भने, 'यसले व्यवस्थित बसोबासका साथै घरजग्गा उद्योगलाई पनि सजिलो हुन्छ।' विभिन्न मुलुकमा पहिलोपटक घर किन्दा ऋणमा सहुलियत उपलब्ध गराउने र करमा छुट दिने गरिएको उनले बताए।
'योसँगै निजामती कर्मचारीका लागि पनि सरकारले हाउजिङ र अपार्टमेन्ट किन्न प्रोत्साहन र सुविधा दिन जरुरी छ,' उनले भने। घरजग्गामा सुधार आउन २०१५ सम्म कुर्नु नपर्ने उनको भनाइ छ।
राष्ट्र बैंकले २५ प्रतिशतसम्म मात्र ऋण दिन सक्ने गरी लगाएको सीमा केही खुकुलो बनाउनुपर्ने राजभण्डारी बताउँछन्। 'यसका साथै साँच्चिकै हाउजिङ, अपार्टमेन्ट निर्माण गरिरहेकालाई सहुलियत ऋण उपलब्ध गराउनु पर्ने देखिन्छ,' उनले भने।
रियल इस्टेट व्यवसायलाई सफल बनाउन आफैं घर बनाएर बस्ने पुरानो चलनलाई निरुत्साहित गर्नुपर्ने व्यवसायीको सुझाव छ। क्षमताभन्दा बढी मूल्य, फरक परिवेश र लाखौं खर्चेर किनिसकेपछि पनि मासिक रुपमा पैसा तिरिरहनुपर्ने बाध्यताका कारण अपार्टमेन्टप्रति सर्वसाधारण आकर्षित हुन नसकेकै बेला व्यवसायीले पुरानो प्रचलनलाई नै निरुत्साहित गर्न सुझाएका छन्। उनीहरुका अनुसार ९८ प्रतिशत घर निर्माण व्यक्तिगत रूपमै हुन्छ।
'हामीले आधा दर्जनभन्दा बढी निकायबाट अनुमति लिएरमात्र निर्माण गर्न सक्छौं,' राजभण्डारीले भने, 'अरुलाई पनि यस्तै नियम लगाउनुपर्छ।' सानो बाटो, ढल, पानी, बत्ती सुविधा नभएको ठाउँमा पनि व्यक्तिगत रूपमा घर बनाउने चलनले सहर कुरूप बनाउने र प्राकृतिक विपत्ति आइलाग्दा जोखिम बढ्ने उनको दाबी छ।
एकद्वार नीतिबाट अनुमति प्रक्रिया पूरा गर्नुपर्ने व्यवसायीले बताउँदै आएका छन्। व्यवसायीले लामो समयदेखि विदेशीलाई पनि अपार्टमेन्ट बेच्न पाउनुपर्ने माग गरिरहेका छन्। यसले पर्यटन क्षेत्रमा सहयोग पुग्ने र विदेशी मुद्रा आर्जन बढ्ने उनीहरू बताउँछन्।
जग्गा तथा अवास विकास संघका महासचिव मीनमान श्रेष्ठले बैंकले डेभलपर्सलाई भन्दा ग्राहकलाई थोरै ब्याजदरमा आवास कर्जा दिने गरेकाले व्यवसाय फस्टाउने संकेत देखिएको बताए। अहिले बैंकमा तरलता बढी भएकाले बैंकले थोरै ब्याजमा कर्जा दिइरहेको उनको भनाइ छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।