Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

व्यापार घाटा ४ खर्ब

(0 votes)
काठमाडौं- पछिल्लो आठ महिनामा मुलुकको व्यापार घाटा करिब ४ खर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा २८.२ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी ताजा तथ्यांकअनुसार व्यापार घाटा ३ खर्ब ९६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
तथ्यांकअनुसार कुल वस्तु व्यापार घाटामध्ये भारतसँगको घाटा २९.१ प्रतिशतले बढको छ। गत वर्ष १९.५ प्रतिशतले बढेको भारतबाहेक अन्य मुलुकसँगको व्यापार घाटा भने २६.५ प्रतिशतले बढेको छ।
निर्यातको तुलनामा आयात वृद्धिदर उच्च रहेकाले निर्यात–आयात अनुपात १३.३ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष १४.१ प्रतिशत थियो। गत आठ महिनाभित्र समग्र शोधनान्तर स्थिति १ खर्ब २ अर्ब ८१ करोड रुपैयाँले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ। पोहोर यस्तो बचत ११ अर्ब ७८ करोडमात्र थियो। समीक्षा अवधिमा चालु खाता बचत ६८ अर्ब ४१ करोड छ। अघिल्लो वर्ष ९ अर्ब ५१ करोड बचतमा थियो। 
राष्ट्र बैंकका अनुसार ट्रान्सफर आय ३८.५ प्रतिशतले बढेर ४ खर्ब १५ अर्ब ४४ करोड पुगेको छ। अघिल्लो वर्ष १६.८ प्रतिशत बढेको थियो। ट्रान्सफरअन्तर्गतको विप्रेषण आप्रवाह अघिल्लो वर्ष २२.२ प्रतिशत वृद्धिको दाँजोमा समीक्षा अवधिमा ३४.१ प्रतिशतलेे बढेर ३ खर्ब ५६ अर्ब ७२ करोड पुगेको छ। 
त्यसैगरी २०७० फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २२.५ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब ४२ करोड पुगेकोे छ। यो गत असार मसान्तमा ५ खर्ब ३३ अर्ब ३० करोडमात्र थियो। २०६९ फागुन मसान्तमा भने ४ खर्ब ५३ अर्ब ६१ करोड थियो। चालु आर्थिक वर्षको आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तरले ११.६ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने केन्द्रीय बैंकले जनाएको छ।
कुल वस्तु निर्यात १९.४ प्रतिशतले बढेर ६० अर्ब ९० करोड पुगेको छ। अघिल्लो वर्ष पाँच प्रतिशतले बढेर ५१ अर्ब १ करोड भएको थियो। कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात २१.९ प्रतिशतले बढेको छ। अन्य मुलुकतर्फको निर्यात १४.७ प्रतिशतले बढेको छ। 
राष्ट्र बैंकका अनुसार फागुनमा महँगी वार्षिक ८.९ प्रतिशतका दरले बढेको छ। अघिल्लो वर्ष यो १०.२ प्रतिशत थियो। 
त्यसैगरी समीक्षा अवधिमा पुँजीगत खर्च ३१.३ प्रतिशतले बढेर १६ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्ष ९.८ प्रतिशतले घटेके थियो। चालु आर्थिक वर्षको वार्षिक बजेट समयमा सार्वजनिक भएका कारण पुँजीगत खर्च बढेको राष्ट्र बैंकले जनाएको छ।
विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

पदमार्ग आसपासका होटल धमाधम बन्द

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा...

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि...

महासंघ चुनावमा पैसाको खोलो

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै...

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।